संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
पर्यटक घटे, बसाइ लम्बियो
मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटक बढेका छन् ।सन् २०२० मा गरिएको सर्वेक्षणअनुसार ६५ प्रतिशत विदेशी पर्यटक मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका थिए । हाल उक्त सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ ।
खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून
केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।
किन सुरु गरियो भारत र बङ्गलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियान
नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिएको छ ।
दानापुर तालमा पर्यटकहरुको चहलपहल
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
सगरमाथा आरोही कार्कीलाई सम्मान
राममणि दाहाल हेटौँडा, जेठ २१ गते । मकवानपुर जिल्लाका पहिलो सगरमाथा आरोही विक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ ।पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ का कार्कीलाई बकैया गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी पालिकाको नाम उच्च बनाएको र प्रतिष्ठा बढाएको भन्दै शुक्रबार पालिकामा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्कीसहितको नौ जना नेपाली र एक जना भारतीय नागरिक गरी दस जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका थिए ।लामो समयदेखिको सगरमाथाको चुचुरोमा पाइला राख्ने आफ्नो लामो समयदेखि इच्छा जेठ ७ गते शनिबार बिहान ११ः२२ मा पूरा भएको आरोही कार्कीले बताउनुभयो । आधार शिविरबाट हिँडेको चौथो दिनमा सगरमाथाको चुचुरोमा नेपालको झण्डासहित पुग्न सफल कार्कीले यसअघि आधा दर्जन हिमालको आरोहण गरिसक्नुभएको छ ।जेठ २ गते सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्यसहित तयारी गरेर काठमाडौँबाट निस्किएको कार्कीको टोलीमा गएका दीपक महतको मृत्यु भएपछि आरोहण समय लम्बिएको थियो ।माउण्टेरिङ, रक क्लाम्बिङ, हिमालमा जोखिममा परेकाको उद्धार, क्यानोनिङ, प्राथमिक उपचार, स्किलगायतका प्रशिक्षण लिनुभएका कार्कीले गाइडको कामसँगै काठमाडौँमा ट्रेकिङ व्यवसाय गर्दै आउनुभएको छ ।
पर्यटन व्यवसायीलाई छोएन बजेटले
आव २०७९/८० को सङ्घीय बजेटले पर्यटन क्षेत्रका लागि नौ अर्ब रुपियाँ बजेट छुट्याएको छ तर पर्यटन व्यवसायी बजेटप्रति उत्साहित बन्न सकेका छैनन् ।पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा बजेट धेरै भए पनि त्यसले पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुने नदेखिएको बताउनुभयो । कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रका लागि राहतका रूपमा मौद्रिक नीति आउने आशा रहेको उहाँले सुनाउनुभयो । पर्यटन क्षेत्रलाई अगाडि बढाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउन बजेट व्य
धार्मिकस्थलमा पर्यटकको सङ्ख्यामा वृद्धि
बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा बली चढाउनेको सङ्ख्या अत्यधिक छ ।