भाग्य (कविता)
दिनेश अधिकारी भर्खरै बर्खा लागेको थियोबडेमानको एउटा ढुङ्गोलेबालुवालाई हेर्दै स–गर्व भन्यो–.तिमी त बगेर भरे कहाँ पुग्ने हौ थाहा छैनम भने यत्ति गरुँङ्गो छु किहम्मेसी नदीको प्रवहले मलाई हल्लाउनै सक्तैन प्रत्युत्तरमा बालुवाले भन्यो–ठिक भन्यौतिमी म जस्तो हुँदै होइनौतर नबिर्स !नदी भनेकी हाम्री आमा हुन्आमाको काखमा लुट्पुटिनतिम्रो भाग्यमा लेखिएकै छैन ।
मेरो ईष्यालु मन (कविता )
डा. अशोक पाण्डे प्रेमरसमा कल्पनारत पल पलआफूखुसी जिउन नचाहने सधैँ किन कसो हो खुल्दुली राखिरहने पापी हो वा धर्मात्मा खुट्याउनै गाह्रोमेरो ईष्यालु मन । धकेल्न सक्छ दुःखको गहिराइमा चिप्ल्याउन सक्छ जानी जानी निचोर्न खोज्छु मनलाई निचोर्ने साधनको अभाव कल्पाउँछ, तड्पाउँछ, सताउँछ मलाईमेरो ईष्यालु मन । मन त मन, मनै रहोस् तर बेस्वादमा उथलपुथलिन्छबेवारिसे भई ढल्मलिन्छउकुसमुकुसिन्छु मबल्झिन्छ, अल्झिन्छ अदृश्य जालमामेरो ईष्यालु मन । कसैमाथिको विश्वास धरापिलो हुन्छकसैको माया सरापिँदो हुन्छआफू आफूमै नरहने गरी मलाई मेरो हुन नदिई कहालिन्छ, पछारिन्छ, चिच्याउँछ यसै मेरो ईष्यालु मन ।
लन्डनमा हिउँको खेल (कविता)
मुकुन्द पोखरेलदूध सौन्दर्यको हिउँ सिमल भुवाको लयमा रमाउँदै आयो ।राजधानीका अङ्गरक्षक जस्तैफुलचोकी, चन्द्रागिरिअनि शिवपुरी हुन्भन्दै हिमवान्को उपहारघुम्टो ओढाउँदै आयो । यस्ता उपहारबाट तीसँगैनगरकोट र लाँकुरी भन्ज्याङ जस्ता भाइ पनि निमग्न भए ।यस्तो अवसर छोप्दै युवकयुवतीहिउँसँग खेल्न, घुम्टो खोल्दै पुगेती सुन्दर शिखर चुम्न ।यसै क्षण मलाई केही संवत्सरअतीतको सम्झना उर्लंदै आयोहिउँ ओर्लिएको बिहानी त्योम, थिएँ यात्री–लन्डन नगरीकोसाबेल सडकको सङ्गीतमा–हिउँ उठ्दै थियो ।कफीको स्वादमा नगरवासीकारलाई तातोपानीको स्नान गराउँदैमान्छेलाई भेन्टिलेटर झैँ तातैपानीपियाउँदै थिए, धुकधुकी चलाउन ।त्यस्ता हिउँ खेलका साक्षी यी मेरा आँखा बस्दा आश्चर्य मात्र लागेनहर्षविभोर पनि भएँ, म ।
युद्ध
प्रत्यक्षमा उसलाई नराम्रो भन्ने कोही निस्केन । डराएर हो वा श्रद्धाभिभूत भएर हो ? तर टोलछिमेकमा ऊसँग सम्पर्क गर्ने चाहना थोरैमा होइन धेरैमा देखियो । मानिसहरू ऊबाट तर्केर हिँड्न थाले । आँखामा आँखा जुधाएर कोही नबोल्ने भए । मित्रतापूर्वक पनि र शत्रुतापूर्वक पनि । यसरी ऊभित्र एक्लो हुनुको उच्चाट मौलाउँदै गयो । मानिसहरूप्रति उसमा एक किसिमको डरले जरा पैmलाउन लाग्यो । उसले रासन किन्ने पसलेधरिले ऊप्रति कुनै किसिमको मैत्रीभाव देखाएन । कममा पनि रासन किन्दाखेरि हुने बोलचाल पनि बन्द छ । कारण के
कर्णालीको सगुन पोल्टाभरि
प्रभा बराल ‘यात्राले पहिले तिमीलाई निःशब्द बनाएर छाड्छ र पछि तिमीलाई कथावाचकको रूपमा परिणत गर्छ ।’ तेह्रौँ शताब्दीका मोरक्कोका महान् यात्री इब्न बतुताको यो भनाइले हरेक यात्रीलाई प्रेरणा दिन्छ । उनले २१ वर्षकै उमेरमा घर छाडेर मध्य एसिया, दक्षिण एसिया, युरेसिया देशहरू घुमे । घुमेर घर फर्केपछि आफ्ना अनुभूतिहरू सबैलाई सुनाउन थाले । तत्कालीन समयमा अरू कसैले गर्न नसकेको काम उनले गरेको र त्यति धेरै ठाउँमा उनी पुगेकोले उनमा दैवी शक्ति रहेको विश्वास गरियो । उनले सुनाएका यात्रानुभूतिलाई सम्मान गर्दै उनलाई मोरक्कोका जनताले देवताको स्थानमा नै राखे । उनले आफ्नो यात्रा संस्मरणलाई ‘रिहाला’ नामक पुस्तकमा उतारे । उक्त पुस्तक अत्यन्त लोकप्रिय भयो । बतुताको यात्राले तारतम्यता मिलाउँदाको झन्झटलाई मलम लगाइदिन्छ र कठिन गन्तव्य सम्झेर मुर्झाउन थालेको अनुहार र पाइलामा जोश र जाँगरको तरङ्ग उत्पन्न गरिदिन्छ । साहित्यकार प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’ नियात्रा कृतिको नामैले पनि पाठकलाई उज्यालो बनाउँछ । कर्णाली ठूलो अञ्चल हो । त्यहाँ कुसंस्कार छ, रुढिवाद छ भनेर सुन्दै आएका छौँ । यही आधारमा दुर्गम भनेर देशको विकास बजेट पनि बर्सेनि धेरै छुट्याइने गरिन्छ तर विकास शून्य छ । किन ? यो किताब पढेपछि कर्णालीभित्रको अँध्यारो फाटेर उज्यालो भएको महसुस हुन्छ । पुरानो धारणा फेरिदिने शक्ति पुस्तकमा छ । फूलको आँखामा फूलै संसार देख्ने हो भने कर्णाली समस्या होइन, बरु समग्र नेपालको मुहार फेर्ने समाधान हो भन्ने कुरालाई अनेकन प्रमाणहरू दिएर यहाँ उल्लेख गरिएको छ । पुस्तकले कर्णालीका जनता र समग्र नेपालको पर्यटन क्षेत्रबारे फरक ढङ्गबाट सोचेको छ । कर्णालीलाई सदैव पछौटेपनको फुँदो गाँसेर राजनीतिको नारा बनाइरहनेहरूप्रति लेखकको गम्भीर चिन्ता र चासो व्यक्त भएको देखिन्छ । सके सबैले यो क्षेत्रको विकास गरौँ, सकिँदैन कर्णालीको दुरवस्थालाई मुख्य मुद्दा बनाउँदै असक्षमता प्रकट नगरौँ भन्ने लेखकको आग्रह छ । कर्णालीको सांस्कृतिक सम्पन्नता, प्राकृतिक मनोहारिता, खस आर्य संस्कृति, पुराताìिवक सम्पदा र समग्र ऐतिहासिक महत्त्वको कथालाई हामी किन आँखा चिम्लन्छाैँ ? प्रकृतिले दिएको अथाह भण्डारलाई परिचालन गर्न नसक्ने हामी नै होइनौँ ? फेरि किन स्थानलाई दोष दिन्छाँै भन्ने कुरालाई लेखकले आफ्नो लेखनीमार्फत प्रश्न गर्नुभएको छ । जुम्ला आफ्नो भ्रमणको चौहत्तरौँ जिल्ला हो भन्दै उहाँ सर्वप्रथम जुम्ली हात जोडेर जुम्लालाई प्रेम प्रकट गर्नुहुन्छ । यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक पाटो, जनजीवन र ऐतिहासिक महìवका पत्रहरू केलाउनु हुन्छ । कालीकोट हुँदै मुगुको रारा तालमा पुग्नुभएका लेखक राराको मनमोहक मोहनी जादुमा उस्तै लट्ठ पर्नु हुन्छ । चारैतिरबाट ताललाई नियाल्नु हुन्छ । रारा ताललाई अझ गहिरिएर हेर्न र यसको सौन्दर्यमा चुर्लम्म डुब्न लेखक मुर्माटपतिर लाग्नुहुन्छ । म.वी.वि शाहको ‘राराकी अप्सरा’ लाई सम्झिनु हुन्छ । कर्णालीसँग यति धेरै प्रकृतिको खानी छ । सिञ्जा सभ्यताको जग यहीँ छ । जडीबुटीको खानी यहीँ छ । प्रसिद्ध पर्यटकीय क्षेत्र मानसरोवर जाने बाटो यहीँबाट छ । बुद्धि र बल भएका जनशक्ति नहुने कुरै भएन । यति हुँदाहुँदै पनि कर्णालीलाई वर्षौंर्षदेखि किन अँध्यारो बनाइयो ? कर्णाली पछि प¥यो है भनेर किन रोइलो मच्चाइयो ? के हाम्रै इच्छाशक्तिको कमी होइन यो क्षेत्र पछि पारिनुमा ? उहाँ गम्भीर भएर कर्णालीका डाँडापाखा, ताल तलैया, हिमाल पर्वततिर नजर डुलाउँदै मौन वार्ता गर्नु हुन्छ । बडो भावुक बन्छन् छातीमा देश दुख्दा । अथाह सम्भावनाका क्षितिजहरू हुँदाहुँदै हामी किन यति धेरै लाचारी प्रकट गरिरहेछौँ भनेर चिन्तासमेत प्रकट गर्नुहुन्छ । यति सुन्दर तालको नजिक खोई प्रशस्त होटलहरू ? खोई पर्यटकका लागि लोभ्याउने संरचनाहरू भन्दै उहाँ प्रशस्त पर्यटक भित्र्याउन सक्ने सम्भावनाको खोजीमा लाग्न धेरै ढिला भइसकेको राय प्रकट गर्नु हुन्छ । जीवन दर्शनका विभिन्न आयामबारे जानकार लेखक भएर होला बौद्धिक लेखनको कसीले पुस्तक पठनीय बनेको छ । पाठकलाई लोभ्याउन सक्ने भाषिक कला छ । सरर बगेको काव्यात्मक भाषा छ । पुस्तकभरि प्रसङ्ग मिलाएर कर्णाली संस्कृतिका लोकलयका गीति अंशहरू ठाउँ ठाउँमा आइरहन्छन् । कतै मागल गीत गाइन्छ, कतै देउडा गीत घन्काइन्छ । किताबमा वर्णन मात्र छैन, विश्लेषण पनि छ । नियात्रा होइन, कविता वा आख्यान पो पढेको छु कि भन्ने भान पाठकलाई पर्छ ।आफ्नो यात्रा अनुभूति इमानदारीपूर्वक लेखिएको भन्ने कुरा पुस्तकका हरफ हरफबाट बुझ्न सकिन्छ । जुम्ला, मुगुसँगै कालीकोट, दैलेख भ्रमणका महत्त्वपूर्ण सन्दर्भहरू पनि उस्तै गहन भावले आएका छन् । अनुभूतिको सघनताले पाठकलाई बेस्सरी तान्छ । पुस्तक अनुसन्धानमय लाग्छ ।समग्रमा ‘त्यो उज्यालो कर्णाली’ पुस्तक पढ्दा एउटा साधारण मानिसको घुमाइ र लेख्ने मान्छेको घुमाइ बारेको अन्तर सर्लक्क छुट्टिएको महसुस हुन्छ । आफ्ना घुमाइका प्रत्येक पलहरू सञ्चित गरेर लेखिने यस्ता पुस्तकले पाठकलाई फाइदा त पुग्छ नै समग्र नियात्रा साहित्यमा पनि महत्त्वपूर्ण योगदान पुग्छ । कर्णालीमाथि कसैले लेख्दै गरेको छ भने प्रस्तुत पुस्तक सन्दर्भग्रन्थ हुन सक्छ । शिखा बुक्सले प्रकाशन गरेको यस कृतिको मूल्य ३६५ रुपियाँ रहेको छ ।
साहित्यमा मधेस
जनकपुरधाममा आयोजित त्रिदिवसीय मिथिला महोत्सवको पहिलो सत्रको विषय थियो– नेपाली साहित्यमा मिथिला एवं मधेस । नेपाल र नेपाली साहित्यसँग मिथिला एवं मधेसको सम्बन्ध चोली र दामनको सम्बन्धजस्तो सुदृढ, सुमधुर र सहृदयी सदीयौँदेखि रहँदै आएको कुरो सर्वविदित छ । साहित्यकार हृदयदेखि नै संवेदनशील हुन्छन् । नेपाली साहित्यकार तथा छिमेकी राष्ट्र भारतका साहित्यकारले मिथिलाप्रतिको मोह एवं प्रेम अभिव्यक्त गर्दै आएका छन् । भारतका राष्ट्रकवि रामधारी सिंह दिनकरको मिथिलाप्रतिको मोह एवं प्रेम तलका काव्यपङ्क्तिमा यसरी अभिव्यक्त भएको पाइन्छ–
पदयात्राको गन्तव्य तारकेश्वर
काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा लिन सकिन्छ । मुलुकका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका पनि एक हो, जुन काठमाडौँको उत्तरपश्चिममा अवस्थित छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिवपुरी पर्वतमा रहेको तारकेश्वरधामबाट नै तारकेश्वर नगरको नामकरण भएको हो । यस धाम भने तारकेश्वर नगरपालिका–३ मा पर्छ ।
कथ्य भाषाको तागत
तपाईं–हाम्रो जीवनशैली जति मौलिक हुन्छ, हाम्रो सांस्कृतिक पहिचान पनि त्यति नै चहकिलो हुन्छ । हाम्रो मौलिक पहिचानलाई चम्काउने अनेकन् पक्षमध्ये एउटा पक्ष कथ्य भाषा (जनबोली) पनि हो । कुनै पनि समुदायको पहिचान निर्माणमा स्थानीयपन मगमगाएको कथ्य भाषाको बेजोड भूमिका हुने तथ्यलाई सबैले स्वीकार्दै आएका छन् ।
चलचित्रमा बालबालिकाका कथा
युवराज गौतमचलचित्रमा कस्ता कथावस्तु र अभिनय दर्शकको रोजाइमा पर्छन् भन्ने कुराको प्रस्ट जवाफ निर्माता–निर्देशकसँग छैन । दर्शकको मनोविज्ञान बुझ्ने काम त्यति सजिलो छैन । अभिनयको कुरा गर्दा सबैलाई कुनै एक कलाकारको अभिनय मन पर्छ भन्ने पनि हुँदैन । दर्शकको मनोविज्ञान, भावना र चाहना बुझेर निर्देशक, पटकथा लेखक र निर्माताले काम गरेको पनि पाइँदैन । त्यसैले धेरै नेपाली चलचित्र सफलताको शिखर टेक्न पाउँदैनन् । बालमनोविज्ञान समेटिएका चलचित्र, बालकलाकारको भूमिका वा अभिनयका बारेमा मात्र समीक्षा गर्ने हो भने नेपाली सिने उद्योगमा यसको उपस्थिति त्यति छैन । निर्देशक भीषण राई बालकलाकार र बालबालिकामा आधारित चलचित्र निर्माणमा सन्तोषजनक नभएको स्वीकार्नुहुन्छ । “वास्तवमा दूरदराजका नेपाली बालबालिकाको कथा र कलाकार सिने उद्योगले पर्याप्त खोज्न सकेकै छैन । सतही रूपमा आएका कथावस्तुले देशभरका बालबालिकाको प्रतिनिधित्व गर्दैन । त्यसैले बालबालिकाको वास्तविक चित्रण र मौलिक कलाकारको खोजी गर्न ढिला भइसक्यो,” राईले भन्नुभयो ।हुन त चलचित्रमा देखिएका बालकलाकार लामो समयसम्म यो क्षेत्रमा टिकेको इतिहास छैन । निर्देशक शोभित बस्नेतका छोरा सलोन बालकलाकार हुँदै कालान्तरमा अभिनेता बने पनि उहाँ सफल बालकलाकारको सूचीमा पर्न सक्नु भएन । होचो कदका प्रतिभावान् कलाकार गोपाल नेपाल ‘फिस्टे’ डेढ दशकअघि निकै चर्चित हुनुहुन्थ्यो । टेलिशृङ्खलामा उहाँको अभिनयले खुबै ताली पाउँथ्यो । ‘ट्वाक्क टुक्क’ नामक हास्य टेलिसिरियलबाट स्थापित हुनुभएका उहाँ ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’मा निकै चर्चित बन्नुभयो । ठूलो पर्दाका चलचित्रमा पनि उहाँको खुबै गुनगान भयो तर उमेरले जवानी भएसँगै उहाँ अमेरिका पलायन हुनुभयो । अभिनयमा व्यावसायिक निरन्तरता दिन सक्नुभएन ।गोपाल र सलोन प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्ता धेरै बालकलाकारले पर्दालाई नै आफ्नो भविष्य देख्न सक्नुभएन । बाबुआमा कलाकार भएका नाताले बाल्यावस्थामै कला क्षेत्रमा आउनुभएका तर स्थापित नभएकाहरूको सूची पनि लामै छ । बालकलाकार सिने क्षेत्रमा स्थापित हुन नसक्नुमा अभिभावकको भूमिका पनि महìवपूर्ण हुने बताउनुहुन्छ– कलाकार पवन भट्टराई । “सन्तानको इच्छा एकातिर हुन्छ तर अन्य क्षेत्रमा प्रेरित गराउँदाको परिणाम पनि हो यो । त्यसका अलावा नेपाली चलचित्रमा कलाकारको भविष्य सुनिश्चित नहुनु अर्को दुर्भाग्यको कुरो हो,” उहाँले भन्नुभयो ।‘नाइँ नभन्नु ल २’ चलचित्रमा अभिनय गरेर सबैको रोजाइमा पर्नुभएको छ– अनुभव रेग्मी । यस चलचित्रको सबै सिक्वेलमा अभिनय गर्नुभएका रेग्मीले ‘भिसा गर्ल’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यस्तै आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ चलचित्र निर्देशन गरेर चर्चामा रहनुभएका छ– सौगात विष्ट । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल हुनुभएका सौगातले ‘हैरान’ पनि बनाउनुभएको छ । सानी परी भनेर चिनिने एन्जल राईले ‘हैरान’मा सडक बालिकाको रूपमा अभिनय गर्नुभयो । यो भूमिकापछि उहाँको धेरैले तारिफ गरे । हलिउड र बलिउडको अवस्था हेर्दा बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र र बालकलाकारमा थुप्रै कमजोरी पाउन सकिन्छ । समीक्षकले नेपाली चलचित्रको गुण र दोष केलाउने क्रममा यस्ता चलचित्र र बालकलाकारका बारेमा सल्लाह सुझाव दिन्छन् तर निर्माता–निर्देशकले समीक्षालाई आफ्नो मार्गदर्शन नठान्दा समस्या देखिने गरेका छन् । दर्शक र निर्माता–निर्देशकको बौद्धिकतामा देखिएको भिन्नताले पनि यो समस्या देखिएको हुन सक्छ तर ठूलो पर्दाका चलचित्रभन्दा वृत्तचित्रमा बालकलाकार र बालबालिकाका कथाले सफलता हासिल गरेका छन् । बालबालिकाको अवस्था, जीवनशैली, घरेलु बालश्रमिक, बालयौन हिंसालगायतका विषयमा बनेका वृत्तचित्रले उत्कृष्ट नतिजा दिइरहेका छन् । यसको उदाहरण सञ्चारकर्मी तथा निर्देशक सङ्गीता श्रेष्ठले निर्माण गर्नुभएको चलचित्र ‘आइसक्रिम’ हो । केही महिनाअघि मात्र यस चलचित्रले ‘अफ्रिका फिल्म फेयर इम्प्याक्ट फेस्टिबल’मा दुई विधामा पुरस्कार पाएको थियो । बालयौन शोषणमा आधारित नौ मिनेट लामो यस वृत्तचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोलेको छ । बालिका यौन शोषणमा कसरी पर्छन् र यस किसिमको अपराधबाट कसरी बचाउने भन्ने उद्देश्यले वृत्तचित्र बनाएको श्रेष्ठको भनाइ छ । चर्चित साहित्यकार झमककुमारी घिमिरेले बाल्यकालमा भोग्नुपरेका सामाजिक, पारिवारिक समस्यालाई आधार मानेर निर्माण गरिएको ‘जीवन काँडा कि फूल’ले एक बालिकाको जीवन सङ्घर्षलाई उतारेको छ । बालमनोविज्ञान र आमा–छोराबीचको सम्बन्धबारे निर्माता सन्तोष सेनले निर्माण गर्नुभएको ‘मेरी मामू’ चलचित्रमा सात वर्षीय आयुव सेनलाई मुख्य भूमिकामा उतार्नुभएको छ । संवेदनशील र जीवन्त शैलीमा निर्माण भएको चलचित्र ‘कालोपोथी’ वृत्तचित्रले जर्मनीको ‘भेनस फिल्म फेस्टिभल’मा ‘बेस्ट अवार्ड’ जित्न सफल भयो । मीन भामले निर्देशन गर्नुभएको यस चलचित्रमा माओवादी जनयुद्ध चलिरहेका बेला बालमनोविज्ञानमा परेको असर र मुगु जिल्लाको सेरोफेरोलाई जीवन्त रूपमा उतारिएको छ । सामान्य कथालाई सशक्त शैलीमा उतार्नु, स्थानीय बालकलाकारलाई प्राथमिकता दिनुले पनि चलचित्रलाई उत्कृष्ट बनाएको छ । बेचिएको पोथी फर्काउन दुई बालक प्रकाश (खड्का नेपाली) र किरण (शुक्रराज रोकाया)ले गरेको सङ्घर्ष निकै मार्मिक भएकाले उत्कृष्ट बनेको समीक्षकको दाबी छ ।भन्नलाई चलचित्रलाई ‘दृश्य साहित्य’ पनि भनिन्छ । दृश्यलाई नयाँ सिर्जना दिनसक्नु चलचित्रको सफलता हो । लामोभन्दा छोटा चलचित्रमा समेटिएको वास्तविक मौलिकता दर्शकको रोजाइमा परिरहेको छ । कस्मेटिक मौलिकताले भने चलचित्रलाई ओरालो यात्रामा प्रेरित गरेको पाइन्छ । नेपालमा बनेका छोटा चलचित्रहरू पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुन पाउनु र सफल हुनुलाई गर्वको विषय भएको समीक्षक तथा लेखक जीवन पराजुली बताउनुहुन्छ । “वास्तविक मौलिकता, जीवन्त कथावस्तु र स्थानीय पात्रको संयोजनमा बनेका चलचित्र सफल भएका छन् । यसबाट चलचित्र निर्माता निर्देशकले सिक्नुपर्छ,” पराजुलीले भन्नुभयो । बालबलिकाको सपना र इच्छालाई मुख्य आधार मानेर निर्माण गरिएको राजेशप्रसाद खत्रीका ‘जुलुङ्गो’ले केही महिनाअघि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट जुरी अवार्ड नै जितेको थियो । त्यस्तै सडक बालबालिकाको वास्तविक कथामा आधारित चलचित्र ‘चकलेट’ पनि नेपाली दर्शकको रोजाइमा परेको चलचित्र हो ।बलिउड स्टार प्रियङ्का चोपडाले निर्माण गरेको ‘पाहुना’ले पनि नेपाली बालबालिकाले द्वन्द्वमा भोगेको कथा बोकेको छ । द्वन्द्वकालमा नेपालबाट ज्यान जोगाउन भागेर भारतको सिक्किम पुगेका तीन बालबालिकाको कथा यस चलचित्रमा छ । यस कथाले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यस्तै घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्र ‘अञ्जली’मा देखिएका बालकलाकारको अभिनयले खुबै ताली पाएको थियो । यद्यपि नेपाली फिल्म नगरीमा बालकलाकार र बालकथामा आधारित चलचित्रले व्यावसायिक सफलता भने पाउन सकेको छैन । अहिलेको डिजिटल युगमा चलचित्रले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पु¥याएको अध्ययनले देखाएको छ । बालमनोविद्ले चलचित्रमा देखाइने दृश्य र विषयवस्तुले बालमस्तिष्कमा नकरात्मक–सकरात्मक दुवै असर पारिरहेको बताउने गरेका छन् । बालमस्तिष्क कोमल र संवेदनशील हुने र त्यसमाथि नक्कल गर्ने स्वभावका कारण कहिलेकाहीँ दुर्घटना पनि निम्तिने गरेको छ । भारतीय सिने स्टार ऋतिक रोशनको चलचित्र ‘क्रिस’ हेरेर एक आठ वर्षीय बालक क्रिसजस्तै बन्न पटनाको एक अपार्टमेन्टको आठौँ तलाबाट हामफालेको खबरले सन् २००६ मा निकै चर्चा पाएको थियो । त्यसैले चलचित्र निर्माण गर्दा बालमनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।