जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व राष्ट्रपति रामचन्द्र पौडेलसहितको नेपाली प्रतिनिधिमण्डलले गर्ने भएको छ ।
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ ।
विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ । निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन् ।
तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ ।
नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ ।
यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ ।
नेपालका लागि अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनले यस पटकको दसैँमा घटस्थापनादेखि टीकाको दिनसम्मका रमाइला पलको अनुभव बटुल्नुभयो । राजदूत थम्पसन र सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेपाली पोसाक दौरासुरुवालमा सजिएर चङ्गा उडाउन रबाफिलो रूपमा प्रस्तुत हुनुभयो । दुई जनाले उडाएको चङ्गा चुँडाउने (चेट) को प्रतिस्पर्धा हेर्न र हौस्याउन नेपालस्थित अमेरिकी दूतावासका अन्य कर्मचारी भेला भएका थिए ।
लेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा भएको आक्रमणको नेपालसहित विभिन्न मुलुकले भर्त्सना गरेका छन् । लेबनानको संयुक्त राष्ट्रसङ्घीय मिसन (युनिफिल) मा इजरायलले आव्रmमण गरेपछि त्यसको निन्दा गर्दै नेपालसहितका ३४ मुलुकले शान्ति सैनिक तथा मिसनको सुरक्षाको माग गरेका हुन् । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले ले
दुई दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला ।
धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा परी हालसम्म ३१ जनाको शव फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ ।
पूर्णिमाको चन्द्रमा हेर्दा अति सुन्दर देखिन्छ । हरेक पन्ध्र दिनको प्रतीक्षापछि त्यो सुन्दरता निहार्ने दिन फेरि आउँछ ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ झन्डै ८० प्रजातिका नयाँ चरा थपिएका छन् । सन् २०१५ मा नेपाल पन्छी संरक्षण सङ्घले निकालेको सूची अनुसार शिवपुरी क्षेत्रमा ३१८ प्रजातिका चरा थियो । बढेका चरा कसरी जोगाउने भन्ने चिन्ता संरक्षणकर्मीमा थपिएको छ ।
नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । वन्यजन्तुको सुरक्षाका लागि तोकिएको स्थललाई निकुञ्ज भनिन्छ । यो निकुञ्ज २०३० सालमा घोषणा भएको हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज सन् १९८४ देखि विश्वसम्पदा सूचीमा सूचीकृत छ । बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यस निकुञ्जले ओगटेको छ । यो निकुञ्ज राप्ती, नारायणी, रियु जस्ता ठुला नदीले घेरिएको छ । बर्सेनि हजारौँ पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । यहाँ विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा पाइन्छ ।