सेनाको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले लिए विशेषज्ञ स्वास्थ्य सेवा
नेपाली सेनाद्वारा बाँकेको राप्तीसोनारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका एक हजार भन्दा बढी नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य उपचार सेवा लिएका छन् ।
कोशी प्रदेशमा आगामी वर्षको बजेट तयारी तीब्र
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ ।
मदानेमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगता सुरु
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता आज देखि सुरु गरेको छ।
मनहरी गाउँपालिकाबाट करदाता सेवा सुरु
मकवानपुर जिल्लामै पहिलो पटक मनहरी गाउँपालिकाबाट करदाता सेवा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी तथा अन्य करदाता सेवा सुरु गरिएको हो ।
मधुवा रोगले आँप उत्पादन घट्ने अनुमान
आँपमा फल लाग्ने मुख्य समयमा नै यस वर्ष बाँकेमा आँपमा मधुवा रोग लागेपछि आँप उत्पादन घट्ने चिन्ता बढेको छ ।
प्रदेश र स्थानीय तह पनि नयाँ जनादेशमा जानुपर्छ : मुख्यमन्त्री शाह
प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
कूटनीतिक राहदानी प्रयोगमा कडाइ गर्ने सहमति, कानुन संशोधनको तयारी
कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानुनको कडाइका साथ पालना गर्ने सहमति भएको छ।
सङ्घीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध गर्दैन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको सञ्चार क्षेत्र र वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनमा सङ्घीय सरकारको पछिल्लो परिपत्रले कुनै अवरोध नगर्ने स्पष्ट पार्नुभएको छ ।
आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्नरूपमा प्रदर्शन सुरु गरेका छन् ।
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयास झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका-इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बिच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्याएको छ ।
बाँकेमा खोप लगाउन छुटेका आठ सय बालबालिकाको खोजी सुरु
बाँके जिल्लामा खोपको मात्रा पूरा नगर्ने तथा विभिन्न खोप लगाउन छुटेका आठ सय बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान सुरु गरिएको छ ।
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गर्नु भएको छ ।
१४ केजी बढी चरेस सहित चार जना पक्राउ
कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी
भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरोरूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।
निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस)ले सम्प्रेषण गरेका समाचार सामग्री सङ्ग्रहित प्रतिवेदन निर्वाचन आयोगसमक्ष प्रस्तुत गरिएको छ ।
महोत्तरीको भारतीय सीमावर्ती बजारमा घट्यो चहलपहल
महोत्तरीका भारतीय सीमावर्ती बजारमा पछिल्लो समय चहलपहल उल्लेखनीय रूपमा घटेको छ।
सागको मुठामा भेटियो लागु औषध
झापामा लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ ।
जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ ।
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ ।
संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै ज्ञापनपत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेको छ ।
सोलुखुम्बुमा पहिलो पटक जिप लाइन सञ्चालन
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिव तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो।
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी भएको जनाइएको छ ।
हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद
नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत चोरी गरी अर्थात् हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद गरिएको वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले जानकारी दिनुभयो ।
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।