मेलम्चीको पानी नियमित
सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो ।
सीमामा उच्च सुरक्षा नेतृत्व
सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ ।
थप सहज बन्दै मतदाता नामावली दर्ता
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । आयोगले राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागेको हो ।
मिटरब्याज पीडितलाई न्याय दिन अग्रसरता
बर्सौंदेखि समस्याका रूपमा रहेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले अग्रसरता लिएको छ ।
मतदाता जागरुक बनाउँदै जेनजी
नवपुस्ता (जेनजी) ले भदौ २३ र २४ गते गरेको विद्रोहको जगमा नयाँ सरकार गठनपछि देशमा निर्वाचनको तयारी भइरहेको छ । सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमार्फत समुन्नतिको खाका बनाउन जेनजी पुस्ता पनि निर्वाचनमा जुटेका छन् ।
नायकलाई नगद ५१ हजार नगदसहित सम्मान
यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।
प्रसाईं समूहले बुझायो ज्ञापनपत्र : दल दर्ता गर्न इच्छुक
गृहमन्त्री ओमप्रकाश अर्यालले दुर्गा प्रसाईंका प्रतिनिधहरुसँगको भेटमा अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य नै भएकाले सडकमा आउन उपयुक्त नहुने बताउनु भएको छ।
हाम्रो साँघुटार बजार सार्वजनिक
लेखक गणेशकुमार प्रधानले साहित्य सँगै स्थानीय इतिहासको खोज, अध्ययन र प्रकाशन गर्नुभएको छ ।
जेनजी आन्दोलन- आगजनीमा संलग्न पाँच जना पक्राउ
मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : संयोजक प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।
मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
कोशी प्रदेशसभा सचिवद्वारा शपथ ग्रहण
कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त हुनुभइ आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अबैध सामग्री बरामद
जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध रुपमा भित्रिएका सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । पाल्पाको बगनासकाली र रम्भा गाउँपालिकाका विभिन्न स्थानमा केही मानिसले बिक्री गरेको अवस्थामा प्रहरीले अबैध सामग्री बरामद गरेको हो ।
मुख्यमन्त्रीले लिनुभयो घाइतेको अवस्थाबारे जानकारी
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विहान प्रादेशिक अस्पताल पुगेर अस्पतालमा उपचार गराइरहेका विरामी र मंगलबार भएको आन्दोलनको क्रममा घाइते भएकाहरुको अवस्थावारे जानकारी लिनुभएको छ ।
विद्यार्थीबिच दुना–टपरी गाँस्ने प्रतियोगिता
हातमा सालको पात र बाँसको सिन्का लिएर दुना टपरी गाँस्दै गर्नुभएकी सरस्वती पौडेल उमेरले भर्खर नौ वर्ष पुग्नुभयो । उहाँ नवलपुरको कावासोती नगरपालिका ७ मा रहेको सूर्योदय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुहुुन्छ ।
निर्वाचनको वातावरण निर्माणमा जुटौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
चिडियाखानामा कालो रङको चितुवा
जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।
केन्द्रीय समितिमा डा. शशाङ्कको मध्यमार्गी प्रस्ताव – विशेष महाधिवेशन पक्षधरको भावना समेटिने समाधान खोजौं
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ।
निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।
गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ
गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीको मनोबल उच्च नै रहेको बताउनुभएको छ।
शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
झापाको दमक नगरपालिका– ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध फर्जी शैक्षिक योग्ताको प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ।
एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ ।
उपत्यकामा एनपिएल ट्रफी टुर (फोटो फिचर)
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर बुधबार काठमाडौँ उपत्याकामा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न शहरमा ट्रफी टुर कार्यक्रम सम्पन्न गरी काठमाडौँमा पनि यस कार्यक्रमलाई निरन्तरता दएको हो ।