घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज ।
जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।
कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा छ दशमलव शून्य आठ प्रतिशतले घटेको हो ।
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ ।
साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रूपमा ‘म्यानुअल’ प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।
नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताउनुभएको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ । लामो समयदेखि दुध भुक्तानी नपाएपछि निराश बनेका किसा
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारस्थित गोलन्जोर आधारभूत अस्पतालले अब चौबिसै घण्टा सेवा सुरु गरेको छ । ‘एक स्थानीय तह, एक आधारभूत
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि राजनीतिक दल निर्वाचनबाट भाग्दैन । निर्वाचन नै लोकतन्त्रको आधार हो । निर्वाचनमार्फत प्राप्त हुने जनादेशले नै जनताले चाहेको परिवर्तन संस्थागत गर्न सकिन्छ । जेनजी आन्दोलनपछिको नयाँ परिवेशमा मुलुक निर्वाचनमय बन्दै छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको अन्तरिम सरकार चुनावी वातावरण बनाउन प्रयासरत छ ।
पाँच वर्षअगाडि शिलान्यास भएर पनि निर्माण हुन नसकेको भरतपुर मेट्रो प्लाजाको पुनः ठेक्का आह्वान गरिएको छ । नारायणगढको मुख्य स्थान
तरलता भन्नाले कुनै पनि आर्थिक सम्पत्ति सजिलैसँग नगदमा परिणत गर्न सकिने अवस्था हो । कुनै व्यक्ति, संस्था अथवा बैङ्क तथा वित्तीय संस्थासँग भएका आर्थिक सम्पत्तिलाई सजिलो किसिमले नगदमा परिवर्तन गर्न सकिन्छ भने त्यसलाई तरलता भनिन्छ । अर्थतन्त्रमा तरलताले ठुलो महत्व राख्छ । तरलताको विशेषता भन्नु नै कुनै पनि सम्पत्तिको मूल्य नघटाई नगदमा परिणत गर्न सक्ने क्षमता हुनु हो ।
धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा