‘हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाऔं’
सत्तारुढ दलका नेता एवम् नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो ।
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु
आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ ।
दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप
काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ ।
तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
खोलामा डुबेर एक युवकको मृत्यु
गोरखाको शहिद लखन गाउँपालिका – ७ बेलबोटस्थित जुग्दी खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भई शहिद लखन गाउँपालिका – ७ बस्ने ३५ वर्षीय सुमन मगर भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ ।
अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग
गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो ।
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ ।
फुटबल खेलाडी सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक स्थापना
नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ ।
गलकोटको हरिचौर–हिलहुँदै ताराखोला जोड्ने सडक कालोपत्र
मध्यपहाडी लोकमार्गको गलकोट खण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ ।
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ ।
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य
काठमाडौँ, जेठ ५ गते । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो । युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाइन् ।बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन् । कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिइन् । रासस
पर्यटकीय स्थल खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तीन हजार ६०० मिटर उचाईमा रहेको खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको हो ।
कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा टावर निर्माण गरिदिन दूरसञ्चारलाई पत्र
कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन स्थानीयवासीलाई हम्मे–हम्मे परेको हो ।
तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।
पाँचथरमा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन हुने
पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सोमबार सुनुवाइ हुँदैछ ।
सांसदले उठाएका जनताका मागलाई सरकारले सम्बोधन गर्नुपर्छ : तिमिल्सिना
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेत्री गोमादेवी तिमिल्सिनाले सबै प्रकृतिका हिंसाको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । पछिल्लो समयमा महिला मात्रैभन्दा पनि पुरुषपनि बढी हिंसामा पर्ने गरेको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ गतेबाट सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
प्रहरीका असई शेर्पा सगरमाथाको चुचुरोमा
काठमाडौँ, जेठ ५ गते । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । महिला प्रहरीको नेतृत्व गर्दै उहाँले पहिलो पटक सगरमाथाको आरोहण गरी प्रहरीमा नयाँ इतिहास कायम गर्नुभएको छ । सोमबार बिहान ८ः५६ बजे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयले जनाएको छ । महानिरीक्षक थापाले सामाजिक सञ्जाल मार्फत बधाई समेत दिनुभएको छ । उहाँको यस उपलब्धिप्रति नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा तथा सम्पूर्ण प्रहरी परिवारले बधाई दिनुभएको छ । सोलुखुम्बु घर भएका शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा कार्यरत हुनुहुन्छ । चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबिच आइजिपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको थियो । उहाँको साहस, समर्पण र उद्देश्यप्रति सम्मान प्रकट गर्दै प्रहरी सङ्गठनले विश्वास व्यक्त गरेको थियो । उहाँ सगरमाथा शिखर चुमेसँगै नेपाल प्रहरीको गौरव थप बढाएको सङ्गठनले जनाएको छ । अघिल्लो वर्ष नेपाल प्रहरीकै वरिष्ठ सई पुरुषोत्तम नेपालीले इन्टरपोल एक सय वर्ष पुगेको अवसरमा सगरमाथाको आरोहण गर्नुभएको थियो ।
मुस्ताङका १६ सय मध्ये १४ सय जना अव्यवस्थित बसोबासी
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), जेठ ५ गते । मुस्ताङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको तुलनामा सबैभन्दा धेरै अव्यवस्थित बसोबासी रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग मुस्ताङले जिल्लाका पाँच वटै गाउँपालिकामा सम्पन्न गरेको पालिकास्तरीय अभिमुखीकरण तालिममा जिल्लामा हालसम्म गरेको प्रारम्भिक विवरणमा कुल १६ सय ५३ जनामा १४ सय ६८ घरधुरी अव्यवस्थित रहेको पाइएको हो । मुस्ताङमा नापी नभएका जग्गामा बस्ती, विभिन्न समस्याका कारण बस्ती छोडेर सार्वजनिक जग्गामा बसोबास,माथिल्लो क्षेत्रमा खानेपानीको अभावले बस्ती नै विस्थापित भएको कारण अब्यवस्थ्ति भूमिहीनको समस्या धेरै रहेको भूमि समस्या समाधान आयोग मुस्ताङका अध्यक्ष विदान पुर्जाले बताउनुभयो । अध्यक्ष पुर्जा भन्नुहुन्छ,‘‘भूमीसम्बन्धि समस्या समाधान निकै चुनौतीपूर्ण छ, हामीले पुनः लगत सङ्कलन गरी वास्तविक पीडितलाई प्रक्रिया अगाडी बढाउँछौ।’’मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्ने भएकाले भूमि ऐन संशोधन नगरी पीडितलाई लालपुर्जा वितरणमा समस्या हुने अध्यक्ष पुर्जाको भनाई छ। भूमि ऐनमा संरक्षित क्षेत्र भित्र बसोबास गर्ने सुकुम्वासी र भूमिहीनलाई लालपुर्जा वितरण गर्न नपाइने प्रावधान छ । भूमि समस्या समाधान आयोग मुस्ताङका अनुसार लोमान्थाङ गाउँपालिकामा भूमिहीन दलित १ जना, भूमिहीन सुकुम्वासी १४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या ३ सय ९८ जना, लोघेकर दामोदरकुण्ड गाउँपालिमा भूमिहीन दलित २ जना, भूमिहीन सुकुम्वासी ९ जना र अव्यवस्थित बसोबासीको १ सय ८६ जना, वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा ११ जना, भूमिहीन सुकुम्वासी २४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या ४ सय ४० जना, घरपझोङ गाउँपालिका ३४ जना, भूमिहीन सुकुम्वासी १३ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय १९ जना, थासाङ गाउँपालिकामा ३३ जना, भूमिहीन सुकुम्वासी ४४ जना र अव्यवस्थित बसोबासीको सङ्ख्या २ सय २५ जना रहेको छ । अभिमुखीकरणपछि अव्यवस्थित बसोबासी भनेका अर्को ठाउँमा घरजग्गा भएका समेत हुन सक्ने,नापी नभएर पनि सुकुम्वासीको लगतमा देखिएको हुनसक्ने भन्दै जिल्लामा विगतमा पालिकास्तरीय र वडा स्तरबाट भूमिहीन सुकुम्वासीहरूको अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन अद्यावधिक गर्न स्थानीय तहका जनप्रतिनिधिले समेत सहमति जनाएका छन् ।