प्रदूषित पानीका कारण गैँडा मर्न थालेको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
नवलपुरका विभिन्न क्षेत्रमा दूषित पानीका कारण दुर्लभ एकसिंगे गैँडा लगायतका वन्यजन्तु धमाधम मृत भेटिन थालेपछि स्थानीयले गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका छन् ।
नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।
गृहमन्त्री गुरुङद्वारा 'पिर्के सलामी' नलिने निर्णय
गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गर्नुभएको छ ।
प्रधानमन्त्री कप : सुदूरपश्चिम र गण्डकी विजयी
जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो । यस्तै वीरगन्जमा भएको खेलमा अर्जुन कुमालको शतकमा गण्डकीले लुम्बिनी प्रदेशलाई आठ विकेटले हरायो ।
नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
ढल्केबरमा तरबुजाको व्यापार फस्टाउँदो
पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने धनुषाको ढल्केबर क्षेत्रमा यतिखेर गर्मी मौसमसँगै तरबुजाको व्यापार उल्लेख्य रूपमा फस्टाएको छ ।
नगर अस्पतालको भवन निर्माणमा ढिलाइ
बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण कम्पनीले पटक पटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका वडा १३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो ।
डिजिटल भुक्तानी नहुँदा अस्पतालका सेवाग्राही समस्यामा
दैनिक चार सय बढी बिरामीको चाप हुने प्रदेश अस्पताल लमजुङमा डिजिटल (क्युआर) भुक्तानी हुने व्यवस्था नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
फोडिए सडकमा राखिएका घुम्ती ऐना
कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा–हिले सडकखण्डका घुम्तीमा राखिएका ट्राफिक ऐना तोडफोड भएका छन् ।
उन्नाइस केजी गाँजासहित युवक पक्राउ
जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् ।
शीर्ष टोली बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिग फुटबलको शीर्ष टोली बार्सिलोनाले स्पान्योलविरुद्ध सानदार जित निकालेको छ ।
विजय र सुस्मिता उसु विश्वकप खेल्दै
चिनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वमपमा नेपालमा दुई खेलाडी छनोट भएका छन् ।
भोदी खेललाई राष्ट्रिय खेलको मान्यता दिन बाटो खुल्यो
थारु समुदायको चर्चित भोदी खेलालाई राष्ट्रिय खेलको मान्यता दिने बाटो खुलेको छ । नवलपुरमा मात्र सिमित भोदी खेल देशव्यापी बनेसँगै राष्ट्रिय खेलको मान्यता दिनका लागि बाटो खुलेको हो ।
आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५–७४ ले हराउँदै गोल्डेनगेट च्याम्पियन बनेको हो ।
राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट
नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको मिथिला नगरपालिकाभित्रका ६ जना खेलाडी छनोटमा परेका छन् ।
म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजार
‘लभ्लीहिल’बाट आइतबार देखिएको म्याग्दी र कालीगण्डकीको दोभानमा अवस्थित जिल्ला सदरमुकाम बेनी बजार ।
क्रोएसियामा ज्यान गुमाएका सल्यानी युवकको शव दुई महिनापछि नेपाल ल्याइयो
वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ ।
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भारतीय सङ्गीतकी महान् गायिका आशा भोसलेको निधन
भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत
गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ ।
'प्रेमको जीत' को भिडियो सार्वजनिक, आर्यन र अश्विनीको अभिनय
गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
कमला नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित कमला नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शनिबार नदीमा डुबेर बेपत्ता भएका जनकपुरधाम उपमहानगरपालिका–६ का १८ वर्षीय महमद आयन कमड आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक खण्डअन्र्तगत माण्डवी गाउँपालिका–५, रम्दीबेँसी भन्ने ठाउँमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध
नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ ।