सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो ।
काठमाडौँको मुटु मानिने वसन्तपुर छेवैको मखनटोलमा बुधबार बिहानै एक घरमा आगलागी भयो । ग्यास चुहिएर लागेको आगोमा परेर सडकमा व्यापार गर्दै आउनुभएकी ६५ वर्षीय विष्णु अधिकारीको निसासिएर ज्यान गयो । अन्य केही वृद्धवृद्धा निसासिएर घाइते भए ।
नेपालका हिमाल पृथ्वीको सुरक्षा कवज भएकाले यसको संरक्षणमा विश्वका सबै मुलुकको जिम्मेवारी भएको विज्ञ तथा सरोकारवाला उच्च नेतृत्वहरूले बताउनुभएको छ । नेपालमा विश्व प्रमाणित आठ
अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो संस्करणमा जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्यका विषयवस्तु तय गरिएको छ ।
हिमाल नै हिमाल भएको देश नेपालका हिमाल पछिल्लो समय काला पत्थरमा रूपान्तरण हुने क्रम बढेको छ । कतिपय काला भएका हिमालका फेदीमा लेउ जम्न थालेका छन् ।
नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
भारत–पाकिस्तानबिच ठुलो लडाइँको सम्भावना टरेको छ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानले युद्धविराममा सहमति गरेपछि दुई देशबिच पूर्ण युद्धको खतरा तत्कालका लागि अन्त्य भएको हो ।
भारत र पाकिस्तानबिच आक्रमण प्रत्याक्रमणको क्रम सुरु भएको छ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा आतङ्कवादी समूहको आक्रमणपछि भारतले बुधबार आतङ्कवादीका संरचनालाई लक्षित गरी जवाफी आक्रमण गरेसँगै दुई देशबिच आक्रमण र प्रत्याक्रमणको सिलसिला सुरु भएको हो ।
भारत र पाकिस्तानबिचको तनाव थप उच्च बनेको छ ।
नेपाल औपचारिक कूटनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनाको २०९ वर्षमा यात्रारत छ । यसबिचमा अन्तर्राष्ट्रिय सम्बन्धमा विविध उतारचढाव नआएका होइनन् तर नेपालले आफ्नो व्यवहार अनुरूपको मित्रवत् सम्बन्धको मिठासयुक्त पथ कहिल्यै छाडेन ।
आगामी तीन दिन देशका अधिकांश भूभागमा अत्यधिक तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै शनिबारसम्म तातो हावाको लहर बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु काश्मीरमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान लिने गरी भएको आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग बुधबार टेलिफोन वार्ता गर्दै उहाँले जम्मु काश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको हो ।
दुई दिन अघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभाग यतिबेला ह्वात्तै बढेको तातोका कारण हपहपिएका छन् ।
बिहीबार देशका विभिन्न भूभागमा भएको भीषण वर्षाले बाढी, पहिरोसहितका प्राकृतिक विपत्ति निम्त्याएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार क
सरकारले हिमाल संरक्षणको आवाज थप बलियो बनाउन आठ हजार मिटरमाथिका १४ वटा हिमाललाई विश्वव्यापी मान्यता दिलाउनुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिनुभएको छ ।