शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), ७ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको हो ।
पुवेल आफ्नो घरदेखि पश्चिम रहेको परसाहा सामुदायिक वनमा बिहीबार साँझ घाँस काट्न जानुभएको थियो ।
सोही क्रममा कर्माको रुखको हाँगा भाँचि रुखबाट भुईमा लडी घटनास्थलमा पूवेल मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँले त्यहाँ बाख्रा चराउन गएका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान थालिएको जानकारी दिनुभयो ।