• २५ वैशाख २०८२, बिहिबार

राष्ट्रपतिद्वारा अस्ट्रेलिया र मलेसिया राजदूतलाई थप जिम्मेवारी

blog

काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । 

यस्तै राष्ट्रपतिले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।