बोमलाल गिरी
नवलपुर, कात्तिक ७ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
देउसीभैलो खल्ने टोली मध्यका ब्याक्तीहरुले सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरले अपशब्द बोलेको भन्दै कुटपिट गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनि मेडिकल बगैँचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
प्रहरीले कुटपिटमा सम्लग्न तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा बिनयी त्रिबेणी–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँका एक १७ वर्यीय नाबालक र २० वर्षीय धरन पाइजा रहेको नेपालले बताउनुभो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीको भनाइ छ ।