• २५ वैशाख २०८२, बिहिबार

हनुमान आराधना लोकप्रिय बन्दै

blog

डिएसपी अरबिन्द द्विवेदीको घरमा हनुमान आराधना हुँदै । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्रा

बारा, वैशाख २५ गते । तराई मधेशको बारा, पर्सा, रौतहट लगायत छिमेकी राष्ट्र भारतको सीमा आसपासका ठाउँमा केहि वर्षदेखि जुनसुकै शुभकार्यमा हनुमान आराधना लोकप्रिय बन्दै गएको छ ।

माघे सन्क्रान्तिको दिनदेखि दक्षिणायण समाप्त भई उतरायण आएपछि विधिवत रूपमा हिन्दु धर्मावलम्बीले पूजापाठ सुरू गरेका हुन् । वर्षको १२ महिनामध्ये माघ, फागुन, चैत, वैशाख, जेठ र असार महिनालाई उत्तरायण भनिन्छ, हुनतः समान्य पूजापाठ, जप लगायतका १२ महिना भएपनि विवाह, यज्ञ, मुर्ति स्थापनाको कार्य उत्तरायण महिनामा गर्नाले मनोवाञ्छित फल प्राप्त हुने विद्वानहरू बताउँछन्। 

यसरी समान्य घरमा कुनै पूजापाठ गर्नुपर्‍याे भने हनुमान आराधना अहिले अनिवार्य नै बनेको कलैया उप–महानगरपालिका–४ बस्ने हरेकृष्णा तिवारीले बताउनुभयो । आराधना गर्नलाई कम्तीमा पाँच हजारदेखि ५० हजारसम्म मण्डलीका ब्याससङ अगामी (साटा) सम्झौता गर्नुपर्छ, नेपाल प्रहरीका पूर्व डिएसपी अरबिन्द द्विवेदीले जानकारी दिनुभयो । "मैले पनि कान्छो छोराको बिहे हुनुअघि पुजाको दिन भारत आदापुर, कट्गेनवा गाउँका व्यास सुमन उपाध्यायको मण्डलीसङ्घ हनुमान आराधना गरेकाे छु", उहाँले भन्नुभयो ।

एक, डेढ दशक अगाडिदेखि हनुमान आरधनाको परिपाटी सुरु हुँदा मङ्लबार र शनिबार मात्रै आरधना हुन्थ्यो, अब साताको सातै दिन हनुमान आरधना हुने गरेको अर्को व्यास अमिरका ठाकुर बढइले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, "धार्मिकग्रन्थ रामायणको सुन्दर काण्डको पाठ पहिला बाहुनहरूले गर्थ्याे, अहिले आराधना मण्डलीको मार्फत सङ्गीतमय धुनले गरिने परिपाटी छाएको छ ।" 

मध्य तराईमा छोराछोरीको विवाह गर्नुअघि भगवान् महादेवलाई खुसी पार्न, उहाँको सवारी बसाहा (गोरु) पुजा, रुद्री पाठ र सामुहिक रूपमा २०–२५ जना बाहुनहरूद्वारा माटोले बनाइएको एक लाख २५ हजारको सङ्ख्यामा पार्थिव (लखराव) पूजा गर्ने मान्यता पनि छ ।

सन्तान नहुने आमाबाबुले छोराछोरी पाउन विभिन्न तिर्थस्थलमा गरेको वचन पूरा भएपछि त्यसको विवाह हुनु २–४ दिन अगाडि भगवान शङ्कर र विष्णुलाई खुशी पार्न २४ घण्टे अखण्ड (अष्ट्याम) गराउने गरेको स्थानीयहरू बताउँछन् । विवाह गर्नुअघि अनिवार्य रूपमा सत्यनारायण भगवानको पूजा, नयाँ घरमा प्रवेश गर्दा गृह प्रवेश तथा विविध मनोकामना पूरा भएपछि रुद्राभिषेक, जप, अनुष्ठान, यज्ञादीको कार्य हुँदै आएको छ ।