• २३ जेठ २०८२, शुक्रबार

पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

blog

किमाथाङ्का (सङ्खुवासभा),  जेठ २१ गते । जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । 

शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायाको क्षति भएको छैन ।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । बाढीले  भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियोे ।   रासस