तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै । कोरोना कहरले ठप्प बनेको पर्यटन क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्दै गएको पाइएको छ ।
पर्यटकको गन्तव्यस्थल बन्न सक्ने सायल झरना
समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।
नेपाल पर्वतारोहण सङ्घकाे निर्वाचन जेठ २७ मा
नेपाल पर्वतारोहण सङ्घको केन्द्रीय नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्ष पछि सरेको संघको अधिवेशन सुरु भएको छ ।
पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनःकर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग अघि सारेको छ ।
वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
लाङटाङ निकुञ्जमा पर्यटकको आगमन बढ्यो
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो ।
पर्यटक घटे, बसाइ लम्बियो
मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि नेपाल आउने पर्यटक बढेका छन् ।सन् २०२० मा गरिएको सर्वेक्षणअनुसार ६५ प्रतिशत विदेशी पर्यटक मनोरञ्जन, यात्रा तथा भ्रमणका लागि आउने गरेका थिए । हाल उक्त सङ्ख्या बढेर ६६.८ प्रतिशत पुगेको छ ।
खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून
केही समय अघिसम्म पर्यटकले खचाखच भरिने सोलुखुम्बुको खुम्बुक्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।