टेनिसमा राजुको विजयी सुरुवात
राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गर्नुभएको छ ।
एसियाडका लागि एथलेटिक्स खेलाडीको छनोट हुने
नेपाल एथलेटिक्स संघले चीनको हाङझोउमा हुने १९औँ संस्करणको एसियाडमा सहभागिताको लागि खेलाडी छनोट गर्ने भएको छ ।
फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम
नेपाल फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित हुनुभएको छ ।
जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा
प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
बेटिसलाई स्पेनिस कोपा डेल रे उपाधि
स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको खेलमा ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बेटिस च्याम्पियन बनेको हो ।
पीएसजी फ्रेन्च लिग वान च्याम्पियन
फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो ।
इन्टर मिलान शीर्षस्थानमा
इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा इन्टरले एस रोमालाई ३–१ गोलले हरायो ।
बायर्न म्युनिख तीन खेल अगावै च्याम्पियन
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
पुलिसलाई महिला गोल्डकप उपाधि
प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।