संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै ज्ञापनपत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेको छ ।
सोलुखुम्बुमा पहिलो पटक जिप लाइन सञ्चालन
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिव तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो।
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी भएको जनाइएको छ ।
हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद
नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत चोरी गरी अर्थात् हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद गरिएको वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले जानकारी दिनुभयो ।
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।
करेन्ट लागेर तामाङको मृत्यु
बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ ।
संस्थापक कायम गर्न माग गर्दै कालो ब्यानर प्रदर्शन
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले कालो ब्यानर प्रदर्शन गरेको छ ।
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिनुभयो ।
यदु स्मृति पत्रकारिता पुरस्कार दाहाललाई
यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ।
तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का
विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ ।
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्ततः रोमानिया फर्किएका छन् ।
भिरबाट लडेर एकको मृत्यु
बेनी नगरपालिका –३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
दुई दिने बिदाले पोखरा पर्यटनमा चहलपहल
सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्।
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ।
ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण हुँदै
मकवानपुरको हेटौँडामा ज्येष्ठ नागरिकका लागि विश्राम स्थल निर्माण कार्य सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ अन्तर्गत लोकतान्त्रिक चौर (हुप्रा) मा उक्त संरचना निर्माण गर्न थालिएको हो ।
द्वन्द्वपीडितका माग अझै सुनुवाइ नभएको गुनासो
सशस्त्र द्वन्द्वपीडितहरूले सत्य जान्न पाउने अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्। आफ्ना परिवारका सदस्य मारिएका, बेपत्ता भएका वा विभिन्न घटनामा परेका विषयमा राज्यले आवश्यक सूचना समेत नदिएको उनीहरूको भनाइ छ।
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ ।
भर्ना अभियानअघि अभिभावकसँग सुझाव संकलन
लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू विद्यालय क्षेत्रभित्रका विद्यार्थीका अभिभावकलाई घरमै भेटेर गुनासो सुन्ने तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यले यतिबेला घरदैलो अभियानमा जुटेका छन्।
युद्धविराम लम्बिँदा तनाव यथावत्
इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको म्याद अनिश्चितकालका लागि थप गरे पनि मैदानको अवस्था भने अझै अनिश्चित र दबाबपूर्ण देखिएको छ ।
ओखलढुङ्गामा झाक्रीढुङ्गा कुँदेर ‘झाक्रेश्वर महादेव’ निर्माण
ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित कमेरे डाँडामा झाक्रीढुंगा (पहरा) कुँदेर शिवको मूर्ति बनाइएको छ । विशाल शिव मूर्ति अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ ।
शैक्षिक सत्र सारिँदा अन्योल, क्यालेन्डर अस्तव्यस्त
सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था सिर्जना भएको छ।
सडक सीमाभित्र बनेको ट्राफिक प्रहरी भवन भत्काइयो
धनुषाको ढल्केबर क्षेत्रमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ।
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताउनुभयो ।