सडक सीमाभित्र बनेको ट्राफिक प्रहरी भवन भत्काइयो
धनुषाको ढल्केबर क्षेत्रमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ।
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताउनुभयो ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ ।
सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता
बैतडीका एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।
सिमाना हेरफेर कार्यविधि अव्यावहारिक भएको सरोकारवालाको निष्कर्ष
नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सरोकारवालाबिच बृहत् छलफल भएको छ।
स्कुल जान नमान्ने सानी उल्लु
विज्ञान सङ्ग्रहालयको भवनपछाडि जङ्गल छ । जङ्गलको एउटा ठुलो रुखको खोक्रोभित्र ठुलठुला आँखा तथा नरम पखेटा भएकी फूलमाया नामकी सानी उल्लु बस्थी । हरेक राति बुवाले उनलाई उठाउँदै मायालु बोलीमा भन्थे, “मेरी सानी छोरी उठ, स्कुल जाने बेला भइसक्यो,” तर फूलमायाले प्वाँखभित्र अनुहार लुकाउँदै भनिन्, “नाई बुवा म स्कुल जान्न बरु आमाले बारीमा फलाएको तरकारी बेच्न जान्छु ।”
सामुदायिक विद्युतीकरणमा अनियमितता, उपभोक्ताको गुनासो बढ्दै
२०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्युतीकरणमा विकृति मौलाउँदा र गुणस्तरीय सेवा नहुँदा उपभोक्ताहरू असन्तुष्ट बनेका हुन्।
जब अमेरिकालाई इन्धन प्रतिबन्ध लाग्यो
अरब देशहरूले सन् १९७३ मा लगाएको इन्धन व्यापार प्रतिबन्धबाट अमेरिकी समाजले बहु झट्का बेहोर्नु परेको थियो । योम किप्पुर युद्धमा इजरायललाई साथ दिएको भन्दै इन्धन उत्पादक अरब देशहरूले अमेरिका र केही अन्य देशमाथि जब सन् १९७३ अक्टोबरमा इन्धन व्यापार प्रतिबन्ध लगाए अमेरिकीहरूको गोजी र मानसिकता दुवैमा एकसाथ जोरदार झट्का लाग्यो । यस प्रतिबन्धका कारण उत्पन्न ऊर्जा सङ्कटले जैव इन्धनको मूल्य चार गुणा बढेर तीन डलर हाराहारीबाट करिब १२ डलर पुग्यो, तद्अनुरूप पेट्रोल पम्पमा इन्धन बिक्री गरियो । इन्धनको अभा
देवचुलीमा अन्डर–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
नवलपुरमा यही वैशाख १२ गतेदेखि एकेडेमीस्तरीय अन्डर–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। देवचुली नगरपालिका–१५ प्रगतिनगरमा रहेको रोयल क्रिकेट एकेडेमीको आयोजनामा तथा देवचुली नगरपालिकाको संरक्षकत्वमा प्रतियोगिता आयोजना हुन लागेको हो।
पानीका मुहान सुकेपछि गोठाला चिन्तित
मुस्ताङको ल्होमन्थाङ गाउँपालिका अन्तर्गत छोसेरमा विगत डेढ दशकभन्दा बढी समयदेखि गोठालोको जीवन बिताइरहनुभएका महेन्द्र तामाङले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्न थालेपछि चरन क्षेत्र सङ्कटमा परेको गुनासो गर्नुभयो । समुद्री सतहदेखि चार हजार सात सय मिटरको उचाइमा भेडाच्याङ्ग्रा र चौँरीलाई आवश्यक पर्ने पानीको स्रोतको अभावका कारण चरन क्षेत्रबाटै विस्थापित हुनुपर्ने जोखिम बढिरहेको उहाँले बताउनुभयो । भेडाच्याङ्ग्राको बथानलाई पानीको स्रोत खोज्न घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको तामाङको गुनासो छ । भेडी गोठाला तामाङले भन्नुभयो, “वन्यजन्तुको आक्रमणको त्राससँ
खरानी खोस्रेर निकालेको वैशाख ! (कविता)
यस पटक काँस फुल्नु र काँसभरि खरानी उड्नु उसो त खरानीकै पहाड ठडिनु एकै पटक भए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
गरगहना र दाइजोबिनाको विवाह
विवाहमा नभई नहुने वस्तु भनेको गरगहना र दाइजोलाई मानिन्छ । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै गरगहना र दाइजो दिने प्रचलन नेपाली समाजमा व्याप्त छ । यद्यपि दाइजो लिने प्रचलन कानुनी रूपमा गलत मानिए पनि सामाजिक रूपमा भने गरगहना र दाइजो लिनेदिने प्रचलन निकै व्याप्त रहेको छ । यो प्रचलनलाई यहाँको एक विवाहमा बहिष्कार गरिएको छ ।
सामुदायिक वनमा आगजनी गर्ने दुई जना पक्राउ
प्युठान जिल्लाको ऐरावती गाउँपालिका–५ स्थित बदर खोला सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वातावरणमैत्री गाउँ बनाउन ‘डोको डस्टबिन’
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फोहोर व्यवस्थापन गर्न हरेक घरलाई डोको डस्टबिन वितरण गरिएको छ । प्लास्टिकका सामग्री प्रयोग घटाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) ल्होमन्थाङले ४५ घरधुरीमा निगालोबाट बुनिएका ९० डोका निःशुल्क उपलब्ध गराएको हो । गाउँमा घुम्न आउने पर्यटकलाई लक्षित गरी घरबास कार्यक्रम सञ्चालनको तयारीमा जुटेका स्थानीयले वातावरणमैत्री क्रियाकलापमा सघाउने गरी डोको डस्टबिन राखिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरुङले बताउनुभयो ।
सोह्र अर्बको आयोजनाको लागत तेत्तिस अर्ब
बर्दियास्थित बबई सिँचाइ आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा १६ अर्ब ४३ करोड रुपियाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिँचाइ आयोजना अहिले ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने अवस्थामा पुगेको छ ।
कांग्रेसको निर्वाचन समीक्षा आज विराटनगरमा, सभापति थापा सहभागी हुने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जानुहुने भएको छ।
इन्धनको मूल्यवृद्धिले निर्माण प्रभावित
पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धिले पाल्पाको विकासनिर्माणको काम प्रभावित बनेको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य आकासिएपछि काम सञ्चालन भइरहेका विकासनिर्माणको काम प्रभावित हुन थालेका छन् ।
नेपाली कवितामा नयाँ वर्ष
प्राचीन परम्परा, रीतिरिवाज एवं सभ्यतालाई बदल्ने नयाँ प्रक्रिया नै आधुनिक हो । आधुनिक समाजका उपज एवं बौद्धिक रुझान भएका कवि स्रष्टाले शास्त्रवादी काव्यधाराका विरुद्ध रोमाञ्चक भौतिक–
तनहुँमा हुलाक सेवाको काम तेब्बर बढ्यो
नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीतिले तनहुँमा हुलाक सेवाको कार्यचाप उल्लेख्य रूपमा वृद्धि भएको छ।
तेह्र वर्षमा पनि पूरा भएन कालीगण्डकी पुल
तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको कालीगण्डकी नदीमाथिको पुल १३ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ८१ प्रतिशत मात्रै पुगेको छ भने निर्धारित समयमै सम्पन्न हुने सम्भावना पनि कमजोर देखिएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।
विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना पक्राउ
विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाललाई चाँदीसहित पक्राउ गरेको हो ।