कर्णालीमा मन्त्रालयको सङ्ख्या घटाइयो
कर्णाली प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सुरक्षा समितिले स्थलगत अनुगमन गरेर मतदान स्थल टुङ्ग्याउने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा कायम हुने मतदान स्थलका विषयमा सुरक्षा समितिले स्थलगत अनुगमन गर्ने भएको छ ।
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेका छन् ।
लुम्बिनी प्रदेशमा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता
लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
ग्रामीण सडक कालोपत्रे गर्दै कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेशका ग्रामीण सडकहरू क्रमस कालोपत्रे हुन सुरु भएका छन् । कर्णाली प्रदेश सरकार र त्यसअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णाली प्रदेशका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार सडकहरू कालोपत्रे गर्न थालिएको हो ।
दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन
म्याग्दीको विकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । सडक स्तरोन्नति आयोजना सञ्चालन भएसँगै स्थानीयहरु खुसी भएका छन् ।
नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट
नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।
झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत
गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके पुगेको छ ।
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरुले जिल्लाका निर्वाचन केन्द्रहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गर्ने कार्य सुरु गर्नुभएको छ ।
मनोज स्मृति महिला भलिबल पुसमा
जिल्ला भलिबल सङ्घ धादिङको आयोजनामा पुस ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका जिल्ला र उत्कृष्ट टिमको सहभागिता रहने छ ।
बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा चुनाव २०२५ को नतिजाले प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालको तराई–मधेश क्षेत्रमा पनि गहिरो रूपमा देखिने सम्भावना रहेको बताउनुभएको छ ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ ।
हतियार खोस्न खोज्ने व्यक्तिमाथि प्रहरीद्वारा गोली प्रहार
सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
थपिए साढे पाँच हजार मतदाता
सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन गरिरहेको छ ।
पोखराका सडक छिट्टै ताररहित हुँदै
पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै हल्लन चोकसम्मका तार जमिनमुनि बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले तार भूमिगत गर्ने काम यही आर्थिक वर्षभित्र सक्ने गरी भइरहेको दाबी गर्नुभयो ।
थ्रेसरबाट दाइँ गर्न सहज
यहाँको मध्यनेपाल नगरपालिका शमीभन्ज्याङका बिलबहादुर पण्डित क्षेत्रीले यस पटकको दाइँ सधैँको भन्दा छिटो सक्नुभयो र आराम गर्ने समय पाउनुभयो । उहाँलाई यही दाइँ गर्न पोहोर, परारतिर दिनभरि लाग्थ्यो । गत वर्ष छ हलगोरु लगाएर धानको दाइँ गरेका क्षेत्रीले यस पटक थ्रेसर मेसिनबाट दाइँ गर्दा आराम र छिटोछरितो भएको अनुभव सुनाउनुभयो ।
बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन
विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पश्चिम नवलपरासीमा रहेको प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन कार्य सुरु भएको छ ।
ऋण लिएर बनाएको संरचना अलपत्र
ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले ११ वर्षअघि विश्व बैङ्कसँग ऋण लिएर बनाएको नारायणस्थान फूलबारीको ऐतिहासिक संरचना सात वर्षदेखि प्रयोगमा आउन सकेको छैन ।
लुम्बिनी संरक्षणमा स्थानीयको महत्वपूर्ण भूमिका
विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणका लागि स्थानीय बासिन्दाको सहभागिता अत्यन्त महìवपूर्ण रहेको पुरातìवविद् तथा सरोकारवालाले बताएका छन् । वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीका अनुसार लुम्बिनीलाई विश्वसम्पदा स्थल घोषित गराउन धेरै वर्षको प्रयास आवश्यक परेको थियो । उ
अशक्त युवा सन्तोषले पाए घरमै नागरिकता
गोरखा नगरपालिका – ३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठले अन्तत घरमै नागरिकता प्राप्त गरेका छन् ।