ढकारी गाउँपालिकाको कार दुर्घटना, उपाध्यक्ष घाइते
धनगढीबाट ढकारी आउँदै गरेको ढकारी गाउँपालिकाको कार अछामको साँफेबगर नगरपालिका ४ खाल्सैनको बुढीगंगा पुल नजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहान करिब ५ बजे भएको दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही र चालक लली नेपाली घाइते भएका भएका छन् ।
पाँच वर्षमै फेरियो गाउँको मुहार एउटा गाउँमा आठवटा सडक
पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुपर्ने पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँका बिरामीलाई अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाएका छन् ।
जनावरको आक्रमण वृद्धि : दुई वर्षमा सैँतीस जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको मृत्यु भएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो अवधिमा सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको हो । पछिल्लो तीन महिनायता मात्रै बाघको आक्रमणबाट नौ जनाको मृत्यु भएको पाइएको छ ।
लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान
मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ ।
विद्यालय बन्द गरेर यार्सा टिप्न पाटनतिर
रुकुमपूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् ।
दोलखा–नागदह सडक कालोपत्रे सुरु
दोलखाको भीमेश्वर नगरपालिका–२ मा रहेको दोलखा–नागदह सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । नगरपालिकाका इन्जिनियर राजुनारायण श्रेष्ठले एक करोड ७१ लाख ५८ हजार रुपियाँ (भ्याटबाहेक)को लागतमा सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी गत मङ्सिर मसान्तमा सीएबी–नाति जेभीले ठेक्का सम्झौता गरेको जानकारी दिनुभयो । हालसम्म सडक स्तरोन्नतिको कामको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । अहिले ५५७ मिटर सडकमा प्रिमिक्स पिच हाल्ने काम भइरहेको छ । चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहे तापनि मौसमको कारण काममा समस्या भइरहेको छ ।
विद्युत महशुल बुझाउन पनि रिचार्ज कार्ड
बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो ।
ठूलो पार्टी बन्न गठबन्धन गरेका होइनौँ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको बताउनुभएको छ । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
घाइते महिलाको हेलिकोप्टरबाट उद्धार
भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ ।