• ४ मंसिर २०८२, बिहिबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४५ पैसा र बिक्रीदर १४२ रुपियाँ ५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७६ पैसा र बिक्रीदर १६४ रुपियाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५८ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ४३ पैसा र बिक्रीदर १७७ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७४ पैसा र बिक्रीदर ९२ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ४५ पैसा र बिक्रीदर १०८ रुपियाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ६ पैसा र बिक्रीदर नौ रुपियाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८१  पैसा र बिक्रीदर ३८ रुपियाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५१ पैसा र बिक्रीदर ३८ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ८ पैसा र बिक्रीदर ३४ रुपियाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९० पैसा र बिक्रीदर १४ रुपियाँ ९६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १६ पैसा र बिक्रीदर १८ रुपियाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ १९ पैसा र बिक्रीदर ३७६ रुपियाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ४० पैसा, बिक्रिदर ३६८ रुपियाँ ९६  पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस