स्याङ्जाको फेदी खोलामा वैशाख ९ गतेबाट पठनपाठन हुने
सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपछि स्याङ्जाको फेदी खोलाले वैशाख २ गतेबाटै भर्ना र ९ गतेबाट पठनपाठन गर्ने भएको छ ।
एक हप्तामा १६३ जनाले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १६३ जनाले नयाँ नागरिकता लिएका छन्।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
घाटामा नेपालको रेल सेवा, मालवाहक सेवा थप्न माग
देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँछ, जसले सेवा दीर्घकालीन रूपमा आर्थिक संकटतर्फ धकेलिँदै गएको सङ्केत गरिरहेको छ।
संविधान लेखनको अनुभव अब कानुन निर्माणमा
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, (साबिक उम्लाबुङ) मा २०२० सालमा जन्मिनुभएको हो भीष्मराज आङदेम्बे । उहाँ नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । झन्डै चार दशकभन्दा बढी लामो राजनीतिक अनुभव र संविधान निर्माण प्रक्रियाको अभ्यास बोकेर उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । राजनीतिक पृष्ठभूमि रहेको परिवारमा जन्मिनुभएका आङदेम्बेको राजनीतिक यात्राको सुरुवात २०३६ सालको जनमत सङ्ग्रहबाट भएको हो । त्यसबेला बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभएका उहाँ पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनमा सक्रिय रहनुभएको थियो । उहाँका अनुसार त्यही सङ्घर्षले आफ्नो राजनीतिक यात्राको आधार तयार पारेको हो ।
प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी सेवा सुरु
प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी (बहिरङ्ग) सेवा सञ्चालनमा ल्याएको छ।
बजेट कार्यान्वयन नभएको गुनासो
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न रोक्का राखेको जग्गा फुकुवा गर्ने निर्णय कार्यान्वयनमा नआउँदा जग्गाधनी समस्यामा परेका छन् । छ वर्षदेखि रोकिएको जग्गा फुकुवा हुने समाचारले गत वर्ष खुसी भएका रेलमार्गपीडित यतिबेला निर्णय कार्यान्वयन नहुँदा दुःखी हुनुभएको छ । मोरङको कानेपोखरी–७, आइतबारेका ५७ वर्षीय कमलप्रसाद पौडेलले भन्नुभयो, “२०७६ मा रेल आउने कुरा सुन्दा भन्दा बजेट वक्तव्य सुन्दा खुसी भएको थिएँ । छ वर्षसम्म न मुआब्जा, न रेल आएपछि पौडेलले जग्गा फुकुवा भएपछि केही नयाँ गर्ने सोच बनाउनुभएका थियो तर न त मुआब्जा आयो, न जग्गा फुकुवा भयो ।” उहाँले भन्नुभयो, “१५ धुर जग्गामा रेलमार्ग पर्छ तर सरकारले मेरो दुई बिघा जग्गा रोक्का ग¥यो । १० महिनायता पटक पटक मालपोत र नापी कार्यालय पुगेँ तर रेलमार्ग परेको जग्गा रोक्का राखेर अरू जग्गा कित्ताकाट गरी छुट्याउने प्रक्रिया अघि बढेन ।
मनिक दहमा मन्दिर निर्माण सम्पन्न
लहान नगरपालिका वडा २४ मा रहेको सहलहेस धार्मिक पर्यटकीय स्थल मानिक दहमा डिहवार मन्दिर निर्माण कार्य सम्पन्न भएको छ ।
घरको धुरी नै दुई जिल्लाको सिमाना
बुधबारे (६ नम्बर) बजारका स्थानीय अर्जुन श्रेष्ठको घरको धुरीले धनकुटा र पाँचथर जिल्लाको सिमाना छुटाएको छ । उहाँको धुरीबाट झरेको पानी एकातर्फ धनकुटामा र अर्कोतर्फको पानी पाँचथर जिल्लामा झर्छ । दुई जिल्लाको सिमाना कायम भएदेखि नै उहाँको घरको धुरीले जिल्लाको सिमाना छुटाइरहेको छ । अहिले मात्र नभई पहिले बाउबाजेकै पालादेखि नै धुरीलाई नै दुई जिल्लाको सिमाना मान्दै आएको श्रेष्ठको भनाइ छ ।
‘मधेशलाई अन्नभण्डार बनाउन भूमिका निर्वाह गर्छु’
राजनीतिमा पद र प्रतिष्ठाका लागि छिनाझपटी चल्नु नौलो कुरा होइन । धनुषाको सहिदनगर नगरपालिका–२, कमलपुरको माटोमा भने एउटा यस्तो नाम छ, जसले हातैमा आएको सत्ताको सोपानलाई सहिदको सम्मानका लागि सहजै परित्याग गरिदियो । उहाँ हुनुहुन्छ, ६१ वर्षीय जोगकुमार बरबरिया यादव; जो अहिले नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभामा जनभावनाको प्रतिनिधित्व गरिरहनुभएको छ ।
भन्सारबिनाका भारतीय गाडीको बिगबिगी
रौतहटमा भारतीय नम्बर प्लेटका सवारी साधन नियमविपरीत निर्वाध रूपमा सञ्चालन भइरहँदा स्थानीय प्रशासन मूकदर्शक बनेको छ । छिमेकी जिल्ला सर्लाही, बारा र पर्सामा कडाइ गरिए पनि रौतहटमा भारतीय गाडीको सङ्ख्या बढी देखिनु र प्रहरीले नियन्त्रण गर्न नसक्नुले राजस्व चुहावट भइरहेको टिप्पणीसमेत भइरहेको छ । नियम अनुसार भारतीय निजी सवारी नेपाल प्रवेश गर्दा प्रतिदिन कारको छ सय, मोटरसाइकलको दुई सय र तीनपाङ्ग्रेको चार सय रुपियाँ भन्सार शुल्क तिर्नु पर्छ । यी सवारी वर्षमा अधिकतम ३० दिन मात्र गुड्न पाउँछन् । रौतहटमा भने धेरै जसो सवारीले एकदुई दिनको मात्र भन्सार काटेर महिनाभरि चलाउने गरेका पाइएको छ । कतिपयले त भाडाका लागि समेत भारतीय गाडी प्रयोग गरिरहेका छन् । गौर भन्सार कार्यालयका प्रमुख विकासकुमार रजकले सीमा क्षेत्रका बजारसम्म निःशुल्क पासको व्यवस्था भए पनि लिन आ
पसगाउँमा रैथाने उत्पादन प्रदर्शन
लमजुङको ग्रामीण पर्यटकीय गाउँ पसगाउँमा आयोजित १६ औँ पसगाउँ महोत्सवमा रैथाने बालीका उत्पादनदेखि परम्परागत हस्तकलाका सामग्री प्रदर्शन गरिएको छ । लमजुङको क्व्होँलासोथार गाउँपालिका अन्तर्गत पसगाउँमा भएको महोत्सवमा स्थानीय संस्कृतिसँगै घरेलु तथा जङ्गली उत्पादन र गुरुङ जातिले पौराणिक कालदेखि प्रयोग गर्दै आएको हस्तकलाका सामग्री मुख्य आकर्षण रहेका थिए ।
आधुनिकतासँगै हराउँदै आरन
पछिल्ला दिनमा गाउँबस्तीमा चलनचल्तीमा रहेका कतिपय पेसा, व्यवसाय ओझेलमा पर्न थालेका छन् । बसाइँसराइ, शिक्षा रोजगारीलगायतले परम्परागत सिप र व्यवसाय पछिल्ला पुस्ताले बिस्तारै छाड्दै जाने चलन बढिरहेका बेला पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँका तीन जना कालिगड भने अझै आरन पेसामा लागेर गुजारा चलाइरहेका छन् ।
‘मेरो ध्यान सीमान्तकृतको आवाजमा हुने छ’
घोराही उपमहानगरपालिका अन्तर्गतको मसिनाको एक सामान्य घरबाट सुरु भएको यात्राले साजिता सिद्धिकीलाई अहिले संसद्को ढोकासम्म पु¥याएको छ । झन्डै दुई दशकदेखि महिला अधिकार र सामाजिक न्यायका पक्षमा उभिँदै आएकी यी अभियन्ता अब प्रतिनिधि सभा सदस्यको भूमिकामा देखिनुभएको छ । नेकपा (एमाले) ले उहाँलाई समानुपातिकतर्फ मुस्लिम कोटाबाट प्रतिनिधि सभामा सिफारिस गरेसँगै उहाँको संसदीय यात्रा सुरु भएको हो । २०३८ मङ्सिर ३ गते बुवा अमजद अली सिद्धिकी र आमा ताहिरा खातुन सिद्धिकीको कोखबाट जन्मिएकी साजिता सानै उमेरमा समाजसेवामा सक्रिय हुनुभयो । यो उमेरमा आइपुग्दा उहाँ मेलमिलापकर्ता, साइको–सोसल परामर्शकर्ता, लेखकका रूपमा परिचित भइसक्नुभएको छ ।
विद्युतीय बस सञ्चालनमा ल्याउन पहल
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धन र वातावरण संरक्षणका उद्देश्यले करिब पाँच वर्षअघि एसियाली विकास बैङ्कको सहयोगमा ल्याइएका विद्युतीय बस सञ्चालनमा ल्याउने विषयले पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ती बसको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालाबिच चासो बढ्दै गएको हो । लुम्बिनी विकास कोषले पाँच वटा विद्युतीय बस नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । हाल ती बस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमा राखिएका छन् । बसको व्यवस्थापन तथा सञ्चालनबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।
चौकीलाई गाडी कच्ची घरको बलियो सारथि
सालझन्डी–ढोरपाटन सडकनजिकै कच्ची र सानो घरभित्र अर्खबाङ प्रहरी चौकी सञ्चालनमा छ । पानी परे छानो चुहिन्छ, हावा चल्दा चिसो सिरेटो भित्र पस्छ । गर्मीमा बस्नै गाह्रो हुन्छ, कहिलेकाहीँ वरपर चल्ने तातो हावासमेत भित्र पस्छ । यस्तो असहज अवस्थाबिच प्रहरीले नागरिकको सुरक्षामा दिनरात खटिनु परेको छ ।
जिल्ला सभामा अधिकांश अनुपस्थित
हुम्लामा भएको नवौँ जिल्ला सभामा अधिकांश गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नै अनुपस्थित भएको पाइएको छ । शुक्रबार र शनिबार भएको जिल्ला सभामा अधिकांश गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष अनुपस्थित रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सात वटा गाउँपालिकामध्ये तीन जना अध्यक्ष र एक जना उपाध्यक्षको मात्र उपस्थिति थियो ।
खुलालु–सलीसल्ला खण्डका नौ पुलको निर्माण ठप्प
कर्णाली कोरिडोर अन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण हुनुपर्ने नौ वटा पक्की पुलको काम अझै अगाडि बढ्न सकेको छैन । २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत ठेक्का लागेका यी पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसक्दा निर्माणले गति लिन नसकेको हो । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार निर्माण कम्पनीले डिजाइन स्वीकृत गराउनै करिब चार वर्ष लगाएको थियो । सडक विभागले डिजाइनमा पटक पटक सुधार गर्न सुझाव दिँदै फिर्ता पठाएका कारण प्रक्रिया लम्बिएको हो ।
नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक
हिमाली जिल्ला जुम्लामा यस वर्ष नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक आइपुगेका छन् । शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको जुम्ला सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । खड्काले कक्षा १ देखि १० सम्मको पाँच/पाँच सय सेट पाठ्यपुस्तक आइपुगेको जानकारी दिनुभयो । सामुदायिक विद्यालयलाई चाहिने आवश्यक सबै पाठ्यपुस्तक उपलब्ध गराइने उहाँको भनाइ छ । विद्यालयको माग अनुसार बाँकी पाठ्यपुस्तक पनि जिल्लामा पुग्ने सञ्चालक खड्काले बताउनुभयो । जुम्लाका सामुदायिक विद्यालयलाई जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।
स्थायी बसोबास र रोजगारी पाउने आसमा मुक्त कमैया
कैलालीका विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा उनीहरूले मुक्त कमैयाको परिचयपत्र त पाएका छन् तर आफ्नो नाममा जग्गाधनी पुर्जा भने पाएका छैनन् । कैलालीको घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचयपत्र पाए पनि अहिलेसम्म आफ्नो भाइले जग्गा नपाएको बताउनुभयो । आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको उहाँले जानकारी दिनुभयो ।
वातावरण संरक्षणसँगै आम्दानी
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यान क्षेत्रमा हरेक बिहान एक अधबैँसे व्यक्ति बोरा लिएर फोहोर टिपिरहेको भेटिनुहुन्छ । जैविक विविधताले भरिपूर्ण जाखोरतालदेखि लिएर वन क्षेत्रमा जथाभाबी फालिएका प्लास्टिकसहित सिसाको बोतल टिप्ने उहाँ हुनुहुन्छ, स्थानीय बुद्धिराम चौधरी ।
'इस्लामावाद वार्तामा कुनै सहमति भएन'
इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
सुरक्षण मुद्रण केन्द्रमा सवारी लाइसेन्स छपाइ तीव्र
सरकारले सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छपाइको कामलाई तीव्रता दिएको छ । सरकारले कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) छाप्न सुरु गरेको हो । यातायात व्यवस्था विभाग र केन्द्रबिच सम्झौता भएबमोजिम केन्द्रबाट छ महिनाभित्र १२ लाख थाम लाइसेन्स छाप्ने सम्झौताबमोजिम लाइसेन्स छपाइको कामलाई तीव्रता दिइएको हो । सुरुका महिना केन्द्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा लाइसेन्स छपाइको काम सुस्त गतिमा भएपनि पछिल्ला महिनामा छपाइको कामले गति लिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा