बाबुराम शर्मा
दोलखा, चैत १८ गते । कुनैबेला सामाजिक अभियन्ताका रूपमा सव्रिmय उहाँ अहिले कानुन निर्माण गर्ने थलोमा पुग्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाटै प्रत्यक्षमा मात्र होइन समानुपातिकतर्फ पनि उल्लेख्य मत पाएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखा जिल्लाबाट रास्वपाले समानुपातिकमा ३५ हजार ८८३ मत पाएर ठुलो दल बनेको थियो । प्रत्यक्षमा पनि रास्वपाले जित हात पारेको दोलखाबाट स्मृति सेन्चुरी समानुपातिकतर्फ सांसद बन्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “महिला बालबालिका तथा विशेष गरी दलितका समस्या समाधान गरी अधिकार स्थापित गराउनेमा मेरो भूमिका रहन्छ । नीति निर्माणबाटै अधिकार सुनिश्चित हुने गरी काम गर्छु ।” समाजशास्त्र र पत्रकारितामा स्नातकोत्तर गर्नुभएकी २७ वर्षीय सेन्चुरी ग्लो अप ब्युटी विद मेकअफ स्टुडियो एन्ड टे«निङ सेन्टरको सञ्चालकसमेत हुनुहुन्छ । रास्वपामा स्थापनाकालदेखि सव्रिmय उहाँ सो संस्थामा पाँच वर्षदेखि सव्रिmय हुुनुहुन्छ ।
पार्टीका वाचापत्रमा उल्लेख भएका कुरालाई नै आफ्नो एजेन्डा बनाउने बताउँदै उहाँ भन्नुहुन्छ, “वाचापत्रमा भएका विषयलाई व्रmमिक रूपमा पूरा गर्दै जाने पार्टीको नीति अनुरूप हामी काम गर्छौं ।” सरकार गठन भएर सुशासनको कायम गर्ने बाटो अँगालिसकेको भन्दै उहाँ थप्नुहुन्छ, “पार्टी तथा सरकारको निर्णय नै हाम्रा लागि मार्गदर्शक हुने हुँदा काम गरेर देखाउने छौँ ।”
दोलखाको उत्तरी विकट गाउँ लापिलाङमा मध्यम वर्गमा जन्मिनुभएकी उहाँले समाजका समस्या बुझेकाले नै समाजशास्त्रको अध्ययन गरेको बताउहुनुभयो । हाम्रो समाजको यथार्थ चित्रण हृदयमा राखेको छु, उहाँ भन्नुहुन्छ, “जरा गाडेर बसेको कुसंस्कार एकैचोटि हटाउन सकिँदैन । विस्तारै सुधार्दै लाने कोसिस गर्ने छु ।”
हामीमा सचेतना कम भएकाले नै दलित समुदायको उत्थानमा समस्या आएको हो, मैले मेरो संस्थामार्फत केही सचेतता फैलाउने गरेकी छु । उहाँले भन्नुभयो “अब पनि संस्थालाई बलियो बनाएर यसमार्फत नै गाउँका महिला तथा बालबालिकालाई संविधानले दिएको अधिकार कसरी सदुपयोग गर्नेबारे सचेत गराई नै रहने छु ।” आर्थिक अभावका कारण पढ्न नसकेका जिल्लाका कम्तीमा २० दलित बालबालिकालाई छात्रवृत्ति दिलाएर पठनपाठनमा सहयोग गर्दै आएको छु,” उहाँले भन्नुभयो ।
मेरो पहिलो प्राथमिकता बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिने हो । सरकारबाट यो सङ्कल्प पूरा गर्ने प्रयास हुने छ । व्रmमशः विस्तारै यही कदमलाई अगाडि बढाउने छु, उहाँले भन्नुभयो ।
दाजु सुरेश सेन्चुरीका कारण आफू पार्टीमा आबद्ध भएको बताउँदै उहाँले भन्नुभयो, “ज्ञान बटुल्दै सिक्दै काम गर्ने छु । सिकेका कुरा व्यवहारमा उतार्दै लैजाने छु ।” २०५५ माघ ६ गते कालिञ्चोक गाउँपालिका–३, लापिलाङमा जन्मनुभएकी सेन्चुरीले जिल्लाका महिला तथा बालबालिकाको समस्या समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।