तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप बढ्दै गएको छ । नेपालमा भने तापलहर अर्थात् लुको मापदण्ड नहुँदा तापक्रमजन्य प्रकोपसँग लड्ने रणनीति बनाउन अप्ठ्यारो परेको छ । विभिन्न मुलुकले लुको राष्ट्रिय मापदण्ड बनाएर अनुकूलन र न्यूनीकरणका लागि रणनीति बनाउने गरेका छन् तर नेपालमा कति तापक्रम कहाँ हुँदा तापलहर वा लु फैलन्छ भन्ने यकिन गर्न मापदण्ड नै छैन ।
नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छ । विभागले सोमबार सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । विभागको प्रक्षेपण ख्याल गर्दै आगामी तयारीमा जुट्न जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आग्रह गर्नुभयो । विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यस वर्षको वर्षाले जनधनको क्षति गर्ने विपत् आउन सक्ने सम्भावनालाई ध्यानमा राखी सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ । वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्रयोगशालाले जानकारी दिएको छ । प्रयोगशालाका व्यवस्थापक काजी विष्टले भन्नुभयो, “आइतबार दिउँसोसम्म घाम लाग्यो । साँझदेखि हिउँ पर्दै रोकिँदै, फेरि हिउँ पर्दै गर्ने क्रम जारी छ ।” सो प्रयोगशालामा मौसम स्टेसन रहेकाले आसपासको मौसमी अवस्थाको विश्लेषण भइरहेको उहाँले बताउनुभयो ।
विक्रम संवत् १९३७ मा तत्कालीन ओखलढुङ्गाको खार्पामा जन्मनुभएका डिट्ठा नन्दलाल पोखरेल कामका सिलसिलामा धेरैजसो खार्पाबाहिरै रहनुभयो । उहाँ नयाँ ठाउँ, नयाँ ज्ञान सिक्न र सिकाउन औधी सोखिन हुनुहुन्थ्यो । उहाँको त्यो चाहनामा गोरखापत्रले जीवनपर्यन्त सहयोग ग¥यो । उहाँ मात्र होइन, उहाँपछिको चौथो पुस्ता पनि गोरखापत्रबाटै लाभान्वित भइरहेको छ ।
जापानका विदेशमन्त्री कामिकावा योको आइतबार औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु हुँदै छ । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँले आइतबार उच्चस्तरीय भेटावार्ता गर्नुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नुहुने छ ।
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ । यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथालगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ ।
काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खडेरीका कारण देशैभर डढेलो र आगलागी भयावह बन्दै छ । बुधबार साँझसम्म १८० भन्दा बढी स्थानमा आगलागी र डढेलोका घटना भएका छन् । यसले जनधनको क्षति बढाएको छ । जोखिमको अनुमान नगरी डढेलो र आगलागी निभाउन र उद्धार गर्न पुग्दा निभाउने र बचाउनेकै ज्यान जान थालेको छ ।
एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच नेपालको विकास र लगानीमा परस्पर साझेदार बनेर अगाडि बढ्ने समझदारी बनेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिर थानीबिच बुधबार भएको द्विपक्षीय भेटवार्तामा आसन्न लगानी सम्मेलनसँगै नेपालको विकासमा साझेदारी बढाउन नेपालमा कतारबाट उच्च लगानी भित्र्याउने सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । दुई देशको सम्बन्ध केवल सरकारी तहमा मात्र सीमित नभई जनस्तरमा पनि विस्तार भएको बताउनुहुँदै उहाँले दुई देशबिच हुने उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ तुल्याउन, सुदृढ गर्न र थप उचाइमा पु¥याउन मद्दत पु¥याएको विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष भयो । त्यसपछि पनि लगातार भूकम्प र पराकम्पन जाने क्रम जारी छ । वैशाख १२ को भूकम्पको मात्र ६० हजारभन्दा बढी पराकम्पन गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र स्थापना भएयता पूर्वदेखि पश्चिम नेपालसम्म गएका प्रमुख भूकम्पसमेत गरेर डेढ लाखभन्दा बढी पराकम्पन गएका छन् । केन्द्र २०३७ सालमा स्थापना भएको हो ।
कतार सरकारले नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै बृहत् साझेदारीको मार्ग प्रशस्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर सेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्तामा साझेदारीका पक्षहरूबारे छलफल भएको हो । त्यस सम्बन्धमा केही सम्झौता र समझदारी बुधबार हुँदै छन् ।
नयाँ घर भन्नेबित्तिकै इँटा र सिमेन्टको बलियो हुन्छ भन्ने मान्यता मानिसमा विकास भएको छ । भूकम्प प्रभावितका लागि सरकार र अन्य दाताले बनाइदिने घर पनि त्यस्तै हुनुपर्ने धारणा आउँछ । तर त्यो स्रोत र साधनको पहुँच र आर्थिक अवस्थाले बनाउन सकिने सम्भावना जाजरकोट र पश्चिमरुकुमका सबैको रहेको छैन । त्यसैले सिमेन्टकै घरको झल्को दिने गरी बाँस र अन्य स्थानीय स्रोतसाधन प्रयोग गरी करिब साढे चार लाख रुपियाँमा नयाँ घर बनाउन सकिने बताइएको छ ।
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने भएको छ । जाजरकोट, रुकुमपश्चिम, बझाङलगायतका क्षेत्रका भूकम्प प्रभावित धेरै नागरिकले अस्थायी आवाससमेत नपाइरहेको अवस्थामा वर्षाअघि नै आफ्नै घरमा बस्न पाउने गरी अस्थायी अवास निर्माण सम्पन्न गर्न तदारुकता देखाएको हो । सोमबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा कसरी भूकम्प प्रभावितलाई सहज रूपमा छिटो भूकम्प प्रतिरोधी घर प्रदान गर्न सकिन्छ भनेर सरकारका सबै सरोकारवाला निकायका उच्चाधिकारीबिच बहसै चल्यो ।
उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । “निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उहाँले भन्नुभयो । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् ।