• ४ मंसिर २०८२, बिहिबार

राष्ट्रिय सभातर्फ मात्र एमालेको निवेदन दर्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । सो दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता भने गराएको छैन । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने छ । नेकपा (एमाले) ले अहिलेकै परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग नलिने दाबी गर्दै आएको छ । आयोगका अनुसार प्रतिनिधि सभातर्फ मङ्सिर ३ गतेसम्म २२ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।