• २ जेठ २०८२, शुक्रबार

आजदेखि सगरमाथा संवाद

blog

काठमाडौँ, जेठ २ गते  । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो । सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रव्रिmया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका विषयमा दिनुभएको वक्तव्य अनुसार सगरमाथा संवाद एक बहुपक्षीय संवाद मञ्च हो जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महŒवका प्रमुख मुद्दामा छलफल गर्न प्रतिबद्ध छ । विश्वव्यापी मञ्चका रूपमा सगरमाथा संवादले सकारात्मक परिवर्तनको भूमिका खेल्ने छ । 

सगरमाथा संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ जुन मित्रताको प्रतीकसँगै मानवताको साझा भलाइ र सामूहिक कल्याणको धारणालाई प्रवर्धन गर्न युगौँदेखि तल्लीन छ । उहाँका अनुसार पृथ्वीको सबैभन्दा अग्लो प्राकृतिक स्थलचिह्न भएकाले सगरमाथा विश्वव्यापी घटना नियाल्ने सबैभन्दा अग्लो साक्षी पनि हो । सगरमाथा संवादको स्टेरिङ कमिटीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यसको घोषणाका समयमा विश्व सभ्यताको उद्गमस्थल मानिने सगरमाथा र यी जस्तै अग्ला हिमालको संरक्षणमा सिङ्गो विश्वलाई जिम्मेवार बनाउने उद्देश्यले हिमालको आवाज बलियो बनाउन यस पहिलो संस्करणले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

संवादको व्यवस्थापन समितिका अध्यक्ष तथा परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार आजको अन्तरसम्बन्धित संसारमा, समसामयिक मुद्दालाई सम्बोधन गर्न र अगाडि बढ्ने बाटोमा सहमतिमा पुग्न संवादले सघाउने छ । उहाँले सगरमाथा यस संस्करणका बारेमा जानकारी दिन आयोजित विभिन्न पत्रकार सम्मेलनमा जलवायु परिवर्तनले नेपालमा पारेको असर र नेपालले नगरेको गल्तीको सजाय पाइरहेकाले जलवायु न्यायका लागि आफ्नो धारणा बलियो बनाउन टेवा पु-याउने प्रस्ट पार्दै आउनुभएको छ ।

३७ देशका १६० विदेशी पाहुुना नेपालमा

यसैबिच प्रधानमन्त्री ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महŒवबारे विश्वलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।

सगरमाथा संवादको पूर्वसन्ध्यामा बिहीबार नेपाली उच्च पदाधिकारीका लागि प्रधानमन्त्रीद्वारा  आयोजित कार्यव्रmममा उहाँले वातावरणीय मुद्दामा लापर्बाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा दुुनियाँको ध्यान पुुग्न जरुरी रहेको बताउनुुभयो ।

कार्यव्रmममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाशीध प्रकाशमानसिंह राउत, प्रतिनिधि सभामा सभामुुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी हुनुुहुुुन्थ्यो ।

यही जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा आयोजना गरेको सगरमाथा संवाद कार्यव्रmममा सहभागी हुन हालसम्म ३७ देशका १६० विदेशी पाहुुना नेपाल आइसकेका छन् ।

सम्पूर्ण तयारी पूरा

सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । सगरमाथा संवादका लागि भौतिक, आर्थिक, व्यवस्थापन तथा वस्तुगत सबै खालका तयारी पूरा भएको प्रधानमन्त्री कार्यालयका सचिव तथा व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सरकारकै प्रतिष्ठाको विषय भएकाले हामी सबै लागि परेका छौँ, विशिष्ट पाहुना धेरै जसो बिहीबार आइसक्नुभयो, केही आइपुग्ने व्रmममा हुनुहुन्छ, समग्रमा सबै तयारी पूरा भएको छ ।” 

उहाँका अनुसार सगरमाथा संवाद सचिवालयका पदाधिकारी एक महिनादेखि कामको चापाचापमा छन् । मुख्य आकर्षणका रूपमा रहेको सगरमाथा संवादको समुद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन उद्घाटनस्थलमा केही दिनअघिदेखि नै टोली खटिएको छ । 

काठमाडौँको सोल्टीमोडस्थित होटेल सोल्टीमा आयोजना हुने समुद्घाटन समारोहको प्रधानमन्त्री ओली आफैँले उद्घाटन गर्नुहुने तय भएको छ । विदेशी उच्च अतिथिबाट उद्घाटन गराउने भनिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका शीर्षस्थ नेतृत्वको समय नमिलेपछि उहाँ आफैँले उद्घाटन गर्नुहुने भएको हो । समुद्घाटन स्थललाई झकिझकाउ पारेर सिँगारिएको छ । सडकद्वारसँगै तुल, ब्यानरसहितको नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । उद्घाटन समारोहको पनि सबै तयारी पूरा भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार विभिन्न १२ मुलुकका विशिष्ट पाहुनाको सगरमाथा संवादकै व्रmममा एकैसाथ भ्रमण हुँदै छ । सबै कूटनीतिक पाहुनाको स्वागत सत्कार, सुरक्षा, खानपान र बासको व्यवस्थापनमा मन्त्रालयले विशेष ध्यान दिएको छ । 

जेठ ४ गतेसम्म चल्ने सगरमाथा संवादको पहिलो संस्करणमा उद्घाटनलगत्तै उच्चस्तरीय प्रमुख सत्रपछि समानान्तर सत्र सञ्चालन हुने छन् । विशिष्ट अतिथिलाई हिमालयको मनोरम दृश्यावलोकन तथा जलवायु परिवर्तनले ल्याएका चुनौतीका बारेमा अवगत गराउँदै अन्तिम दिन काठमाडौँ घोषणापत्र जारी गरेसँगै समापन हुने छ । उक्त घोषणापत्र ब्राजिलमा आयोजना हुने आगामी कोप–३० मा नेपालका हिमाल संरक्षणका लागि बलियो पहल हुने विश्वास नेपाल सरकारले लिएको छ ।