सीसीटीभी मर्मत नहुँदा चोरीडकैती बढ्दै
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा राखिएका सीसीटीभी बिग्रिएपछि चोरीडकैतीमा वृद्धि भएको जनाइएको छ । बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सीसीटीभी बिग्रिएको छ महिना पुग्दा पनि मर्मत हुन सकेको छैन । बाह्रबिसे नगर स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरको राम्चे बजार चोक, साधी खोल्सा, चण्डेश्वरी होटेल चोक, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बसपार्क, राम्चे अस्थायी प्रहरी पोस्ट, ट्वाके टोल, बीच बजार, सुनकोसी चोक, राम्चे पेटोल पम्प, नगरपालिका सडकलगायतका स्थानमा सीसीटीभी जडान गरिएको थियो ।
तानसेन नगरपालिकाको बजेट १ अर्ब ३९ करोड
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपियाँको बजेट विनियोजन गरेको छ । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८३ करोड
कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि एक अर्ब ८३ करोड ८९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला राना थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
कैलारी गाउँपालिकाको बजेट ५९ करोड २५ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
सरुवा रोग अस्पताल सुनसान
कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्प
तीन सय युवा दक्ष
देशमा दिगो विकास हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरेर समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ विभिन्न तालिम प्रदायक कम्पनीले तेह्रथुमका युवालाई सिपमूलक तालिम प्रदान गरेका छन् । आर्थिक रूपले कमजोर, विपन्न महिला तथा पुरुषलाई सिप विकास तालिम प्रदानगरी स्वरोजगार बनाउने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासले सञ्चालन गरेको तालिममा करिब तीन सय युवा दक्ष बनेका छन् ।
कालीकोटमा नियमित पुग्न थाल्यो गोरखापत्र
पश्चिम नेपालको कर्णालीको कालीकोटमा गोरखापत्र दैनिक नियमित रुपमा पुग्न थालेको छ । पछिल्लो समय कोहोलपुरवाट प्रकाशन सुरुभएसँगै नियमित पत्रिका पढ्न पाएसँगै कालिकोटका पाठक हर्षित भएका छन् ।
‘मुख्य सडकको स्तरोन्नति गर्ने छौँ’
काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे ।
बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा
हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।