डिजिटल प्रवर्धन र गुणस्तरीय सेवा विस्तारमा प्रतिबद्धता
नेपाल बैङ्क लिमिटेडले संस्थागत सुशासन, डिजिटल रूपान्तरण र गुणस्तरीय ग्राहक सेवा विस्तारलाई आगामी यात्राको प्रमुख आधार बनाउने प्रतिबद्धता गरेको छ । बैङ्क स्थापनाको ८९ औँ वर्षमा प्रवेशका अवसरमा बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा यस्तो बताइएको हो ।
म्याग्दीमा उत्पादीत सुन्तला बिक्री सुरु
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ४ सुर्केमेला तथा बास्कुना क्षेत्रमा यस वर्ष उत्पादित सुन्तला टिप्न थालिएको छ ।
भाषा परीक्षा आजदेखि
वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ ।
पर्वतीय पर्यटनमा सर्वाधिक सफलता
नेपालमा पर्वतारोहण र पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपालमा खर्चालु पर्यटक भित्र्याउने मुख्य आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) मा यस वर्ष पछिल्लो तीन वर्षयताकै सर्वाधिक सफलता मिलेको पर्यटन विभागले जनाएको छ ।
कफीको खपत बढ्दो
आन्तरिक बजारमा कफीको खपत बढ्दै गएको छ । कफीको आयातनिर्यातको आँकडाले त्यस्तो देखाएको छ ।
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपियाँबराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
नेकपाले सन्देश सभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीको १२ पार्टी घटकसँग एकतापछि सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
‘जेनजीको भावना अनुरूप काम गरौँ’
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको भावना अनुरूप र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न आफूमातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
राजनीतिक दल खोल्न उत्साह : १२३ दल दर्ता, ३२ प्रक्रियामा
वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् ।
माटोबाट कमाउँदै पूर्वशिक्षक
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ का ५३ वर्षीय कृष्ण घिमिरेले अवकाशप्राप्त जीवनपछि पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने देखाउनुभएको छ । उहाँले २१ वर्ष शिक्षण गरेपछि अवकाश लिएको एक दशक भयो । जागिर छाडेपछि कृषि र पशुपालनमा लाग्नुभएको घिमिरे अहिले वार्षिक १२ लाख रुपियाँ कमाउँदै आउनुभएको छ ।
उनन्सत्तरी दिनपछि सर्वोच्चमा पूर्ण सुनुवाइ
सर्वोच्च अदालत ६९ दिनपछि नियमित सुनुवाइमा फर्किएको छ । जेनजी आन्दोलनका क्रममा अदालतमा तोडफोड–आगजनी र मिसिल नष्ट भएसँगै भदौ २४ गतेदेखि अदालतको नियमित कामकारबाही रोकिएको थियो । क्रमिक रूपमा सेवा विस्तार गरेको अदालत मङ्सिर १ देखि नियमित सुनुवाइमा फर्किंदै छ ।
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन
मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेमा धेरै जसो प्रहरी अधिकारीहरू रहेका छन् ।
आजबाट दोस्रो एनपिएल
विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् ।
कांग्रेसमा महाधिवेशन विवाद : बैठक फेरि सर्यो
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्दीय कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो ।
ढाकामा शेख हसिनाको मुद्दा फैसलाअघि देशभर तनाब
बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल ट्रष्ट जग्गा प्रकरण : पूर्व सचिव कार्की पक्राउ
नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
मुस्ताङको इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित करिब पाँच सय वर्षभन्दा पुरानो इतिहास बोकेको मेकी ल्हखाङ बौद्ध गुम्बा र पृष्ठभूमिमा सेताम्मे धौलागिरि हिमाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ। चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो।
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।
एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत
आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ।
तोकिएका आचरण पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देश गरेको छ ।
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउनु आवश्यक छ : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ।
कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि कतार पठाउने भनी दश लाख रुपियाँ ठगी गर्ने ४४ वर्षीय आनन्दकुमार साह पक्राउ परेका छन्।