सरुवा रोग अस्पताल सुनसान
कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्प
तीन सय युवा दक्ष
देशमा दिगो विकास हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरेर समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ विभिन्न तालिम प्रदायक कम्पनीले तेह्रथुमका युवालाई सिपमूलक तालिम प्रदान गरेका छन् । आर्थिक रूपले कमजोर, विपन्न महिला तथा पुरुषलाई सिप विकास तालिम प्रदानगरी स्वरोजगार बनाउने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासले सञ्चालन गरेको तालिममा करिब तीन सय युवा दक्ष बनेका छन् ।
कालीकोटमा नियमित पुग्न थाल्यो गोरखापत्र
पश्चिम नेपालको कर्णालीको कालीकोटमा गोरखापत्र दैनिक नियमित रुपमा पुग्न थालेको छ । पछिल्लो समय कोहोलपुरवाट प्रकाशन सुरुभएसँगै नियमित पत्रिका पढ्न पाएसँगै कालिकोटका पाठक हर्षित भएका छन् ।
‘मुख्य सडकको स्तरोन्नति गर्ने छौँ’
काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे ।
बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा
हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
चिसाङखोलाको कटानका कारण जोखिममा
चिसाङखोलाको बाढीले विराटनगर–रङ्गेली हुलाकी सडकको रङ्गेली–८, संसारीमाई मन्दिर उत्तर सडक किनारसम्म कटान गरेर भत्काउन थालेपछि नगरपालिकाले बाँसको स्पर लगाउन थालेको छ ।गत कात्तिक ३ गते राति चिसाङखोलामा आएको बाढीले हुलाकी सडकको पुल पूर्व र पश्चिमतर्फ कटान गरेको थियो । खोलाको बहाव कहिले पूर्व र कहिले पश्चिमतर्फ मोडिएपछि पुलको दुबैतर्फ बाढीले क्षति पु-याएको हो ।
निर्वाचन खर्च बुझाउन ताकेता
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवारमध्ये निकै कमले निर्वाचन खर्च बुझाएकाले बाँकी रहेकाहरूलाई छिटो बुझाउन निर्वाचन आयोगले ताकेता गरेको छ । निर्वाचन कार्यालयले सो खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको लामो समय भए पनि कम उम्मेदवार र जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएको जनाउँदै तत्काल बुझाउन निर्देशन दिएको हो ।
पहिलो पटक जोडियो फाइबर
हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमले फाईबर सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्तालेहुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो ।