चिसोले बढे बिरामी
चिसो मौसम बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा चिसोका कारण हुने बिरामीको चाप बढेको हो ।
‘महाधिवेशन’ बहस दुई धारमा कांग्रेस
नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो ।
अमेरिका जान कडा सर्त
अमेरिकाको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । अमेरिकी सरकारले आफ्नो भिसा बन्ड सूची अद्यावधिक गर्दै बिहीबार नेपालसहित थप ३८ मुलुकलाई त्यस सूचीमा राखेको हो । उक्त सूचीमा आर्थिक रूपले कमजोर तथा राहदानी सुरक्षा कमजोर भनिएका अति कम विकसित तथा विकासशील मुलुक बढी छन् ।
गुल्मीमा पहिलो दिन ४६ जना निर्वाचन प्रहरीको आवेदन
गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् ।
यस्तो छ मधेसका आठ जिल्लाका सभापतिको आग्रह
नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।
सल्यानमा कृषि तथा सांस्कृतिक महोत्सव
कोसेली घर निर्माणको लक्ष्यसहित सल्यानमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र श्रीनगरमा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुभयो ।
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो
नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।
पार्टी विधानअनुसार विशेष महाधिवेशन अघि बढ्छ : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ।
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।
सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।
म्याग्दीका ८ मतदान स्थल अति सम्वेदनशील
आगामी फागुन२१ गते हुने आम निर्वाचनका लागि जिल्लाम ८ मतदान स्थललाई अति सम्वेदनशील र २९ स्थानलाई सम्वेदनशीलमा वर्गीकरण गरिएको छ ।
‘नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी ’
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ ।
पोखराको ल्यान्डफिल विवाद : वडा कार्यालयमा ताला
पोखरा महानगरपालिकाको ल्यान्डफिल साइटबारे स्थानीय र पोखरा महानगरबिच समझदारी नहुँदा विवाद चर्किएको छ ।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।
मेयर कप ब्याडमिन्टनको सेमिफाइनल समिकरण पूरा
ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदी इरान, पाकिस्तानबाट स्वदेश फिर्ता
छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुई हजार ५०० अफगान नागरिक गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।
एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रङ्गशालास्थित कभर्डहलमा हुने भएको छ ।
कृषि बिकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम
कृषि बिकास बैंक लिमिटेडको ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ।
अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न
मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे आयोजित अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट मातृभाषको संरक्षण र प्रवर्धन गर्ने विषयमा छलफल गरिएको थियो ।
सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित
विश्वका महासागरले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ ।
क्रमिकले १६ थान सिमकार्ड चलाएपछि...
आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् ।