नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गर्नुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमता परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् ।
बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले काम चलाउ सरकार प्रणाली पुनः स्थापित गर्ने महत्वपूर्ण निर्णय सुनाएको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लामा एक हजार सात सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।
युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्त समावेश गरिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नु भएको छ ।
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धीत धनिलाई हस्तान्तरण गरेको छ ।
दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणको क्रियाकलापमा जोड दिँदै वनस्पति अनुसन्धान केन्द्र, सल्यानले औषधीय गुण भएका वनस्पतिको खेती विस्तारमा लगानी गरेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा आलु उत्पादन बढाइ कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘कमन आलु उत्पादन प्रवर्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।