राष्ट्रपतिद्वारा अस्ट्रेलिया र मलेसिया राजदूतलाई थप जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।
घरमै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकलाई सहज
नवलपरासी पूर्व (नवलपुरको) मध्यविन्दु नगरपालिका १४ मा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) वितरण सुरु गरिएको छ । घरमै वृद्ध भत्ता पाएपछि यस क्षेत्रका ज्येष्ठ नागरीहरूलाई सहज भएको हो ।
सूर्नयामा १० शय्याको अस्पताल निर्माणको काम धमाधम
जिल्लाको मध्य भागमा रहेको सूर्नया गाउँपालिकामा दश शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ ।
छाक र गप जोड्ने झलुङ्गे पुल निर्माण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ छाक र गप जोड्ने गप्सा खोलामाथि २४७ मिटर लामो झलुङ्गे पुल निर्माण समपन्न भएको छ ।
पूर्व प्रहरीको हत्यारा अझै पक्राउ परेनन्
लमजुङमा प्रहरी बिट नजिकैको एक घरमा पूर्व प्रहरी हबल्दारको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन ।
पर्यटक पर्खिरहेको ‘भाले बास्ने’ ताल
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित ऐतिहासिक ताल मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित ताल पर्यटक पर्खिरहेको छ । मालिका गाउँपालिकाले तालसम्म पुग्ने पदमार्गसहित पूर्वाधार निर्माण गरेको छ भने स्थानीय दुखुबेँसीबासी यो तालको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् ।
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ
उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको शृङखलामा थप गरेको छ ।
प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताउनुभएको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा सरकारले पहल बढाउनुपर्छ : सांसद आचार्य
प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले पहल बढाउनुपर्ने बताउनुभएको छ ।
चिकित्सक अभावमा करोडौँकाे मेसिन प्रयोगविहीन
जिल्ला स्वास्थ्य कार्यालय मुगुमा विज्ञ चिकित्सक नहुँदा ‘सिटीफोर र एविजी एनालाईजर’ मेसिन करिब सात वर्षदेखि प्रयोगविहीन बनेका छन् ।
समसामयिक विषयमा सांसदहरूद्वारा ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राख्नुभएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विपन्न परिवारलाई विद्युतीय चुलो
बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराले विपन्न नागरिकलाई विद्युतीय चुलो वितरण गरेको छ । भीमापोखराले चालु आर्थिक वर्ष २०८१–८२ मा वडाले पछि परेको समुदायका तीनसय विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गरेको हो ।
२५६९ बुद्ध जयन्तीमा ककरपत्त नगरमा साताव्यापी कार्यक्रम
लुम्बिनी प्रदेश सरकारको पर्यटकीयस्थलको सूचीमा सूचिकृत सरावलको प्राचीन ककरपत्त नगरमा २५६९ बुद्ध जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम सुरु भएको छ ।
‘पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्छ’
पाटन (ललितपुर), वैशाख २५ गते । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायको विषयलाई गृह मन्त्रालय र सङ्घीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय अत्यन्तै महत्त्वपूर्ण र गम्भीर भएकाले योसँग सम्बन्धित कानुनलाई पूर्णता दिएका छौँ । यसअघि, कानुनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुनसकेको थिएन । यौनजन्य हिंसाका पीडित धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन । सरकार पूर्णरूपमा पीडितलाई न्याय दिने विषयमा केन्द्रित भई अगाडि बढेको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई सरकारले यथाशीघ्र सम्बोधन गर्ने छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा ढिलाइ गर्न नहुनेमा उहाँले जोड दिनुभयो । “दुई आयोगका पदाधिकारी सिफारिसका लागि सिफारिस समिति अगाडि बढिसकेको छ, यसपटक बनेको ऐनमा पीडित समन्वय इकाई भनेर गठन भएको छ, नियमावलीमा पनि थप स्पष्ट पारेर पीडितको प्रतिनिधित्व गराउन सकिन्छ । पीडितको सहभागिताबिना सङ्क्रमणकालीन न्याय अगाडि बढ्न सक्दैन । पीडित र आयोगलाई जोड्ने गरी हामी अगाडि बढ्न सक्छौँ”, उहाँले भन्नुभयो ।महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्तराष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव १३२५ र १८२० ले द्वन्द्वपीडित महिलाको सुरक्षा र सहभागिता प्रत्येक तहमा सुनिश्चितता गर्ने उल्लेख गरेको बताउँदै गृहमन्त्री लेखकले यी विषय कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभयो ।“द्वन्द्वका समयमा नेपाल र नेपालीले ठूलो कष्ट भोग्नुपरेको थियो । समाजमा भएका पीडा र समस्यालाई हामीले सम्बोधन गर्न सकिरहेका छैनौँ, सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउन सकिएको छैन । अब यी विषय प्राथमिकताका साथ अगाडि बढ्छन् । द्वन्द्वपीडितका पक्षमा कार्यरत सामाजिक संस्था र मानव अधिकार आयोगले सकारात्मक र प्रभावकारी कार्यसम्पादन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।गृहमन्त्रालयका निमित्त सचिव जयनारायण आचार्यले द्वन्द्वपीडित महिलाहरूको हकअधिकार सुनिश्चितताका लागि सरकारले निरन्तर योजना र कार्यक्रम बनाएर लागु गर्ने बताउनुभयो । उहाँले यी विषयलाई स्रोत सुनिश्चितता गरेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गरेका कामको जानकारी गराउँदै प्रस्ताव १३२५ र १८२० कार्यान्वयनमा द्वन्द्वपीडितहरूका समस्या समाधान गर्न गृहमन्त्रालयले योजनाबद्ध कामका साथै सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले द्वन्द्वपीडितको परिपूरणका लागि आयोगले निरन्तर काम गरिरहने बताउनुभयो ।बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा नगरपालिकाले चरणबद्ध रूपमा कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धि, आवश्यकता पहिचान, द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम तय गरेर उहाँहरूको माग र आवश्यकता अनुसार काम गरिरहेको उल्लेख गर्नुभयो । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका अध्यक्ष गीता रसाइलीले संयुक्त राष्ट्रसङ्घको महिला शान्ति र सुरक्षासम्बन्धी तीन वर्षे कार्ययोजनाको समीक्षा, दोस्रो राष्ट्रिय कार्ययोजनाको छलफल र परामर्शमा पीडितहरूको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडित र यौनजन्य हिंसापीडित महिलाको पक्षमा प्रभावकारी रूपमा काम अगाडि बढ्न नसकेको धारणा राख्नुभयो । रासस
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना
बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५ जना किसानले माटो परीक्षण गराए ।
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागु
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश बिहीबारदेखि लागु भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको छ ।
धुर्कोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
८५ वर्ष पुरानो टिकटले जापानको एक्स्पो २०२५ मा प्रवेश
एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकहरूले बताएका छन् ।
प्रतिनिधिसभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो ।
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी मधेशमा
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराउनुभएको हो ।
हनुमान आराधना लोकप्रिय बन्दै
तराई मधेशको बारा, पर्सा, रौतहट लगायत छिमेकी राष्ट्र भारतको सीमा आसपासका ठाउँमा केहि वर्षदेखि जुनसुकै शुभकार्यमा हनुमान आराधना लोकप्रिय बन्दै गएको छ ।