सब डिभिजन वन कार्यालय दुम्कीबासले नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ स्थित दाउन्ने बजार र दुम्किबास बजार आसपासमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला र कालीगण्डकी नदीको तटमा धेरै तीर्थालुलाई तर्पण गर्न सहज हुने गरी श्राद्ध स्थल बनाइने भएको छ । हिन्दु धर्मावलम्बीको पवित्र स्थल कागबेनीमा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
पाल्पाको पूर्वखोला देवीनगरस्थित उड्डाँडाबाट निरन्तर रूपमा कालो कोइलासहितको पानी बगेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । चार वर्षअघि उड्डाँडामा पहिरो खसे पनि कोइलासहितको पानी बगेको थिएन । पछिल्लो एक महिनायता उड्डाँडाबाट कालो कोइलासहितको लेदो पानी तिनाउ नदीमा बग्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबारका लागि तोकिएको पेसी स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको पेसी रविका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।
धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ ।
सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो । सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा बिहीबर राति ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी (केमिकल) को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले गम्भीर चासो व्यक्त गरेको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पहिलो कार्यालय प्रमुखहरुको बैठकमै ३४ वटा महत्त्वपूर्ण निर्णय गराउनु भएको छ ।
दैलेखका स्थानीय तहले आन्तरिक आयको परिधि र खर्चको मापदण्डविपरीत दुई करोड रुपियाँ खर्च गरेको देखिएको छ । सरकारी बजेट खर्च गर्दा गाउँपालिका तथा नगरपालिकाले आन्तरिक आयको परिधिभित्र रहेर खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्न पाउने कानुनी व्यवस्था छ तर त्यसविपरीत खर्च गरेको पाइएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले धान खरिद बन्द गरेपछि कृषकहरु चिन्तित बनेका छन् । कोटा सकिएको भन्दै खाद्यले मङ्सिर ३ गतेदेखि धान खरिद बन्द गरिएको जनाएको हो ।
नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदाय आफ्नो थातथलोबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न थालेका छन् । परम्परागत रूपमा विगतदेखि नै गर्मीयामको छ महिना व्यास गाउँपालिका–१, तिङ्कर र छाङरु गाउँमा बस्ने सो समुदाय हिउँदको छ महिना सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्दछन् ।
विकट र निरक्षरलाई समेत आफ्नै भाषामा सूचना र समाचार सुनाउने सुदूरपश्चिमका एफएम रेडियोलाई सञ्चालनमा कठिनाइ हुन थालेको छ । सीमित स्रोतमा सयौँको सङ्ख्यामा खुलेका सञ्चार माध्यम आश्रित भएपछि आर्थिक स्रोतको अभावमा सङ्कटमा पर्न थालेका हुन् ।
दाङमा बजेट अभावका कारण पुल निर्माणको काममा ढिलाइ भएको छ । दंगीशरण गाउँपालिका वडा नं. २ मा दमारगाउँ हुँदै गोलटाकुरी जोड्ने सडकखण्डको कमलखोलामा निर्माण हुन थालेको पुल बजेट अभावका कारण अलपत्र परेको हो ।