शीतलहर चल्दा विगत एक सातादेखि तराईवासीले राम्ररी घाम देख्न पाएनन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भन्नुभयो, “बल्ल शुक्रबार दिउँसो अलिक चहकिलो घाम देखियो तर अपराह्नबाट फेरि हरायो र उही शीतलहरको हुस्सुकुहिरो सुरु भयो । दुई दिन त हवाई उडान पनि बन्द भयो ।”
आज सन् २०२६ को नयाँ वर्षको पहिलो दिन । आशा र भरोसाको पनि पहिलो दिन । सन् २०२५ नेपाल र विश्वका लागि केही पाठ पढाउँदै बित्यो । कतै शान्ति र कतै द्वन्द्वका बाछिटा कायम रहे । संसार
हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार एक/दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भिœयाए पनि त्यसले राम्रो पानी पार्ने छैन ।
नेपाल आउने विदेशी नागरिक अनिवार्य निगरानीमा रहने गरी सूचना प्रणाली व्यवस्थित गर्न सरकारले पहल थालेको छ । विगत पाँच वर्ष अघिदेखि गृहकार्यमा रहेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली जेनजी आन्दोलन र परिवर्तित परिस्थितिका कारण अन्योलमा परेको थियो । सरकारले यही पुस १७ गते अर्थात् नयाँ वर्ष सन् २०२६ को जनवरी १ देखि उक्त प्रणालीलाई अनिवार्य कार्यान्वयनमा लैजान थालेको हो ।
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ ।
नेपालबाट रुद्रकली र खगेन्द्रप्रसादसहितको जोडी हात्ती कतार सरकारलाई उपहार भर्खरै पठाइयो । यी जोडी हात्ती त्यसै कतार पुगेका भने होइनन् । सन् २०१८ ताका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्दा कतार सरकारले नेपालसँग एक जोडी हात्ती उपहार अपेक्षा ग¥यो । नेपाल सरकारले उपहार दिने पनि भन्यो तर वन्यजन्तु ओसारपसारसम्बन्धी कानुनी झमेलाका कारण त्यो प्रक्रियामा विलम्ब भयो अनि अन्योल पनि ।
कुनै पनि आमसञ्चारमाध्यमको भूमिका केवल समाचार प्रकाशन तथा प्रसारणमा मात्र सीमित रहँदैन । आवाजविहीनहरूको आवाजका रूपमा सरकार र जनताबिचको पुल बनेर देशको समृद्धिमा टेवा पु¥याउने अहम् भूमिका पनि यसको हुन्छ ।
दुई दिनअघि सप्तरीको जानकीनगरमा विद्युत् पोलमा विद्युत् सर्ट हुँदा नजिकैको घरको मिटरबक्समा समेत विद्युत् सर्ट हुन पुग्यो । घरमा आगो लागेपछि हतारमा निभाउन पुग्नुभएकी एक महिलाको करेन्ट लागेर मृत्यु भयो ।
सीता श्रेष्ठ वर्ष २२, मन्दिरमा चढाइएका फूल सङ्कलन गरेर धूप तथा सुगन्धित वस्तु उत्पादन गर्दै आउनुभएको छ । ‘फूल’ नामको ब्रान्डमार्फत उहाँले खेर गइरहेका फूल सङ्कलन गरेर देशमै राम्रो आम्दानीको स्रोत बनाउनुभएको छ । सबै साथीहरू बाहिर पढ्ने र रमाउने बहानामा विदेश जाँदै गर्दा उहाँलाई भने देशमै केही गरौँ अनि परिवारसँगै देशमै रमाउँ भन्ने भावनाले छाडेन । उहाँले भन्नुभयो, “तर के गर्ने र कसो गर्ने भन्ने अन्योल उस्तै थियो, यसरी नै कुनै प्रदर्शनी हेर्न जाँदा फुरेको आइडियालाई अहिले आफ्नो पेसा बनाएँ ।”
सर्वोच्च शिखरसहित हिम पर्वतमाला नेपालमा हुनु गौरवको विषय हो । पछिल्लो समय जलवायु परिवर्तनको असरसँगै बढ्दो तापक्रमले हिमाली जनजीवन कहरमय बन्न थालेको छ । बढ्दो तापव्रmमसँगै हिमाली गाउँ खाली हुने अवस्थामा पुगेको दुःखेसो स्थानीयवासीको छ ।
भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । उक्त नाइटक्लबको भान्सामा
सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय तुल्याउँदै साझा सङ्कल्पका साथ अघि बढ्न सदस्य मुलुकसँग अपिल गरेको छ । सोमबार एकचालिसौँ सार्क बडापत्र दिवसका अवसरमा सार्कको अध्यक्षका हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले सार्कलाई पुनर्जीवित पार्दै गतिशील बनाउने सङ्कल्पमा साथ दिन आह्वान गर्नुभएको हो । सार्क स्थापना भएको सन् १९८५ डिसेम्बर ८ लाई सार्क बडापत्र दिवसका रूपमा मनाइँदै आएको छ ।
काठमाडौँको वसन्तपुर दरबारक्षेत्रनजिकै रहेको येँगा हिति (धारा) बिउँतिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ यङ्गालस्थित व्यक्तिको कब्जामा गइसकेको एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो ।
हिमाल, पहाड र तराईको भौगोलिक र जैविक विविधतासँगै नेपालको माटोमा पनि अमूल्य विविधता छ तर माटोलाई माया गर्न नजानेकै कारण आर्थिक वृद्धिको प्रमुख स्रोतका रूपमा उपयोग गर्न नस