‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”
नागमती बाँध सार्न माग
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा निर्माणका लागि प्रस्तावित नागमती बाँध अन्यत्र सार्न संरक्षणकर्मीले माग गरेका छन् । संरक्षित क्षेत्रको अस्तित्व मेटिने गरी बनाउन प्रस्ताव गरिएको हाइड्याम मोडलको नागमती बाँध उपत्यकाको मानव जीवन संस्कृतिमाथि पनि खतराको सूचक रहेको भन्दै संरक्षणकर्मी र सरोकारवालाले बाँधप्रति विमति जनाएका हुन् ।
स्थानीय तहमा पेचिलो बन्दै सीमा विवाद
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन् । गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गर्न प्रस्ताव मन्त्रालयमा पुगेका छन् ।
फिर्ता ल्याइँदै प्राचीन सम्पदा
नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ । पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल ल्याइएका छन् । तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।
मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिनुहुँदै
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ । मधेश सरकारमा सहभागी जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने हुनुभएको हो ।
हाप्किडो नेशनल च्याम्पियनसिप उपाधि लुम्बिनीलाई
नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।
ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण
पछिल्लो समय बाजुराका अधिकांश कृषकको ड्रागन खेतीमा आकर्षण बढ्दैगएको छ । पहिला स्याउ सुन्तला अमिलो कागती ओखरलगायतका फलफुल उत्पादन गर्दैआएका यहाँका किसानलाई ढुवानीमा बाटोको समस्या भएको थियो ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उहाँहरुको मृत्यु भएको हो ।
समयभित्र गुणस्तरीय काम होस् : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।