विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।
मुख्यमन्त्री लामाले क्यान्सरविरुद्धको खोप अभियान शुभारम्भ गर्नुहुँदै
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको बागमती प्रदेशस्तरमा हेटौँडाबाट शुभारम्भ गरिने भएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियानको प्रदेश स्तरमा मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुहुनेभएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
महिलाको पाठेघरको मुखको क्यान्सर विश्वव्यापी समस्या : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ९ बजे खोप अभियान शुभारम्भ गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वसन्तपञ्चमीमा शास्त्रीय उत्सव
सांस्कृतिक संस्थानले वसन्तपञ्चमीका अवसरमा ‘वसन्त शास्त्रीय उत्सव’ आयोजना गरेको छ ।
निफमा दीपेन्द्र र सुरक्षा निर्णायक
काठमाडौँमा चैत ७ देखि ११ गतेसम्म आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ ।
आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप
आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मङ्गलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
अमेरिकी डलरको भाउ उकालो लाग्यो
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो ।
निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापनमा जोड
सरकारले निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन, आपूर्ति प्रणाली सबलीकरण गरी कुल गार्हस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ ।
योगदान रकम जम्मा प्रक्रिया थप सहज बनाउने तयारी
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषमा योगदान रकम जम्मा गर्न थप सहज बनाउने तयारी गरेको छ । कोषका अनुसार विदेशमा रहेका योगदानकर्ताले सूचना प्रणाली प्रयोग गरेर कोषमा सहज रूपमा नियमित योगदान गर्न सक्ने गरी व्यवस्था गर्न लागेको हो ।
किसानले जोते तरकारी
तरकारी बिक्री नभएपछि चितवनका किसानले खेतमै ट्याक्टरले जोतेर नष्ट गरेका छन् । टिप्ने श्रमको ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गरेका हुन् ।
चालु खाता डेढ खर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा
चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
माओवादीले अभियान चलाउने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन १२ गतेदेखि झापाको केचनाकवलबाट हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।
पन्ध्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति (विव्यस) का अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हिउँविहीन बने हिमाल
सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । नेपालमा भने वर्षको सुरुवातदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमालमा अहिले हिउँविहीन जस्तै देखिन्छ ।
सडकमै पुर्यायो स्वर्णलक्ष्मीले
काठमाडौँ महानगरपालिका वडा नं. ६, बौद्ध बस्ने जस्मा न्यौपानेले कोभिड–१९ महामारीका बेला घर खर्च र पसल चलाउन स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम जम्मा गर्न सुरु गर्नुभयो ।
चौधरीलाई बाल साहित्य लेखन पुरस्कार
शिक्षक तथा कलाकार इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बाल साहित्य लेखन पुरस्कार प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेली र नेपाल बालसाहित्य संस्थाका अध्यक्ष प्रमोद प्रधानले चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो ।
ललितपुरकाे छपेली–माझखण्ड केबुलकारको शिलान्यास
ललितपुर जिल्लाकाे माझखण्ड पर्यटन परियोजनाअन्तर्गत छपेली माझखण्ड केबुलकार शिलान्यास सोमबार शिलान्यास गरिएको छ । बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दूरी दुई दशमलव आठ किलोमिटर छ ।
‘किसान भन्छन् ‘मर्ने उमेर भइसक्यो,लालपुर्जा पाएनौं’
दाङको ३८ जना स्वर्गद्वारी गुठी पीडित मोही किसानहरू काठमाडौंको माइतीघर मण्डलामा आइतबारदेखि धर्नामा बसेका छन् ।
सरस्वतीको पूजा आराधना विधिपूर्वक सम्पन्न
विद्या प्राप्तिको कामना गर्दै आज विधिपूर्वक सरस्वती देवीको पूजा, आराधना गरिएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिन्छ ।
छपेली माझखण्ड केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्धन गर्ने
प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताउनुभएको छ । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उहाँले बताउनुभयो ।
७२ जना कन्याको सामूहिक बेल विवाह
हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा सामूहिक बेल विवाह सम्पन्न भएको छ ।
आवासीय चिकित्सकद्वारा सङ्घर्षको कार्यक्रम घोषणा
आवासीय चिकित्सकले विभिन्न माग राखी सङ्घर्षको कार्यक्रम घोषणा गर्नुभएको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको अगुवाइ ६ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकले मङ्गलबारदेखि थप काठमाडौं केन्द्रित सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।