• १८ चैत २०८२, बुधबार

‘शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु-याउँछौँ’

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत १८ गते । प्रतिनिधि सभा सदस्यमा मोरङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले व्यावसायिक कृषि प्रवर्धन, सिपमूलक तथा प्राविधिक शिक्षाको विकास र आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क तथा सर्वसुलभ बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेर उहाँ निर्वाचित हुनुभएको हो । 

मोरङको रतुवामाई नगरपालिका–९ का स्थायीवासी कार्की आफ्नो निर्वाचन क्षेत्रका समस्यासँग चिरपरिचित हुनुहुन्छ । उहाँले मोरङ निर्वाचन क्षेत्र नं. २ का गाउँ÷नगर व्यावसायिक कृषि उत्पादनका लागि उपयुक्त क्षेत्र भएकाले यस क्षेत्रमा कृषि तथा पशुपालनको व्यावसायिकतामा जोड दिने बताउनुभयो । कार्कीले आधारभूत शिक्षा र स्वास्थ्य नाम मात्रको निःशुल्क भएको बताउनुभयो । सबैको पहुँचमा बिनाभनसुन शिक्षा र स्वास्थ्य पु¥याउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसतर्फ हामी पहिलो चरणमा काम अघि बढाउँछौँ । 

प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुअघि पनि सांसद कार्की समाज सेवामा उच्च रुचि राख्नु हुन्थ्यो । अध्ययनका सिलसिलामा जापान पुग्नुभएका कार्कीले आफ्नो मेहनत र पसिनाबाट कमाएको आम्दानीलाई व्यक्तिगत चाहनाभन्दा पनि सामाजिक सेवामा समपर्ण गर्नुभयो । 

नेपालमा हुँदा होस् वा विदेशमा बस्दा, समस्यामा परेका नेपाली नागरिकको सहयोगमा उहाँ सधैँ सव्रिmय रहनुभयो । रतुवामाई नगरपालिकाभित्र  समस्यामा परेका नागरिकको दुःखमा साथ दिँदै उहाँले ‘नमुना नगर’ निर्माण गर्ने लक्ष्यका साथ विभिन्न अभियान सञ्चालन गर्नुभएको छ ।

उहाँले  ‘उज्यालो रतुवामाई’ अभियानमार्फत करिब एक सय घरपरिवारमा सबै विद्युतीय सामग्री, घरमा वायरिङसहित विद्युत् जडान गरिदिनुभयो । थप ४०/५० घरधुरीलाई समेत आवश्यक सामग्री उपलब्ध गराई उज्यालो बनाउने काम गर्नुभयो । विद्युत् पु-याउन नसकिने स्थानमा सोलार बत्ती जडान गरेर घर उज्यालो बनाउने पहलसमेत गर्नुभएको छ ।

कोरोना महामारीको कठिन समयमा उहाँ अग्रपङ्क्तिमा रहेर जनचेतना फैलाउने काममा जुट्नुभयो । उहाँले उल्लेख्य मात्रामा (करिब १५ देखि १६ हजार मास्क र चार सय लिटर सेनिटाइजर) वितरण गर्नुभयो । बिरामीलाई घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै एक हजारभन्दा बढी परिवारलाई सहयोग गर्नुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत उहाँले आगलागीबाट घर गुमाएका परिवारलाई नयाँ घर निर्माण गरी आवश्यक सामग्रीसहित हस्तान्तरण गर्नुभयो भने विभिन्न वडामा २०–२५ वटा घर निर्माणमा सहयोग गर्नुभएको छ । विपन्न तथा असहाय नागरिकको उद्दार र राहतमा समेत उहाँ सव्रिmय रहनुभयो । नाकाबन्दीका बेला विभिन्न जिल्लामा अलपत्र परेका नागरिकको उद्धार गरी घरसम्म पु-याउनेदेखि खाद्यान्न सहयोग गर्नुभयो । 

उहाँले देशका विभिन्न स्थानका १५ भन्दा बढी अनाथ बालबालिकाको अभिभावकìव ग्रहण गरी उनीहरूको शिक्षा तथा पालनपोषणमा सहयोग गर्दै आउनुभएको छ । विभिन्न विद्यालयका एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक वर्ष नगद पुरस्कार प्रदान गर्दै शिक्षा क्षेत्रमा प्रोत्साहन दिनुभएको छ । साथै खेलकुद क्षेत्रमा लगानी गर्दै युवालाई सकारात्मक दिशामा अघि बढ्न प्रेरित गरिरहनुभएको छ । 

संस्कृति संरक्षणतर्फ उहाँले थारू समुदायको ‘जितिया’ पर्वलाई भव्य रूपमा मनाउने वातावरण सिर्जना गर्नुभएको छ भने जातीय छुवाछुतविरुद्ध चेतना फैलाउन चलचित्र निर्माणसमेत गर्नुभएको छ । 

ओखलढुङ्गा जिल्लाको साविक बक्सा–९ हाल मानेभन्ज्याङ–२ मा २०४२ साल मङ्सिर २१ गते जन्मनुभएका कार्कीले प्रारम्भिक शिक्षा गाउँकै भीम आदर्श आधारभूत विद्यालयबाट पूरा गर्नुभयो । बसाइँसराइका व्रmममा मोरङको साबिक इटहरा आउनुभएपछि इटहराकै सरस्वती माविबाट उहाँले प्रवेशिका उत्तीर्ण गर्नुभयो । पाटन बहुमुखी क्याम्पसबाट स्नातक गरेपछि उहाँ उच्चशिक्षा अध्ययनका लागि जापान जानुभयो । जापानबाट निर्माण नीतिशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएका कार्की फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ २ बाट ४० हजार ९२४ मत ल्याई विजयी हुनुभयो । 

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आलोपालो जित्दै आएको मोरङ–२ मा कार्कीले नेकपा (एमाले) का उम्मेदवार दिलीपकुमार अग्रवाललाई २५ हजार तीन सय मतको फराकिलो मतान्तरसहित हराउनु भएको हो ।