निर्वाचनको वातावरण निर्माणमा जुटौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा जुट्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
चिडियाखानामा कालो रङको चितुवा
जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।
केन्द्रीय समितिमा डा. शशाङ्कको मध्यमार्गी प्रस्ताव – विशेष महाधिवेशन पक्षधरको भावना समेटिने समाधान खोजौं
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ।
निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।
गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ
गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीको मनोबल उच्च नै रहेको बताउनुभएको छ।
शिक्षकविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
झापाको दमक नगरपालिका– ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध फर्जी शैक्षिक योग्ताको प्रमाणपत्र पेस गरेको मुद्दा दायर भएको छ।
एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष
हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ ।
उपत्यकामा एनपिएल ट्रफी टुर (फोटो फिचर)
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर बुधबार काठमाडौँ उपत्याकामा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न शहरमा ट्रफी टुर कार्यक्रम सम्पन्न गरी काठमाडौँमा पनि यस कार्यक्रमलाई निरन्तरता दएको हो ।
लोकतन्त्र विरोधी अभ्यास सह्य हुँदैन : नेता अधिकारी
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गत भदौ २३–२४ गतेको आन्दोलनले जेनजी पुस्तामाथि नै न्याय गर्न नसकेको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगञ्जस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा प्रेस चौतारी बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा
भारतीय सुरक्षा निकायले यस हप्ता नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको सिलसिलामा विवादित काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दिग्धलाई हिरासतमा लिएको अधिकारीले बुधबार जनाएका छन् ।
‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल
गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गनुभयो ।
बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता
हाल इस्लामवादी शक्ति पुनः राजनीतिकरूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ ।
देउँसीभैलोको पैसाले विद्यालयमा अक्षयकोष स्थापना
गुल्मीको रेसुङ्गा नगरपालिक–८ को खुकुरी युवा क्लबले तिहारमा खेलेको देउँसीभैलोको रकमबाट सिद्धबाबा माविमा अक्षयकोष स्थापना गरेका छन् । आफूहरु खुकुरी ब्याण्डबाट स्थापित भएकाले गीतसंगीतमा स्थानीय प्रतिभा उजागर गर्न सिद्धबाबा माविमा अक्षयकोष स्थापना गरेको क्लव अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो ।
भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी, स्वदेश फिर्ता
प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशबिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किनु भएको छ ।
रारा तालमा पोखिएको सुन्दरता (फोटो फिचर)
मुगुको छायाँनाथ रारा नगरपालिका –९, मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा डुङ्गा सयर गरेर पर्यटकहरु रमाउने गरेका छन् ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ५६ अङ्कले घटेर दुई हजार ५४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
बालिकाको डुबेर मृत्यु
महोत्तरीको सोनमा गाउँपालिकाको खेश्राहामा गए राति डुबेर एक बालिकाको मृत्यु भएको छ । सोनमा गाउँपालिका–४, खेश्राहा बस्ने दुलारचन महतो नुनियाको तीन वर्षिया छोरी सीताकुमारी महतोको मंगलबार राति सोही ठाउँको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठेपुल तर्दै पर्यटक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङ्गोला क्षेत्रस्थित सिङ्जेमा ताल पुग्ने पदमार्गमा रहेको काठेपुल तर्दै तालतर्फ गइरहेका आन्तरिक पर्यटक ।
मादी नदी : चार लेन पुलको काम ८० प्रतिशत सम्पन्न
तनहुँमा मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ। नेपालमै पहिलो पटक चार लेन क्षमताको आर्क डिजाइनमा निर्माण भइरहेको उक्त पुल पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण संरचना हो।
सोनापुर र घोराही सिमेन्टले तिरे विद्युत बक्यौताको पहिलो किस्ता
विद्युत कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले महसुलको पहिलो किस्ता तिरेका छन् ।
संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे तालिम
ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रका बासिन्दालाई हस्तकला र होमस्टे (घरबास) सम्बन्धी तालिम प्रदान गरिएको छ। पर्यटन प्रवद्र्धन र स्थानीयको आयआर्जन वृद्धि गर्नमा सहयोग पु¥याउने उद्देश्यले संरक्षण क्षेत्रका बासिन्दालाई तालिम प्रदान गरिएको हो।
नेकपामा भीम रावलको स्वागत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व उपप्रधानमन्त्री भीम रावललाई स्वागत गरेको छ। बुधबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दै नेकपाले रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाललाई पार्टीमा समायोजन गरेको हो।
दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको विजयी सुरुवात
नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।