कोतपर्वको पहिलो सिकार
अहिले जुन थुम्कोमा गोरखा दरबार छ, कुनै समय त्यही ठाउँमा बसेर मगर राजाले शासन चलाउँथे । त्यहाँबाट मगर राजालाई विस्थापित गरेर गोरखामा शाहवंशको शासन सुरु भएको हो । गोरखाकोटमा बसेर शासन चलाउने तत्कालीन राजा खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली–२०७८: ९) । खड्का मगर राजा र द्रव्य शाहबीच घमासान युद्ध भयो । खड्का मगर राजा मारिए । त्यसपछि द्रव्य शाह त्यहाँका राजा भएका हुन् । उनले गोरखामा शाहवंशको राज्य स्थापित गरे । गोरखाली राजखलक काश्यप गोत्रका ठकुरी शाह हुन् (बाबुराम आचार्य, पूर्णिमा’ पूर्णाङ्क २७, असोज २०२९ः१६३) ।
बदलिँदो लमी प्रथा
पहिलेपहिले लमीकै भरमा बिहे गर्ने चलन थियो । केटाकेटीको कुरादेखि बिहेको सम्पूर्ण काम लमीबाट नै हुने गथ्र्याे तर अहिले सबै जना प्रविधिमैत्री बनेका छन् । लमी अर्थात् विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने व्यक्ति । लमीलाई कुरा मिलाउन जान्ने व्यक्तिका रूपमा लिइन्छ । जस्तै, पहिलेपहिले विवाहका लागि वर वा वधु खोज्दा लमीको यो थेगो निकै प्रचलित थियो– केटी कस्ती छे भन्दा ‘हेर्नै नपर्ने’ र केटो कस्तो छ भन्दा ‘बोल्नै नपर्ने’ । सायद अझै पनि होला यो थेगो । यसरी विवाह गराउने चलन थियो ।
सम्बन्धविच्छेदका कानुन
संसारमा धेरै नाम चलेका व्यापारी, खेलाडी, कलाकार, राजनीतिज्ञहरूको सम्बन्धविच्छेद भएको समाचार पढ्दै र सुन्दै आएका छौँ । एकथरी मानिस विवाहपछि हुने विभिन्न झन्झट तथा जिम्मेदारीबाट परै बस्न विवाह नै गर्दैनन् । विवाहपछि पनि सम्बन्धविच्छेदमा लाग्ने खर्च, बालबच्चाको हेरचाहमा लाग्ने खर्च यावत् कारणले बाँकी जीवन जसोतसो सँगै बिताउन बाध्य हुनेहरू पनि छन् । केही त सबैखाले सम्पर्क माध्यम बन्द गरेर कसैले थाहा नपाउने ठाउँमा एक्लो जीवन बिताउनेहरू पनि भेटिन्छन् ।
विभेद (कविता)
विमल कोइराला ठूलो घर छ, ठूलै बैठकप्रशस्तै कोठाहरू छन् र तिनै कोठाहरूमायताउति चहार्दै बसेका छन् एक दम्पतीसबथोक छ तर रित्ता छन्,फगत दलिन र भित्ता छन्,बाहिर एउटा भोको घरवारविहीनदुःखी स्वरमा मागिरहेछ,उसले देख्छ कि भनेर ढोका बन्द गरी सुतेका छन् ।सँगसँगै जस्तो जन्म्यौँसँगै हुक्र्यौं–बढ्यौँउमेर छिप्पिन थालेपछि म स्कुल जान थालेँक्रमशः कलेज र विश्वविद्यालयऊ भने गरिब बाबुको स्याहार गर्नश्रम गर्न थाली सानैदेखिर अहिले उसका छोराछोरीहरूउसले बाबुलाई स्याहारेझैँउसलाई स्याहारी बस्तै छन् ।हामीलाई गरिब–धनी भन्ने नै हुँदैन भनेर पढाइयोहामीलाई सबैलाई आत्मनिर्णयको अधिकार हुन्छ भन्ने सिकाइयोविद्रोह गर्ने तालिम दिइयो,मारकाट सिकाइयो,ऊ भने चालै नपाईभ¥याङ चढ्दै गयो र शिखरमा पुग्योआफू उक्लिसकेपछि भ¥याङ झा¥योहामी अझै तलबाट हेर्दैछौँऊ भने नदेखिने गरी बिलायो ।कोही सामरिक स्वार्थ बोकेरकोही सिमानामा पसल थापेरकोही स्रोत–साधनका निम्तिकोही सद्भावलाई कमजोरी ठानेरघुमाइरहेछन्–घुमाइरहेछन् फन्फनी हामी भने कहिले यता, कहिले उताअक्सर यता न उता ।
जीवनको तुना (कविता)
वस्तुतः खुसीका सुकोमल अश्रुसिन्धुहरू बग्दैछन् खड्कुलो र डेक्चीहरूमा
सस्तो हुँदै साहित्य
मानव सभ्यताको प्रथम उपलब्धि भनेकै उसमा साहित्य, संस्कृति र कलाको प्रादुर्भाव हुनु हो । जब मानव चेतनाको अङ्कुरण हुन थाल्यो, तबदेखि मानवमा दया, भावना र विचारले जन्म लिन थाल्यो । तिनै भावना र विचारहरूलाई अभिव्यक्त गर्ने साधन बन्यो साहित्य । यसकारण बुझ्नुपर्ने कुरा यही नै हो– व्यक्त वा अव्यक्त रूपमा मानवमा साहित्य, संस्कृति र कलाको अंश रहेन भने त्यो मानव पूर्ण मानव हुन सक्तैन । त्यही हो मानव धर्म र सभ्यताको पहिचान पनि ।
जीवनयात्राको मीठो अनुभूति
साहित्यकार सुधा भट्टराई ‘संस्मरण : यात्रा’ कृति लिएर पाठकसामु आउनुभएको छ । यो उहाँको दोस्रो कृति हो । यसभित्र उहाँले बाल्यकालदेखि हालसम्मका प्रमुख घटना, घुमघामका सम्झना सरल भाषामा रोचक तरिकाले प्रस्तुत गर्नुभएको छ । २००९ सालमा जन्मनुभएकी सुधाले पढाइको थालनी इलामको फिक्कलमा रहेको स्कुलबाट गर्नुभयो । त्यसबेला उहाँको परिवार जमिनदारको रूपमा चिनिन्थ्यो ।
झोङ गाउँको खल्वाट टाउको
जोमसोमबाट उत्तर र पूर्वतिर लागेपछि पहाड आफैँ बनेको छ– असीम कलाको अनुपम आकृति । कैयौँ खेल चलिरहेछन् पहाडमा । जनावर, मान्छे, सागर, सगर, धर्ती र समयका सबै खेल देखिन्छन् कुमारी पहाडमा । केही नभएर सबै देखिनु, सबै भएर केही नदेखिनु एउटा विचित्र शक्ति छ मुस्ताङे पहाडमा । हामी मुक्तिनाथनजिकैको रानीपौवामा खाना खाएर झोङ गाउँतिर लागेका छौँ । मुक्तिनाथबाट उत्तर पश्चिमतिरको अग्लो पहाडको काखमा छ झोङ गाउँ । पारि खिङ्गा गाउँतिरबाट र झारकोट गाउँबाट हेर्दा झोङ गाउँ पहाडमै टाँसिएका उडिल्ला ढुङ्गा अथवा खोँचमा उम्रिएको काठे च्याउको जत्थाजस्तो देखिन्छ । माटाकै गाह्रो, माटाकै जोडाइ, माटाकै छानो भएपछि पहाडकै प्रतिमूर्ति देखिने भै’गो घर ।
चराको यात्रा
उड्न सक्नु चराको प्राकृतिक विशेषता हो । चराको यही बानीबाट प्रभावित भएर मान्छेले उडान भर्न सक्ने प्रविधि र यन्त्रको विकास गरेको होला । आज मान्छे पनि आकाशमा चराजस्तै उड्न सक्ने भएका छन् तर अझै पनि चराले गर्नेजस्तो नियमित र लामो दूरीको उडान, उडानको बेला बाटो पहिल्याउने तरिका, गन्तव्यको पूर्वजानकारी पाउने माध्यमजस्ता तथ्य भने पहिल्याउन सकिएको छैन ।