पुनर्निर्माणको पर्खाइमा पीडित
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको तीन महिना बितिसक्दासमेत जाजरकोट, रुकुमपश्चिमलगायत जिल्लामा पुनर्निर्माण हुन सकेको छैन । हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट थप पीडित बनेका भूकम्पपीडित सरकारले पुनर्निर्माण गरिदेला भन्ने आसमा छन् । आठबिसकोट नगरपालिका–१४ का भूकम्पपीडित खम्बु मल्लका अनुसार भूकम्पपीडित पुनर्निर्माणको पर्खाइमा छन् । भूकम्पपीडित केहीले अस्थायी आवास बनाएका भए पनि धेरैले अस्थायी आवास बनाउन रकमसमेत प्राप्त गर्न सकेका छैनन् । अस्थायी आवास बनाउन नसकेका पीडित भूकम्पले चर्किएको घरमै बस्न बाध्य छन् । अस्थायी आवास निर्माणको काममै सरकारले लामो समयसम्म अलमल गरिरहेको छ ।
थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
भूगोल र जनसङ्ख्याका आधारमा योजना
स्थानीय तहलाई भूगोल र जनसङ्ख्याका आधारमा ठुला योजना बनाउन सुझाव दिइएको छ । कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि र राष्ट्रिय योजना आयोगका सदस्यबिच भएको दुईदिने कार्याशाला गोष्ठीमा यस्तो सुझाव दिइएको हो । योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले आयोगमा योजना पठाउँदा प्राथमिकताका आधारमा धेरै पालिकालाई समेट्ने ठुलो जनसङ्ख्या र क्षेत्र समेट्ने खालका योजना पठाउन सुझाव दिनुभयो ।
जुम्लामा हिमपात, किसान खुसी
जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।
भण्डारी र खातीको विवाहपछि ५० हजार पुरस्कारले सम्मान
दोलखाको भीमेश्वर नगरपालिकामा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपियाँ सहित सम्मान गरिएको छ । भीमेश्वर नगरपालिका–५ का अन्तरजातीय विवाह गर्ने एक जोडीलाई नगद ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।
बिरामी भर्ना गर्ने आयुर्वेद पसल सिल, छानबिन गर्न समिति गठन
तम्घासमा सञ्चालित आयुर्वेद पसल सिल गरेको प्रशासनले छानबिन गर्न समिति बनाएको छ । सत्य तथ्य छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो ।
गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त
गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन् ।
दोदा नदीमा पूर्वसूचना यन्त्र जडान
कञ्चनपुरको दोदा [मछेली] नदीमा बाढी पूर्वसूचना यन्त्र [राडार लेभल सेन्सर] जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।
इतुम्बहालमा सामूहिक बेल विवाह
केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुईदिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाका लागि इहि एउटा विशेष संस्कार हो ।