काठमाडौँ, वैशाख २५ गते । जीवनचन्द्र बज्रायार्य र दिपकचन्द्र बज्राचार्यले विभिन्न भक्तिरस भजन संग्रहको सङ्गालो “श्री हारती माता शरण’’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ ।
दिवंगत मातापिता इन्द्रमाया बज्राचार्य र चिनीयामान बज्राचार्यको निर्वाण (जन्म–मरण चक्रबाट मुक्ति) कामना स्वरुप उहाँहरुले सो पुस्तक प्रकाशन गर्नुभएको हो ।
पुस्तकमा रचना गरिएका सुन्दर शब्दावलीका ८१ कर्णप्रिय भजन नेपाली, नेवारी र हिन्दी भाषामा संग्रहित छन् । संग्रहित भजन पुस्तिकामा समेटिएका विभिन्न रचनाकारका रचनाहरु बैकुण्ठराम ताम्राकारले सङ्कलन गर्नुभएको हो ।
मानव जीवनलाई भगवानको समिपमा डोहोर्याउने मार्गका रुपमा लिन सकिने भक्ति रसयुक्त भजन संग्रहका प्रकाशक दिपकचन्द्र बज्राचार्य स्वयम्भू भगवान तथा हारती मातामा नित्य आरती एवम् प्रार्थनामा भक्तिभावपूर्ण उपस्थिति जनाउँदै आउनुभएको छ ।