प्रणय दिवसमा ‘सौराहा फुड फेस्टिवल’
रेष्टुरेण्ट एण्ड बार एसाेसिसन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिवलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिवल’ आयोजना गर्न लागिएको हो ।
पेन र झाङलाई स्वर्ण
थाइल्यान्डका पेन चरुसोर्न र चीनकी जी ये झाङले जे ६० काठमाडौँ जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ अन्तर्गत सिंगल्स उपाधि जित्नुभएको छ ।
‘करेन्ट’ लगाइ माछा मार्दा जलचर सङ्कटमा
रौतहट र सर्लाहीको सीमा भई बग्ने बागमती नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर सङ्कटमा परेको छ ।
टेबलटेनिसमा वंश र मुनमुन च्याम्पियन
होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जित्नुभएको छ ।
एसियन कप फुटबल : अस्ट्रेलियालाई हराउँदै कोरिया सेमिफाइनलमा
दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल जानौव रंगशालमा शुक्रबार राति भएको खेलमा कोरियाले अस्ट्रेलियालाई अतिरिक्त समयमा २–१ गोलले हरायो ।
रमेश र प्रिया पहिलो स्थानमा
ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
रौतामाई गाउँपालिकाका माग सरकारले सम्बोधन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपा
कमला नदीमा निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत खुला
धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ ।
बजारमा तरकारी बिक्री गर्ने जनप्रतिनिधि
बर्दियाको बढैयाताल गाउँपालिका–३ का एक जना जनप्रतिनिधिले दैनिक रूपमा बर्दियाबाट नेपालगन्ज ल्याएर अर्गानिक तरकारी विक्री गर्दै आउनुभएको छ ।
भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण
जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।
सुनको विश्वव्यापी माग उच्च विन्दुमा
सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ ।
‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित
अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ ।
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ ।
अस्थायी आवास निर्माणको काम जारी
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।
गठबन्धनले सत्ताका लागि मात्र राजनीति गरेको छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्र गरिरहेको बताउनुभएको छ ।
छ महिनामा पाँच करोड बढी राजस्व संकलन
नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी) ले छ महिनामा पाँच करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व संकलन गरेको हो ।
‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सपनामा पनि चिताउनुभएको थिएन ।
भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच
गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो ।
रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।
गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड
एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो ।
राजविराज–रुपनी सडक चार लेनको बनाउन सुरु
सप्तरीको राजविराजदेखि रुपनीसम्मको सडक ‘चार लेन’ मा स्तरोन्नतिको कार्य भइरहेको छ । सो कार्यका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य समेत सुरु गरिएको छ ।
नेपाल कल्चर फेस्टिवल गर्ने तयारी
देशभरिको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यसाथ आगामी फागुन २४ र २५ गते यहाँ ‘नेपाल कल्चर फेस्टिवल’ आयोजना गरिनेभएको छ ।
सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलर बराबरको कोकिन बरामद
अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रमा दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ ।