काठमाडौँ, जेठ ४ गते । नेपाल सरकारले वैश्विक बहसको थलोको परिकल्पनासहित सुरु गरेको सगरमाथा संवादले नेपाल उच्चस्तरीय जमघटको महत्त्वपूर्ण अवसर जुराएको छ । प्रायः जसो विदेशमा अभ्यास भइरहेका अन्तर्राष्ट्रिय सम्मेलन, उच्चस्तरीय भेटवार्ता, बैठक तथा परामर्श यतिबेला भइरहेका छन् । शुक्रबारदेखि सुरु उच्चस्तरीय, द्विपक्षीय, तथा बहुपक्षीय बहसहरू शनिबार पनि उस्तै ऊर्जावान् रहे । जसले नेपालका लागि अन्तर्राष्ट्रिय बहसका लागि शान्तिपूर्ण भूमिकाका रूपमा विश्वमाझ परिचित गराउन सफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उल्लासमय स्वागतले हर्षित भएका विदेशी पाहुनाले उहाँसँगको सामूहिक तथा द्विपक्षीय भेटहरूमा नेपालसँग अपार आदर, सद्भावसँगै सम्भावनाको प्रचुरता रहेको भन्दै प्रशंसा गरे । नेपाल सरकारले हिमाल संरक्षणको अगुवाइसँगै वैश्विक नेतृत्वमा अघि बढाएको पाइलाको विदेशी उच्च नेतृत्वले मुक्तकण्ठले स्वागत गरे । त्यति मात्र होइन, देश देशबिचको द्विपक्षीय सम्बन्धलाई अर्को उचाइ दिन पनि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।
शनिबार नै गत वर्ष सम्पन्न कोप–२९ सम्मेलनका अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायुु मामिला प्रतिनिधि मुख्तर बावयवले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै सगरमाथा संवादको आयोजना गरेर अन्तर्राष्ट्रियस्तरको नेतृत्व गर्न सफल हुनुभएकामा बधाई दिनुभयो ।
प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्दा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि अजरबैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिँदै उहाँले हिमालदेखि समुद्रसम्मको अवधारणामा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रले साझा प्रयास चाल्नुुपर्ने सुझाउनुभयो ।
विशेष प्रतिनिधि बावयवले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि आयोजित संवादका सन्देश विश्व समुुदायसमक्ष पुु-याउने प्रतिबद्धता जनाउनुभयो । शनिबार नै प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएका जापानका उपविदेशमन्त्री इक्युुना अकिकोले संवादमा सहभागी हुन पाउँदा गर्वको महसुस भएको प्रतिव्रिmया दिनुभयो । उहाँले नेपालको आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै आएको बहुुपक्षीय र प्राविधिक सहयोग अझ सुदृढ गर्दै निरन्तर राख्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीसामु व्यक्त गर्नुभयो ।
सो व्रmममा प्रधानमन्त्री ओलीले नेपाल र जापनबिच समस्यारहित मैत्री सम्बन्ध रहेकामा खुसी व्यक्त गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक ज्वलन्त समस्या भएको औँल्याउनुभयो । उहाँले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिनुुभयो । प्रधानमन्त्री ओलीले जलवायु अनुुकूूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपत् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा नेपालका लागि जापानी राजदूत माइदा तोरु पनि सहभागी हुनुहुन्थ्यो ।
परराष्ट्रमन्त्रीलाई पनि बधाईको ओइरो
नेपाल सरकारको विदेश मामिलाको प्रमुख द्वारका रूपमा रहेको परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री डा. आरजु राणालाई पनि विदेशी पाहुनाहरूबाट बधाईको ओइरो लागेको छ । बिहीबार साँझदेखि नै द्विपक्षीय तथा बहुपक्षीय भेटमा व्यस्त रहनुभएका मन्त्री राणालाई संवादको सफलता र स्वागत सत्कारका लागि पाहुनाले आभार व्यक्त गर्दै आउनुभएको छ । सो व्रmममा शनिबार उहाँसमक्ष जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शिष्टाचार भेट गर्दै न्यानो आतिथ्यताका लागि धन्यवाद दिनुभयो ।
भेटमा राणाले सिन्धुली–बर्दीबास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद फर्काउनुभयो । त्यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग इजरायल आक्रमणमा बेपत्ता रहेका विपिन जोशीको अवस्था र स्वदेश फीर्तिका बारेमा थप पहलका लागि आग्रह गर्नुभएको छ ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफाले आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा थप छलफल गरेर अघि बढ्न सकिने प्रतिव्रिmया दिनुभयो ।