रेल सञ्चालनपछि पर्यटक बढे
रेल सेवा सञ्चालन भएसँगै जनकपुरधाममा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसानजस्तै बनेको धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा रेल सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढेको हो । यसबाट यस क्षेत्रको व्यापारसमेत बढेको छ ।
एनएमएको अध्यक्षमा निमानुरु निर्वाचित
नेपाल पर्वतारोहण सङ्घको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित हुनु भएको छ । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको छ ।
ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला
ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो मेलामा राडीपाखी, अल्लो, ढाका, काठजन्य सामग्रीलगायत स्थानीय घरेलु उत्पादनका तीन दर्जनभन्दा बढी स्टल राखिएका छन् ।
बेहडाबाबा धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । गङ्गादशहराको अवसरमा बेहडाबाबाको दर्शन, पूजाआजा गर्ने र मेला भर्नेहरुको घुइँचो लागेको हो ।
महेन्द्र पार्कको पुनर्निर्माणले चहलपहल बढ्यो
दुइ दशक अघि सम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वन स्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको उक्त पार्क त्यसयता बेवास्ता तथा बिभिन्न आन्दोलनको मारमा पर्दा जिर्ण थियो । तर अहिले स्थानीयबासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ ।
तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ ।
पर्यटकको गन्तव्यस्थल बन्न सक्ने सायल झरना
समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।
नेपाल पर्वतारोहण सङ्घकाे निर्वाचन जेठ २७ मा
नेपाल पर्वतारोहण सङ्घको केन्द्रीय नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्ष पछि सरेको संघको अधिवेशन सुरु भएको छ ।
पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनःकर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग अघि सारेको छ ।