ल्होत्से हिमालमा पहिलो आरोहण सफल
यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।
पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।
कतारी राजकुमारी कञ्चनजङ्घा हिमालको चुचुरोमा
काठमाडौं, वैशाख २७ गते । कतारी राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ । कतारी राजकुमारी आश्मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गर्ने पहिलो अरब महिला बन्नुभएको छ । उहाँले मे ८ तारिखका दिन कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको होे ।आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला हुन पाएकोमा गर्व लागेको बताउनुभयो । ‘‘म केहि दिन विरामी परेकी थिए । हिमाल चढ्न सक्दिन की जस्तो लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।,’’ उहाँले लेख्नुभएको छ, ‘‘हिमाल चढ्न सहज थिएन । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’’ उहाँले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाईलगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाईलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने बताउनुभयो । यस क्रममा सगरमाथा आरोहणको समेत प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।
हिमाल आरोहणका क्रममा चारको मृत्यु
यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।
विकास र समृद्धिको आधार
स्थानीय तहको निर्वाचन देशभर वैशाख ३० गते हुँदै छ । स्थानीय सरकारको यो संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो बढी छ । स्थानीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् ।
आरोहण नभएका हिमाल आरोहण गर्ने कोरियाका आरोहीलाई पर्यटन मन्त्रालयको सम्मान
मानव पाइला नपुगेका हिमालको सफल आरोहण गर्ने कोरियाका छ आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले सम्मान गर्नुभएको छ ।
राउण्ड अन्नपूर्णमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
गणेश पौडेल पर्वत, वैैशाख २६ गते । कोरोनाका कारण थलिएको राउण्ड अन्नपूर्णको पर्यटकीय गतिविधि बढेसँगै स्थानीयवासी तथा व्यावसायी उत्साहित बनेका छन् । कास्कीको नयाँ पुलबाट शुरु हुने राउण्ड अन्नपूर्णमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै त्यस क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ । अहिले दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको कुरा अन्नपूर्ण संरक्षण क्षेत्र बिरेठाँटी चेक पोष्टले जनाएको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको आयोजनाले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटकहरुको सङ्ख्या उल्लेख्य रुपमा बढेर गएको छ । आन्तरिक पर्यटकको एकिन सङ्ख्या उल्लेख नहुने भए पनि दैनिक ४ देखि ५ सयसम्म भित्रिने गरेको स्थानीय होटल व्यावसायी बताउछन् । अहिले यस क्षेत्रबाट पुनहिल, अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्द्रुकलगायतका ठाउँमा जाने र राउण्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्नेहरुको चहलपहल बढिरहेको स्थानीय होटल व्यावसायी कमला गुरुङले जानकारी दिनुभयो । ‘पदमार्गमा असोजदेखि चहलपहल बढेको छ,’ उहाँले भन्नुभयो ।वर्षौंदेखि पर्यटकहरुलाई लक्षित गरि खोलिएका होटलहरु समेत कोरोनका कारण बन्द हुने स्थितिमा पुगेका थिए । पछिल्लो समय बन्द भएका होटलहरु समेत संचालनमा आएका छन् भने नयाँ होटलहरु समेत थपिँदै गएको व्यवसायी बताउछन् । यस क्षेत्रको मुख्य व्यावसाय नै होटल हो, गुरुङले भन्नुभयो कोरोनाका कारण धेरै होटलहरु बन्द भए । अहिले पर्यटक आउन थालेसँगै पुनः सञ्चालनमा आउन थालेका छन् । व्यवसायीहरुका अनुसार कोरोनाले बन्द भएका होटलहरु गत माघ महिनादेखि भरिभराउ हुन थालेका छन् । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । कास्कीको नयाँपुलबाट शुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपुर्ण बेसक्याम्प पुग्छ भने पर्यटकहरु बिरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ् पनि पुग्ने गर्छन् । त्यस्तै लमजुङको भुलभुलबाट मनाङ्, उपल्लो मुस्ताङ् हुँदै यो मार्ग भएर पर्यटक फर्कने गरेका छन् । पछिल्ला वर्षमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन् भने दोस्रोमा कोरियाली पर्यटकको सङ्ख्या पर्छ ।
आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा आरोहण
विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले शनिबार साँझ २६ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।
कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल
यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पा सहित ११ जना आरोहीले गर्नुभएको छ ।