चुनावी हिंसाले गाँजेको साख
क्यामरुन मध्य अफ्रिकाको गरिब मुलुक हो । भ्रष्टाचार र कुशासनले नै यो मुलुकलाई गरिब बनाएको छ । साक्षरता दर केही राम्रो भए पनि राष्ट्रका अरू सबै परिसूचक कमजोर यो मुलुक कुशासनको दुष्चक्रमा फसेको छ ।
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल
एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आज (बिहीबार)देखि नेपालले गर्ने भएको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गर्नुभयो ।
पारिवारिक सम्बन्धको कसी
सर्वोच्च अदालतद्वारा साउनमा प्रकाशित वार्षिक प्रतिवेदन अनुसार गत आवको प्रारम्भसम्म जिल्ला अदालतमा दायर विवाह, सम्बन्धविच्छेद, मातृत्व वा पितृत्व कायम, धर्मपुत्र, धर्मपुत्री, माथवर, अंशबन्डा, अपुताली जस्ता पारिवारिक विवादका ७९ हजार ८९७ थान मुद्दामध्ये सम्बन्धविच्छेदका मात्र ३९ हजार ५४ थिए । उक्त आवमा जिल्ला अदालतको मुद्दाको लगत दुई लाख ५८ हजार ५२४ थियो ।
चार दिनदेखि विद्युत् आपूर्ति बन्द
सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आए पनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो ।
‘रुवाबासी’ र ‘एक्सन’ मै निर्भर चलचित्र क्षेत्र
कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ्दै छ । अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन् ।
आचार्यको कवितासङ्ग्रह प्रकाशित
कवि अनाम आचार्य पद्य र गद्य मिश्रित कविता तथा केही गीत समेटिएको कवितासङ्ग्रह ‘नयाँ आकृतिको खोजीमा’ प्रकाशित भएको छ । उक्त कवितासङ्ग्रहमा विभिन्न समयमा रचिएका पाँच दर्जन कविता तथा गीत समावेश छन् ।
गुल्मीमा प्रयोगविहीन सरकारी गाडी, व्यवस्थापनमा छैन चासो
गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सवारीहरुको व्यवस्थापनमा कसैले चासो देखाएका छैनन् ।
बिकेलको ‘पानी पर्यो–३’
गीतकार डम्बर बिकेलको शब्द रचनामा नयाँ गीत ‘पानी पर्यो–३’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमेशकुमार थापाको सङ्गीतमा तयार भएको गीतमा मेलिना राई तथा राज सरगमको स्वर रहेको छ । गीतमा डिजे एनको सङ्गीत संयोजन रहेको छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।
मनबिनाको धनको ‘बा आमा’
चलचित्र ‘मनबिनाको धन’ को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टङ्क बुढाथोकीको सङ्गीत तथा एरेन्ज छ । गीतको शब्द शङ्कर आचार्यले लेख्नुभएको हो ।
ग्लोबल आइएमई बैङ्कले आठ प्रतिशत नगद लाभांश दिने
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । उक्त बैङ्कको बुधबार काठमाडौँमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सोसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ ।
धार्मिक तथा सांस्कृतिक पर्यटनको हब बन्दै गैँडाकोट
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् ।
ढलेको धान काट्न नसक्दा किसान चिन्तित
कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षा र हावाहुरीका कारण खेतमा ढलेको धान समयमा काट्न गर्न नसक्दा किसान चिन्तित छन् । खेतमा ढलेको धान समयमा उठाउन नपाउँदा किसान चिन्तित बनेका हुन् ।
सबै उद्योगमा जोडियो लाइन
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण विद्युत् लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्राधिकरणले निर्धारण गरेको कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
ओमानसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिने सरकारको तयारी
नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
निगममा कर्मचारी कटौती सुरु
नेपाल वायुसेवा निगमले कर्मचारी कटौती अभियान सुरु गरेको छ । निगमलाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न, आर्थिक दायित्व कम गर्न र निगमभित्र सुधारात्मक कामको थालनीस्वरूप पछिल्लो बदलिँदो परिस्थितिसमेत सम्बोधन गर्दै निगम व्यवस्थापनले पहिलो चरणमा छ जना कर्मचारीको करार सेवा रद्द गरेको जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिन प्रस्ताव आह्वान
ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको सम्मलेन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरणपोषण निम्ति गठित हानिनोक्सानी कोषबाट क्षतिपूर्ति लिनका लागि प्रस्ताव आह्वान गरेको छ । योसँगै कोष औपचारिक रूपमा कार्यान्वयनको स्तरमा अघि बढेको छ ।
पुसभित्र महाधिवेशन गर्न सुझाव
नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो ।
भौतिक निर्माण कोष विनियोजन सुरु
‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ पूर्वाधार निर्माणमा विनियोजन सुरु गरिएको छ । ‘जेनजी’ समूहको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना भएको थियो
मेलम्चीको पानी नियमित
सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो ।
सीमामा उच्च सुरक्षा नेतृत्व
सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ ।