गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञको आह्वान
संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गर्नुभएको छ ।
इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी
इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्याउने चेतावनी दिनुभएको छ ।
एकातिर सुकुम्वासी, अर्कोतिर बाँझो जग्गा
सडक किनारमा गिट्टी कुटेर जुजारा गर्ने सुकुम्वासी सुन्दरी भुलले देउडामार्फत व्यक्त गरेको पीडा हो, यो । बैतडीमा एकातिर सुकुम्वासी छन् भने अर्कोतिर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ ।
द्वन्द्वसँग जोडिएका विषय जटिल र संवेशनशिलः सभापति सुवेदी
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले सङ्क्रमणकालिन न्याय सम्बन्धी कानुन निर्माण पूरा भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको प्रतिष्ठानको डा.राउतबाट पुनः शिलान्यास
मन्त्रिपरिषद्को बैठकले २०७५ साल पुस १६ गते सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गर्यो ।
मृत्युको शय्याबाट बाँचेर आएकी काजल
वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीबाट १४ वैशाखको राति ८ बजेको समयमा राजविराज १ चनौरा बस्ने २५ वर्षीया काजल देवी साफीले घरायसी वादविवादको कारण नाम नखुलेको किरा मार्ने विषादी सेवन गराएर आफ्नै छोरा चार वर्षीय सौरभकुमार साफीसमेतलाई विषादी सेवन गराएको सूचना आयो।
बाँकेमा थप ९३६ जना भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने
भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।
सीमा क्षेत्रमा एक हजार ८४४ स्थानमा चेकप्वाइन्ट
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा तीन सय १२ वटा पट्रोल र एक हजार ८४४ स्थानमा चेकप्पाइन्ट राखेको छ । पछिल्लो समयमा विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले ४८ घण्टामा सीमा इलाकामा पट्रोल र चेकप्वाइन्ट राखेको सशस्त्रका प्रहरीका डिएसपी सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भन्नुभएको छ ।
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
न्युजिल्यान्डको कम मानव जनसङ्ख्याको तुलनामा भेडाहरूको विशाल सङ्ख्या लामो समयदेखि विदेशमा रहेका न्युजिल्यान्डीहरूलाई लक्षित गरिएका ठट्टाहरूको विषय रहँदै आएको छ ।
कृषि एम्बुलेन्समा गाउँको तरकारी बजारमा
कृषि एम्बुलेन्सको व्यवस्था भएपछि गाउँ–घरमा उत्पादन भएका तरकारी सदरमुकाम बेसीसहर झर्न थालेको छ।
नेपालमा अदुवा र बेसारका नयाँ जात पहिचान
नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट तीन-तीन नयाँ जात पहिचान भएका छन् ।
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो ।
‘राष्ट्रिय सहमतिमा जनहितका लागि संविधान संशोधन गरौँ’
प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताउनुभएको छ ।
सुन्दर सिस्नेरागाउँ
बागलुङको जैमिनी नगरपालिका–४ स्थित सर्कुवाको सुन्दर सिस्नेरागाउँ ।
बागलुङमा न्यायिक समितिका संयोजकहरुको प्रदेश स्तरीय सम्मेलन हुने
जिल्लामा न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेश स्तरीय सम्मेलन हुने भएको छ ।
कुष्ठरोग सम्बन्धी विशेष रणनीति बनाउन जरुरीः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको बताउनुभएको छ ।
सर्वोच्चको आदेशपछि लोकसेवा आयोगको परीक्षा स्थगित
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौं तहको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारीपछि प्रदेश लोकसेवा आयोगले हाललाई उक्त परीक्षा स्थगित गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ ।
भक्तिरसको भजन संग्रह प्रकाशन
जीवनचन्द्र बज्रायार्य र दिपकचन्द्र बज्राचार्यले विभिन्न भक्तिरस भजन संग्रहको सङ्गालो “श्री हारती माता शरण’’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ ।
दार्चुलाको ३२ प्रतिशत जमिन सिँचाइको पहुँचमा
जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात् नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा पुगेको छ ।
‘संविधान कार्यान्वयन गर्न तीन तहको सरकारबीच समन्वय र सहकार्यको आवश्यकता छ’ : मुर्मु
जनमत पार्टीको नेत्री तथा प्रतिनिधिसभाका सदस्य सोनु मुर्मुले संविधान कार्यान्वनयको सवालमा तीन तहको सरकारकोबीचमा समन्वय र सहकार्यको आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रपतिद्वारा अस्ट्रेलिया र मलेसिया राजदूतलाई थप जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।