समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउनेसहित विभिन्न दस बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धादिङमा सुरक्षा तयारीलाई प्राथमिकतासाथ अघि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयदेखि सुरक्षा निकायसम्म सबै संयन्त्र सव्रिmय रूपमा परिचालित भएका छन् ।
मुलुकको आर्थिक एवं सामाजिक विकासका लागि युवा जनशक्ति परिचालन अपरिहार्य हुन्छ । रोजगारीका मुख्य क्षेत्रको पहिचान र ती क्षेत्रको व्यावसायीकरणले स्वदेशभित्रै रोजगारीको सुनिश्चितता र आर्थिक विकासको दिगो आधार तयार हुन सक्छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माणाधीन सभाहल निर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक सभाहल विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो ।
निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको रेश जाने सडक छ पटक म्याद थपेपछि कालोपत्र गर्ने तयारी थालिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएको थियो ।
नेपालको विविधता हरेक प्रणालीको चुनौती हो । १४२ जातजाति, १२४ भाषा, अनेकौँ धर्म र तीन भौगोलिक क्षेत्र (हिमाल, पहाड, तराई) भएको यो देशमा संसदीय प्रणालीले क्षेत्रीय र सांस्कृतिक असन्तुलनलाई मात्र बढावा दियो भन्ने तर्क गरिँदै छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ ।
नेपालको लोकतान्त्रिक यात्रामा मधेशी दलको उदय, उत्थान र पतन, अनि परिवर्तनको अपरिहार्य छायाले घेरिएको पछिल्लो विरासत आज पनि नेपाली राजनीति अध्ययन गर्ने सबैका लागि अत्यन्त रोचक विषय बनेको छ ।
कालीकोट जिल्लाका स्थानीय तह जोड्ने जीर्ण सडकमा यात्रुले जोखिम पूर्ण यात्रा गर्ने बाध्य छन् । स्थानीय तहका जनप्रतनिधिले आफ्नो कार्यकालमा सडक विस्तारलाई प्राथमिकता दिए पनि सडकको स्तरउन्नती नहुँदा ग्रामीण सडकमा जोखिम बढ्दै गएको हो ।
मिथिलामा मनाइने प्रख्यात धार्मिक, सांस्कृतिक पर्व विवाहपञ्चमीले सामूहिक सद्भाव, सहयात्रा र अमर प्रेमको सन्देश दिने बताइएको छ । मधेशी आयोग र मिथिला संस्कृति समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राम/सीताको विवाह भएको दिनको स्मरणमा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा सम्पूर्ण मिथिलावासीले दीप प्रज्वलन, मङ्गल गीत, झाँकी, भजन, नाचगानसहित सामूहिक रूपमा मनाएर धार्मिक सद्भाव दर्साउँदै आएको जानकारी दिइएको छ ।
देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ ।
नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अपुर्भ तामाङको आवाज तथा शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङले गर्नुभएको छ । गीत ‘जिटुवान डिजिटल’ को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।