पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष आज (वैशाख १३ गते) कै दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस नेपालमा मनाइँदै छ । विक्रम संवत् १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठिनीको तस्बिर गोरखापत्रमा पहिलो आममहिलाका रूपमा छापिएको थियो । कामधेनु चर्खामा धागो कातिरहेको उक्त तस्बिरै नेपाली पत्रकारिताको इतिहासमा पहिलो मानक तस्बिर मानिएको छ । त्यसअघि विसं १९५८ वैशाख २४ गते पहिलो पटक गोरखापत्र प्रकाशन भएको थियो । त्यसको करिब २६ वर्षपछि मात्र आमनागरिकको जीवन झल्कने अर्थपूर्ण तस्बिर छापिएको इतिहासका रूपमा वैशाख १३ गतेलाई स्मरण गरिएको छ ।
आज वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७.९ म्याग्निच्युटको ठुलो भूकम्प गएको दिनलाई सम्झँदै भूकम्प स्मरण दिवस मनाइँदै छ ।
नेपालको अधिकांश भू–भाग धुवाँ र धुलोजन्य वायु प्रदूषणले ग्रस्त बनेको छ । केही दिनयता बढेको सुक्खा तातोपनसँगै डढेलो उच्च हुँदा धुवाँ र धुलोजन्य वायु प्रदूषण उच्च बनेको हो । वायु प्रदूषणका कणमा आँखाले देख्न नसकिने पिएम–२५ (कणको मापन) भन्दा पनि मसिना कण वायुमण्डलमा बढ्दै गएकाले प्रदूषण उच्च बनेको वातावरण विभागले प्रस्ट पारेको छ । विभागले केही दिन अघिदेखि नै वातावरण प्रदूषणलाई लिएर उच्च सतर्कता अपनाउन अपिल गर्दै आएको छ ।
सरकारले शासकीय सुधारको २० दिनको यात्रामा आफ्ना एक सय प्रतिबद्धताका अधिकांश बुँदामा तीव्रतासाथ पाइला अघि बढाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन चैत १३ गतेको मन्त्रीपरिषद्को पहिलो बैठकले पारित गरेको एक सय कार्यसूचीलाई मूर्तरूप दिन सरकारले गति बढाएको हो । सरकारले आफ्नै काम कसरी भइरहेको छ भनेर आन्तरिक कार्यदक्षता सञ्जाल बनाएको छ । हरेक दिन उक्त सूची पल्टाउने र परिमार्जनसहित परिणाम दिने व्यवस्था गरेको छ ।
पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा परेको बहुपक्षीय असर न्यूनीकरणका गर्न सरकारले अध्ययन थालेको छ । पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण विश्वव्यापी र क्षेत्रीय आपूर्ति शृङ्खलामा असर पर्दा त्यसको प्रभाव आमनेपालीको भान्छा र दैनिक जीवनमा समेत देखिन थालेको छ ।
सरकारले पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवाको विशेष उडान परिचालन गर्ने भएको छ । पश्चिम एसियाका कतिपय देशबाट राम्ररी विमान उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौँ नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन् । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा गत मङ्गलबार चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायु सेवा निगमका उच्चपदस्थ अधिकारीसहितको संयुक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो ।
नेपालको संविधानले निश्चित गरे अनुसारको समावेशी पहुँच धान्ने गरी पाँच जना महिला मन्त्रीहरू नियुक्त हुनुभएको छ । संविधानले सरकार तथा राज्य संयन्त्रका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बाध्यकारी प्रावधान छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ मन्त्रीपरिषद्ले सिङ्गो नेपालको समावेशी विविधता झल्काउने गरी महिला सहभागितालाई स्पष्टता दिएको हो ।
पश्चिम एसियामा युद्धको असरले महँगी बढेपछि त्यहाँका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली मर्कामा पर्न थालेका छन् । अमेरिका/इजरायल–इरान युद्धका कारण पश्चिम एसियाका श्रम गन्तव्य मुलुकमा आकाश छुने गरी महँगी बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीमा समेत १० देखि २० प्रतिशत मूल्यवृद्धि भएको पश्चिम एसियाका १० मुलुकस्थित नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् ।
‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ पश्चिम एसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि त्यहाँको रोजगारी यही नेपाली उखानसरह बनेको छ । नबसौँ त स्वदेशमा रोजगारी छैन, अनेक दुःखजिलो गरेर श्रम गन्तव्य मुलुकमा पुगिएको छ । बसौँ, युद्धको त्रास छ । त्रासकै बिच केही दिनयता पश्चिम एसियामा जारी अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण त्रासमा रहेका नेपाली नागरिक नेपाल सरकारको समन्वयमा स्वेच्छाले स्वदेश फर्कने क्रम बढेको छ । हालसम्म करिब दुई हजार तीन सय जना नेपाली नागरिक स्वदेश फर्किसकेका अध्यागमन विभागले बताएको छ ।
अबको छ महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई छिटोभन्दा छिटो राहदानी लिने प्रक्रिया सुरु गर्न राहदानी विभागले अनुरोध गरेको छ । अबको दुई महिनाभित्र जति आवश्यक परे पनि धान्न सक्ने गरी राहदानी पुस्तिकाको मौज्दात विभागसँग रहेको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो ।
नेपालको वैश्विक प्रयासको फलस्वरूप आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको हो ।
यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन् । गत २०७९ सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यस पटक महिलाको राम्रो जित प्रत्यक्षमा देखए पनि नेकपा (एमाले) र नेकपालगायतका दलबाट महिला उम्मेदवारको जित शून्य रह्यो । जसले भावी प्रतिनिधि सभामा उक्त दलबाट प्रतिनिधित्व गर्ने महिलाको सङ्ख्या अति न्यून हुने सम्भावना बढेको छ । त्योबेला नौ जना मात्र महिला उम्मेदवारले प्रत्यक्षतर्फ जितेका थिए ।
नेपाली महिला जिम्मेवारी र अवसर प्राप्त गरेको खण्डमा असहज अवस्थामा पनि सही ढङ्गले समाधानसहित काम फत्ते गर्न सक्छन् भन्ने उदाहरण बन्न सफल भएका छन् । जसले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै नेपालको ख्याति बढाएको छ ।
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि नेपालको भावी आकाङ्क्षाका बारेमा झन्डै पचास मिनेट लामो डकुमेन्ट्री बनाएको बिबिसीले बालेनको युवामतलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र (बालेन) शाहको चर्चा यतिखेर विश्वभर चुलिएको छ । काठमाडौँ महानगरको प्रमुख हुँदै पदबाट राजीनामा दिएर शाह प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को उम्मेदवार बनेपछि चर्चा बढेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहीबार पहिलो पटक मतदानमा सहभागी नयाँ मतदातामा सुनौलो उत्साह देखियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्म अनुसार भएको निर्वाचनमा नयाँ मतदाताले उत्साहपूर्वक सहभागिता जनाए ।