४६ करोड ७२ लाखको सुन्तला बिक्री
पाल्पामा सुन्तला उत्पादन घटे पनि यो वर्ष ४६ करोड बढीको निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तला बिक्री भएको थियो ।
प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ ।
मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार
मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
चिलीको जङ्गलमा लागेको डढेलोमा परी १० जनाको मृत्यु
चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई
तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविले जनता माविले ११ स्वर्णसहित नौ रजत र नौ कांस्यसहित २९ पदक जितेको छ ।
आगो ताप्दा मानिस जल्ने क्रम बढेपछि समुदायमा जलन व्यवस्थापन तालिम
गत केही समययता बाँकेका नेपालगन्ज लगायत दुर्गम ठाउँहरूमा समेत अत्यधिक चिसो बढेकाले आगो ताप्ने क्रममा लापरबाही गर्दा स्थानीय बासिन्दा जलेर घाइते हुने क्रम बढेको छ ।
मनाङमा माटामा घर पाउनै मुस्किल
कंक्रिटको घर निर्माणले तीव्रता पाएसँगै मनाङमा माटामा घरहरू पाउनै मुस्किल भएको छ । विकाससँगै बढ्दो पर्यटन अनि पश्चिमा संस्कृतिको प्रभावले गर्दा माटाका परम्परागत घरहरू मासिँदै गएका हुन् ।
अर्गानिक खेतीतर्फ फर्कँदै किसान
पछिल्लो समय सुनसरीको रामधुनी नगरपालिकाका किसानहरूलाई गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम दिएपछि किसानहरू अर्गानिक खेतीतिर फर्कन थालेका छन् ।
अस्ट्रेलियाको मुद्रास्फीति दुई वर्षकै न्यून
अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
बक्यौता उठाउन सडक बत्ती काट्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले स्थानीय तहका सडक बत्ती धमाधम काट्न थालेको छ ।
फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।
छ हजार किशोरीको रक्तअल्पता परीक्षण गरिँदै
गुल्मीमा झण्डै छ हजार किशोरीको रक्तअल्पता परीक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले माघ अन्तिम साताबाट यस जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब पाँच हजार नौ जना किशोरीको रुक्तअल्पता परीक्षण गर्ने भएको हो ।
सुशासन अभियानमा कर्मचारीको सहयोग महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
हामीले विरोध गरेका हौँ, अवरोध होइन : प्रमुख प्रतिपक्ष
सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने रणनीति बनाएका छन् ।
विमानस्थलमा देश छोड्नेहरूको आँसु (फोटो फिचर)
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।
संरक्षण खोज्दै नेपाली मन्दिर
भारतको उत्तरप्रदेशस्थित काशी विश्वनाथ कोरिडोर निर्माणपछि वाराणसीको महत्वपूर्ण स्थल भएको छ ललिताघाट । यहीँ ललिताघाटमा काशी विश्वनाथ मन्दिरको मूल प्रवेशद्वार निर्माण भएको छ । ललिताघाट परापूर्वकालमा नेपालीघाट थियो । तत्कालीन काशी नरेशले नेपालको राजालाई पत्राचार गर्दा नेपालीघाट नै उल्लेख गरेकोले काशीको राजदरबारको अभिलेखमा अद्यावधिक नेपालीघाट नै छ भन्ने प्रमाण हो । काशी विश्वनाथमा चढाइएको गङ्गाजल, दुध यहीँ घाटमा पुनः विसर्जन हुन्छ । काशी विश्वनाथमा पूजाका लागि यहाँबाट नै काँधमा बोकेर गङ्गाजल लैजान्छन् । अर्थात् सबैभन्दा नजिकको घाट ललिताघाट नै हो, जहाँबाट काशी
निःशुल्क उपचार कार्यान्वयन भएन
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल विराटनगरले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम्झौताविपरीत माघ १६ गतेपछि अ
नारायणगढको दुर्गा मन्दिर (फोटो फिचर)
भरतपुर उप महानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ।
घर निर्माणमा मुख्यमन्त्रीको श्रमदान
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुव्रmबार बिहान विराटनगर–१६, दरैयाका सागर राईको घर निर्माणमा श्रमदान गर्नुभएको छ । विपन्न असहाय पाँच जनाको परिवारलाई बस्नका लागि आवासको अभाव भएपछि मुख्यमन्त्री कार्कीसहितको उपस्थितिमा श्रमदानमार्फत घर निर्माण गरिएको हो ।
छ सय जनाभन्दा बढीलाई रोजगारी
रामेछापमा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छ सय जनाभन्दा बढी बेरोजगार नागरिकले न्यूनतम एक सय दिन बराबरको रोजगारी पाउँदै छन् । चालु आर्थिक वर्ष २०
अविवाहित (कथा)
त्यस बखतको कुरा हो, जब देव कलेजमा पढ्थ्यो । त्यतिखेर अहिलेका विद्यार्थी जसरी बाइक चढेर कलेज जाने चलन थिएन । हिँडेर वा पब्लिक बस चढेर कलेज जानुभन्दा अर्को विकल्प थिएन । अहिले जस्तो टुटल वा इनड्राइभर पनि त थिएन । अहिले देव शरीर तन्दुरुस्त राख्न दिनमा सात/आठ किलोमिटर हिँड्थ्यो । कहिले कता, कहिले कता । यात्रा सुरु गर्दा सानो पछाडि भिर्ने झोला, झोलाभित्र पानीको बोतल, एउटा किताब, नोटबुक, डट्पेन पनि राख्ने गथ्र्यो । असोजको महिना थियो । न त गर्मी न त जाडो नै थियो । कहिले छायाँतिर, कहिले घामतिर गर्दै देव पैदल हिँड्न थाल्यो । बाटाका दृश्यहरू हेर्दै म
कोरला नाका पन्ध्र दिनका लागि बन्द
हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका यही माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।
बुद्ध शान्तिमा श्रमिकको हत्या
झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
पुरुष र नारी प्रकृतिका सुन्दर उपहार
राहुल यशोधरा संवाद नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा लालगोपाल सुवेदी (२०२७) द्वारा रचना गरिएको एक सशक्त गीति नाटक सङ्ग्रह हो । यसमा बौद्ध मिथकसँग सम्बन्धित राहुल यशोधरा संवाद र अँगुलीमाल गरी दुई वटा गीति नाटक सङ्गृहीत छन् भने अर्को योगमाया र धर्मसभा गीति नाटक चाहिँ ऐतिहासिक विषयवस्तुमा आधारित छ । गीत, सङ्गीत र अभिनय कलाको त्रिवेणी नै गीति नाटक हो । गीति नाटकमा गीतले नै आख्यान तन्तुलाई पनि डोहो¥याएको हुन्छ । नेपाली सा