• २५ वैशाख २०८२, बिहिबार

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छः मन्त्री भण्डारी

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी १० औं नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा १० औं नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो । उहाँले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउनुभयो । नेपालको उद्योग व्यापार विस्तारका लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको जानकारी दिनुभयो । 

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउनुभयो । उहाँले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताउनुभयो ।