‘महिलाको आवाजलाई प्रतिनिधि सभामा लैजान्छु’
माओवादीको भूमिगत सङ्घर्षदेखि राजनीतिमा सक्रिय बागलुङबाट प्रतिनिधि सभामा पुग्नुभएको छ बलावती शर्मा ।
‘महिला सहभागिता र समावेशितामा जोड’
पश्चिम नवलपरासीको एउटा सामान्य परिवारकी रिङ्गला यादवको राजनीतिक यात्रा अहिले नयाँ उचाइमा पुगेको छ । १२ वर्षअघि संसद्मा पुग्ने उहाँको सपना अहिले पूरा भएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट उहाँ समानुपातिकतर्फ सांसद हुनुभएको छ ।
‘नागरिकको आवश्यकता बुझेर काम गर्छु’
युवा उमेरका रविन महतो पहिलो पटकमै सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सर्लाही क्षेत्र नं. २ बाट आलो
‘विकासनिर्माणका अधुरा काम प्राथमिकतामा’
प्रतिनिधि सभा सदस्यमा मोरङ–६ बाट निर्वाचित सांसद रुविना आचार्यले पहिलो चरणमा निर्वाचन क्षेत्रका अधुरा र अपूरा विकासनिर्माणका काम सम्पन्न गर्ने बताउनुभएको छ ।
पछाडि परेका वर्गको अधिकारका लागि आवाज उठाउँछु
तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा ज्यान जोगाउन सफल ४४ वर्षीय निराशा चौधरी यस पटक प्रतिनिधि सभा सदस्य हुन सफल हुनुभएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७, सिमपुर घर भएकी चौधरी कैलालीको कैलारी गाउँपालिका–१, हसुलियामा जन्मनुभएको हो ।
‘ऊर्जा, उद्योग र शिक्षामा विज्ञताको उपयोग गर्छु’
काठमाडौँ विश्वविद्यालय (केयु) बाट सबैभन्दा कम उमेरमा विद्यावारिधि (पिएचडी) गर्नुभएका डा. राम लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएको छ ।
‘हरित पूर्वाधार र सुशासन मुख्य प्राथमिकता’
राजनीतिमा लागेको पुगनपुग छ महिनामै एउटा युवाले दशकौँदेखि स्थापित राजनीतिक दलका उम्मेदवारलाई किनारा लगाउला भनेर कमैले अनुमान गरेका थिए । यस्तै भएको छ, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान विजय हुँदा सबै स्तब्ध भएका छन् ।
समृद्ध खोटाङ बनाउने प्रतिबद्धता
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको खोटाङ जिल्लाबाट निर्वाचित सांसद आरेन राईले आफ्नो जिल्लालाई अब समृद्धिको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । श्रम
‘किसानलाई उत्पादनको उचित मूल्य दिलाउने काम गर्ने छु’
डडेलधुराको विकट चुरे पर्वतको भावर हालको परशुराम नगरपालिका–१, गिरेगडागाउँको दलित परिवारमा जन्मिएकी हरिना कामी यस पटकको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको दलित कोटाबाट समानुपातिक सदस्य हुनुभएको हो ।
‘कृषि र सडक मुख्य प्राथमिकता’
रुपन्देहीको राजनीतिक परिवेशमा पछिल्लो समय एउटा नयाँ नामले विशेष चर्चा पाएको छ– कन्हैया बनिया । प्रदेश सभा सदस्य त्याग्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्घीय संसद्को यात्रा तय गरेका बनियाँ रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का जनताको विश्वास जित्न सफल हुनुभएको छ ।
सार्वजनिक सेवा सुधारको पहल
सार्वजनिक सेवा सुधारको पहल बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट पहिलो पटक उम्मेदवार बनेका इन्जिनियर अरविन्द साहले प्रतिनिधि सभा निर्वाचन निर्वाचित भएर संसदीय यात्रा तय गर्नुभयो ।
‘शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु-याउँछौँ’
प्रतिनिधि सभा सदस्यमा मोरङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले व्यावसायिक कृषि प्रवर्धन, सिपमूलक तथा प्राविधिक शिक्षाको विकास र आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क तथा सर्वसुलभ बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेर उहाँ निर्वाचित हुनुभएको हो ।
थारू समुदायको मुद्दा प्राथमिकतामा
राजनीतिमा लाग्नुअघि शिक्षण पेसामा सक्रिय उहाँलाई थारूसहित पिछडिएका अन्य समुदायका लागि काम गर्नु पर्छ भन्ने लाग्दथ्यो । कुनैबेला नीतिनिर्माण तहमा पुगे भने यी समुदायको आवाज सशक्त रूपमा उठाउँछु भन्ने उहाँलाई मनमनै लाग्थ्यो । उहाँको त्यो मनको इच्छा यतिबेला पूरा भएको छ । उहाँ अर्थात् करिश्मा कठरिया अब कानुन निर्माण गर्ने थलो सङ्घीय संसद्को माननीय बन्नुभएको छ ।
‘दलित महिला तथा बालबालिकाको पक्षमा मेरो वकालत’
कुनैबेला सामाजिक अभियन्ताका रूपमा सव्रिmय उहाँ अहिले कानुन निर्माण गर्ने थलोमा पुग्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाटै प्रत्यक्षमा मात्र होइन समानुपातिकतर्फ
सार्वजनिक सेवालाई दूरदराजसम्म पुर्याउँछु
बागलुङ–२ बाट निर्वाचित सांसद सोम शर्माले दुर्गम क्षेत्रलाई सुगम बनाउन पूर्वाधारको विकास गर्ने बताउँदै दुर्गमका नागरिकको सेवामा आफू खटिने जनाउनुभएको छ । उहाँले ढोरपाटनमा विश्व बजारका पर्यटक भित्र्याउने भन्दै मध्यपहाडी लोकमार्ग कालोपत्रेका लागि पहल गर्ने बताउनुभएको छ ।
शैक्षिक पूर्वाधार विकासको प्रतिबद्धता
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट कालीकोटका कालीबहादुर सहकारी प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । २०१४ साल चैत ७ गते कालीकोटको नरहरिनाथ गाउँपालिका–५, रुप्सामा जन्मिएका सहकारीले प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “त्यतिबेला घरनजिक शैक्षिक संस्था थिएन । त्यसैले पनि शैक्षिक यात्रा अगाडि बढाउन सकिएन ।”
‘सदनमा जातीय विभेदविरुद्ध आवाज उठाउने छु’
दाङमा जन्मिएर मकवानपुरमा घर भई नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएकी पवित्रा विश्वकर्मा नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।
‘पछाडि परेका वर्गका लागि काम गर्छु’
आकृति अवस्थी डडेलधुराबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो । सदरमुकामको तुफानडाँडामुनि अमरगढी नगरपालिका–५, सेलामा सामान्य परिवारमा जन्मिएकी आकृति गत भदौ २३ र २४ को जेनजी आन्दोलनअगाडिसम्म कुनै पार्टीमा आबद्ध हुनुहुन्नथ्यो । जेनजी आन्दोलनमा उहाँका भाइ घाइते हुनुभएपछि पार्टीले उहाँलाई समानुपातिकको सूचीमा राखेको थियो ।
‘जनताका समस्या समाधानको पहल गर्छु’
सिराहा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा शिवशङ्कर यादव निर्वाचित हुनुभयो । उहाँ प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार बन्नुभएको थियो ।
‘प्राथमिकतामा सुकुमवासी समस्या समाधान’
प्रतिनिधि सभामा मोरङ–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर निर्वाचित हुनुभएका गणेश कार्कीले निर्वाचन क्षेत्रको सुकुमवासी समस्या र दोहोरो स्वामित्वको जग्गा व्य
गोरखालाई विश्वभरि चिनाउने योजनामा लाग्छु
गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभामा निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले गोरखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी समग्र विकासको योजना अघि सार्ने बताउनुभएको छ । नवनिर्वाचित सांसद बुर्लाकोटीले आफ्नो प्राथमिकता पर्यटन, पूर्वाधार र ऊर्जा विकासमार्फत जिल्लालाई नमुना बनाउने योजना रहेको जनाउनुभएको छ ।
बसाइँसराइ रोक्न ‘आदर्श गाउँ’ योजना
पाल्पा क्षेत्र नं. १ को राजनीतिक इतिहास लामो समयदेखि एउटै धारमा बगिरहेको थियो । २०४८ सालपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवारले जित निकाल्न सकेका थिएनन् । तर यस पटक त्यो इतिहास तोडिएको छ । युवा नेता सन्दीप राना जनताको मतबाट प्रतिनिधि सभामा निर्वाचित हुँदै नेपाली कांग्रेस पार्टीको इतिहास रच्न सफल हुनुभयो ।
‘वैज्ञानिक शिक्षा र स्वास्थ्यमा सुधार’
नवनिर्वाचित सांसद पारशमणि गेलालले मुलुकमा सुशासन कायम गरेर विधिको शासन स्थापनाका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभएको छ । राष्ट्रिय
‘जनताको सुखदुःखमा साथ दिन्छु’
पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशीलकुमार कानु २०७९ सालको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका–१० को वडा