भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको निधन
भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत
गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ ।
'प्रेमको जीत' को भिडियो सार्वजनिक, आर्यन र अश्विनीको अभिनय
गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
कमला नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार नदीमा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्डअन्र्तगत माण्डवी गाउँपालिका–५, रम्दीबेँसी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध
नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ ।
होमस्टे सञ्चालकलाई निःशुल्क कुक तालिम
गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई एक महिने निःशुल्क कुक तालिम दिइएको छ ।
राष्ट्रपतिसँग राष्ट्रिय सभाका अध्यक्षको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
बैतडीमा २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण दिन निर्देशन
सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
बिसु पर्व मनाउन फर्किँदैछन् स्थानीयहरू
सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसुु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् ।
बर्दिबासमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी
महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ।
नेपालगन्ज टी–१२ क्रिकेट प्रतियोगिता हुँदै
नेपालगन्ज मा दुई लाख पुरस्कार राशीको रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगन्जको बिशालनगरमा बैशाख ३ गतेदेखि रात्रीकालिन क्रिकेट प्रतियोगिता हुन थालेको हो ।
शिक्षक हित साकोसको भवन शिलान्यास
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको भवन शिलान्यास गरिएको छ । आइतबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर एक तले भवन शिलान्यास गरिएको हो ।
बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली
जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ ।
जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ
जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
खुला सिकाइ केन्द्रको भवन निर्माण सुरु
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० मन्झरियामा स्थानीयको अध्ययन र सिकाइका लागि खुला सिकाइ केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ ।
मुस्ताङमा आर्थिक गणनाको तयारी पूरा
मुस्ताङमा आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा भएको छ ।
दुई दिनको बिदाले बन्दीपुरमा पर्यटकको चाप बढ्दो
सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
स्याङ्जाको फेदी खोलामा वैशाख ९ गतेबाट पठनपाठन हुने
सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपछि स्याङ्जाको फेदी खोलाले वैशाख २ गतेबाटै भर्ना र ९ गतेबाट पठनपाठन गर्ने भएको छ ।
एक हप्तामा १६३ जनाले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १६३ जनाले नयाँ नागरिकता लिएका छन्।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
घाटामा नेपालको रेल सेवा, मालवाहक सेवा थप्न माग
देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँछ, जसले सेवा दीर्घकालीन रूपमा आर्थिक संकटतर्फ धकेलिँदै गएको सङ्केत गरिरहेको छ।
संविधान लेखनको अनुभव अब कानुन निर्माणमा
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, (साबिक उम्लाबुङ) मा २०२० सालमा जन्मिनुभएको हो भीष्मराज आङदेम्बे । उहाँ नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । झन्डै चार दशकभन्दा बढी लामो राजनीतिक अनुभव र संविधान निर्माण प्रक्रियाको अभ्यास बोकेर उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । राजनीतिक पृष्ठभूमि रहेको परिवारमा जन्मिनुभएका आङदेम्बेको राजनीतिक यात्राको सुरुवात २०३६ सालको जनमत सङ्ग्रहबाट भएको हो । त्यसबेला बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभएका उहाँ पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनमा सक्रिय रहनुभएको थियो । उहाँका अनुसार त्यही सङ्घर्षले आफ्नो राजनीतिक यात्राको आधार तयार पारेको हो ।